Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

संविधानको धारा खारेज गर्न मोर्चाको प्रस्ताव

[caption id=\"attachment_87736\" align=\"aligncenter\" width=\"750\"]\"\" फाइल फोटो[/caption] काठमाडौं, २१ पुस । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघीय गठबन्धनले संविधानको धारा २७४ नै खारेज गरेर भए पनि प्रदेश सीमांकनमा देखिएको संवैधानिक र राजनीतिक गतिरोध फुकाउन प्रस्ताव गरेको छ । आजको राजधानी दैनिकमा खबर छ– सरकारले संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयक पारित गर्न संविधानको धारा २७४ को व्यवस्थासमेत आकर्षित हुने तर्कसहित सर्वोच्च अदालतले आदेश जारी गरेपछि मोर्चाले सो धारा नै खारेजीको प्रस्ताव अघि सारेको हो । प्रदेश सीमांकनको विषयमा एकपछि अर्को अडान राख्दै आएको मोर्चाले संविधानमै संशोधन गर्न नसकिने स्पष्ट उल्लेख भएको धारालाई खारेज गरेर अघि बढ्न प्रस्ताव गरेको हो । संघीय समाजवादी फोरम नेपालको तीनकुनेस्थित पार्टी कार्यालयमा बुधबार बसेको गठबन्धनको बैठकले प्रदेशको सीमांकन हेरफेरमा बाधक रहेको निष्कर्ष निकाल्दै सो धारा नै खारेज गर्नुपर्ने माग अघि सारेको हो । संविधान संशोधनका विषयमा सर्वोच्च अदालतले दिएको आदेशपछि बसेको गठबन्धनको बैठकले संविधानको धारा २७४ खारेज गर्नुपर्ने मागका विषयमा सत्तारूढ दल कांग्रेस र माओवादी केन्द्रसँग छलफल गरिने बताएका छन् । सो धारामा संविधान संसोधनसम्बन्धी व्यवस्था छ । मोर्चाले उठाएका माग सम्बोधनमा संविधानको धारा २४७ को उपधारा ४ देखि ८ सम्मका व्यवस्था बाधक रहेको ठहर गर्दै मोर्चाले कम्तीमा ती धारा खारेज वा त्यो पनि नभए संशोधन गरेर भए पनि सीमांकनको बाधा फुकाउनुपर्ने अडान सार्वजनिक गरेको हो । गठबन्धनका संयोजकसमेत रहेका फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानको धारा २७४ लाई खारेज गरेर भए पनि प्रदेशको सीमांकन हेरफेर गरेर संशोधन विधेयक परिमार्जनसहित पारित गरिनुपर्ने बताए । ‘संसदीय व्यवस्थालाई हामीले अहिले मानेका छौं, संसदीय सर्वोच्चता भएको संसद्ले संविधानको कुनै पनि धारा संशोधन, खारेज वा परिवर्तन गर्न सक्छ, आवश्यक ठान्यो भने धारा २७४ पनि खारेज गर्न सक्छ,’ गठबन्धनको बैठकपछि यादवले भने, ‘अहिलेको सात प्रदेशले मुलुकको समस्या समाधान गर्न सक्दैन, त्यसैले कुनै पनि ढोकाले बन्द गर्नुहुन्न ।’ प्रदेशको सीमांकन हेरफेर गर्दा प्रदेश सभाबाट पारित गराउनुपर्ने व्यवस्था धारा २७४ मा रहेकाले सर्वोच्च अदालतले सो धाराप्रति दलहरूको पनि ध्यानाकर्षण गराएको छ । गठबन्धनका साथै बुधबार नै बसेको मधेसी मोर्चाको बैठकले सर्वोच्चको आदेश ‘सकारात्मक’ रहेको निष्कर्ष निकालेको छ । संविधान संशोधन विधेयक परिमार्जनसहित पारित गर्नुपर्नेमा मधेसी मोर्चा र गठबन्धनले पुनः आफ्नो माग दोहो(याएका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies