Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

जो जनयुद्धमा हतियार बनाउँथे, अहिले कुट्टो कुदालो समाउँछन्

पहिलो संविधानसभा चुनावमा सिन्धुपाल्चोकको क्षेत्र नं १ बाट प्रत्यक्ष चुनाव जितेका माओवादीका केन्द्रीय सदस्य तथा पूर्व सांसद राजकुमार श्रेष्ठ सिन्धुपाल्चोकमा अचेल कमै मात्र भेटिन्छन् । तत्कालिन अवस्थामा डा. बाबुराम भट्टराई पक्षधर भनेर चिनिने श्रेष्ठ माओवादीबाट फुटेर नयाँ शक्ति पार्टीमा लाग्छन् भन्ने धेरैको अनुमान थियो । तर १० वर्षे जनयुद्ध लडेर आएका श्रेष्ठ यतिबेला नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य छन् । उनी मात्रै होइनन्, उनका पत्नि पूर्व सांसद देवी खड्का पनि राजनीतिमा उत्तिकै सक्रिय छिन् । सिन्धुपाल्चोकमा फाट्टफुट्ट मात्रै देखिने श्रेष्ठ राजधानीमा के गर्दैछन् भनेर खबरडबलीले पछ्याएको थियो । \"\"किसानको लागि युद्ध लड्दा किसान नै भएछु राजनीति सँंगसंँगै केही काम गर्नुपर्छ भन्दै उनले ०६८ सालको माघदेखि तरकारी खेती थालेका छन् । आफ्नै जन्मथलो सिन्धुपाल्चोकमै खेती गर्ने योजना बनाएका उनले जिल्लामा भन्दा भक्तपुरमा जग्गा भाडा सस्तो र बजार पनि नजिकै भएर भक्तपुरको सुडालमा १० रोपनी जग्गा भाडामा लिएर खेती शुरु गरे । १० रोपनी जग्गा लिजमा लिएर ब्यवसायिक तरकारी खेती थालेका उनको अहिले ३० रोपनी जग्गामा तरकारी खेती छ । अर्कासाथी दीलबहादुर श्रेष्ठसँग मिलेर उनी तरकारी खेती गरिरहेका छन् । राजकुमारको फार्ममा अहिले गोलभेडा, साग, काउलीजस्ता तरकारी छन् । समाजसेवाको नजरले हेरेको राजनीति भन्दा कृषि पेशा फरक रहेको बताउँछन् । खाद्यान्न ब्यवसाय पनि सञ्चालन श्रेष्ठले राजनीतिसँगै कृषि र व्यापारलाई पनि अगाडि बढाएका छन् । उनले भक्तपुरको सनसिटीमा खाद्यान्न ब्यवसाय पनि सञ्चालन गरेका छन् । श्रीमान श्रीमती दुबै राजनीतिमा भएकाले घरव्यवहार चलाउन गाह्रो भएकाले आफूले राजनीतिसँगै अन्य पेशा व्यवसाय शुरु गरेको श्रेष्ठले बताए । उनीहरु आफू मात्र स्वरोजगार भएका छैनन्, थुप्रैलाई रोजगारीसमेत दिएका छन् । तरकारी खेती र व्यवसायमा श्रीमती खड्काले पनि सघाउँदै आएकी छिन् । गएको वर्ष सोही कृषि फार्मबाट ५० लाख रुपैयाँ आम्दानी गरेको श्रेष्ठले बताए । राजनीतिबाट गुमनाम होइन, विश्राम माओवादी शान्ति प्रक्रियामा आएदेखि सिन्धुपाल्चोकमा सक्रिय राजनीति गर्दै आएका श्रेष्ठ पछिल्लो समय कमै मात्रामा जिल्लामा भेटिन्छन् । जिल्लामा राजनीति गर्दै आएका उनी एकाएक गुमनाम भए । तर उनले आफू केही समय अध्ययनमा लागेको बताउँछन् । माओवादीलाई कसरी नयाँ ढंगले अगाडि बढाउने भन्नेबारेमा आफूले अध्ययन गरिरहेकोसमेत उनी बताउँछन् । केही समय राजनीतिमा बिश्राम गरेको उनको भनाइ छ । बिश्राम भन्नाले चुपचाप बसेको भने होइन । अहिले माक्र्सवाद भन्दा पनि केहि नेताहरु पूँजिवादतिर गइरहेको उनको बुझाइ छ । हामी कम्युनिष्टहरुले जनताको जनजीवन माथि उकास्ने काम गर्नुपर्ने हो तर आफ्नै जीवन माथि उठाउने काम गरिरहेका छन् । यसको अन्त्य हुनु जरुरी छ । जनताको जीवनस्तर माथि उठ्ने कुरा परैजाओस् । खेतमा काम गर्दै गरेको भेटिएका राजकुमारले आफ्नै पार्टीका नेताहरु कमाउने धन्दामा लागेको भन्दै नेताहरुप्रति आक्रोश ब्यक्त गरे । जनताका लागि लडेका नेताहरु दुई चार जना युवाहरु परिचालन गरेर कमाउने धन्दामा लागेको उनी बताउँछन् । हिजो खान नपुग्नेहरु रातारात करोडपति जिल्लातिरको माओवादी कार्यक्रममा प्राय कमै देखिने श्रेष्ठ पार्टीले जुन ढंगले मुल्याङकन गर्नुपर्ने हो त्यो नगरेको कारण जिल्लामा बस्न नसकेको बताउँछन् । पार्टीले काम मात्र खोज्ने तर कसले कस्तो काम ग¥यो कसले नराम्रो काम ग¥यो त्यो मुल्याङ्कन नगरेको उनको आरोप छ । हिजोदेखि दुःख गरेर आएकाहरुलाई अभिभावक ठान्नेहरु राम्रो गर्न सकेनन् । दुःख गर्ने ग¥या ग¥यै, सुख खोज्ने खोज्या खोज्जै भएपछि जिल्लामा बसेर काम गर्न नसकेको पनि उनले स्पष्ट गरे । समग्रमा सिन्धुपाल्चोकको राजनीति उदेग लाग्दोरहेको उनले सुनाए । उनले केन्द्रको मात्र नभइ जिल्लाको राजनीति बिकृत हुँदै गएको गुनासो गरे । आफ्नै नातागोताको सेरोफेरोमा राजनीति घुमिरहेको उनको तर्क छ । ‘म जीवन निर्वाहको लागि ब्यापार र तरकारी खेती गरिरहेको छु तर सिन्धुपाल्चोक माओवादीका केहि नेता कामविहिन भएर पनि करोडौं कमाइरहेका छन् । हिजो पार्टीमा लाग्दा खान पनि धौ धौ भएकाहरु कसरी रातारात करोडपति भए ? तरपनि पार्टीपंक्ति चुपचाप बसिरहेको छ । म यस्तो काम गरिहँदा त खानलाई धौ धौ छ भने उहाँहरुले त केहि काम नगरी कसरी बाँच्नु भएको छ, त्यो रहस्यमै छ ।’ उनले पार्टी नेताहरुबारे केलाउन थाले । माओवादीमा गणेश प्रवृत्ति हावीे माओवादीमा मात्र होइन, सबै पार्टीका नेता/कार्यकर्ता पार्टी सरकारमा हुँदा सिंहदरबार र पार्टी धाउँछन् । यो त गणेश प्रवत्ति हावी भएको जस्तो छ । जो चाहीँ नेताको अगाडि देखिन्छन् उनीहरुलाई अगाडी बढाउँने संस्कार बनेको छ । जिल्लामा इमादारितापुर्वक काम गर्नेहरु पछाडि परिरहेका छन् । त्यसैले राजधानी केन्द्रित हुनु स्वभाविक जस्तो लाग्छ ।’ उनले यसरी सिन्धुपाल्चोक माओवादी पछाडी पर्नुको कारण पनि पेश गरे । जो केन्द्रीय नेताको आसपास देखिन्छन् उनीहरु नै माथि उठेका छन् । जो दश वर्ष युद्ध लडेर आएका छन्, उनीहरुलाई पार्टीमा र टिममा बसेर काम गर्न गाह्रो छ । पहिलाको माओवादी र अहिलेको माओवादीमा आकाश र जमिनको फरक छ । अहिलेका माओवादीमा जो सँग पैसा छ, जसले पदहरु किन्न सक्छ उही नै पार्टीमा हावी हुन्छ । जोसँग पैसा छैन र पद किन्न सक्दैन उनीहरु सधैं पछाडि धकेलिएका छन् । हिजो माओवादी हुनलाई पैसा चाहिने थिएन, अहिले चाहिन्छ हिजो र आजको माओवादीमा यहि फरक छ । कार्यकर्ताहरु अहिले निराशामा छन् । नेता जति जिल्ला छाडेर सबै राजधानी केन्द्रित भएका छन् । त्यसो त सिन्धुपाल्चोक माओवादीमा चार गुट भएको श्रेष्ठ स्वयम् स्वीकार्छन् । यसलाई अन्त्य गर्न सबै लाग्नुपर्ने उनको तर्क छ । पार्टीगत रुपमा मात्रै एकजुट नभई भावनात्मक रुपले एकजुट भएमा सिन्धुपाल्चोक माओवादीलाई कसैले नसक्ने उनको दावी छ । जनयुद्धमा हातहतियार बनाउँथे ०५४ असोजको कुरा हो । उनी आफ्नो घर सिन्धुपाल्चोकको तौथलीमै थिए । उनलाई माओवादीहरु खोज्दै आएका रहेछन् । उनी पनि माओवादी खोज्दै थिए । संयोग नै मिलेछ । हाल नयाँ शक्तिका नेता धुब्र पराजुली ‘सन्तोष’को टोली श्रेष्ठको घर पुग्यो । धेरै कुराकानीपछि उनी पनि जनयुद्धमा होमिए । जनयुद्धमा श्रेष्ठको भूमिका प्राविधिकतिर थियो । उनको काम हातहतियार बनाउने थियो । तैपनि १२ वटा युद्ध लडेको अनुभव छ उनीसँग । एम्बुसमा कैयौं पटक घाइते पनि भए । सिन्धुपाल्चोकमा जन्मिए, हेटौडामा हुर्किए सिन्धुपाल्चोकमा जन्मिए मात्र उनी । अधिकांश समय हेटौंडामा विताए । ०३२ सालमा जन्मिएका उनी ०३८ सालदेखि आफ्ना बाबु आमासंगै हेटौंडा गए । उतै अध्ययन गरे । बंशगोपाल माध्यामिक विद्यालयबाट एसएलसी पास गरे । त्यसपछि सरसस्वती क्यापसबाट आइकम गरे । त्यसपछि फेरि उनी जन्मभूमी सिन्धुपाल्चोकको टेकानपुर गाविसको एक विद्यालयमा गएर अध्यापन गराए । ०५१ सालदेखि ०५४ सालसम्म त्यहाँ अध्यापन गराएको उनी बताउँछन् । उनले आइकम सकाएपछि माओवादीको विद्यार्थी संगठनमा जोडिए । विद्यालय पढाउँदा पढाउँदै पनि उनी माओवादीको विद्यार्थी संगठनमा सक्रिय थिए । जब उनी माओवादीमा लाग्ने कुरा भयो अनि शिक्षक पेशा छाडे । स्कुलमा पढ्दै गर्दा जब उनका साथीहरुले किताव, कपी र कलम किन्न नसक्ने थिए, अनि जब पढाउन शुरु गरे उनका बिद्यार्थीहरुले स्कुलमा फि, कलम कपीहरु किन्न नसक्ने थिए उनीहरुको हालत देखेर नै जनयुद्धमा होमिन बाध्य पारेको बताउँछन् । आफ्नो कपी र कलम कयौं पटक उनले साथीहरुलाई दिएका थिए । उनी बरु आफै दुःख भोग्न तयार हुन्थे तर अरुको दुःख सहन सक्ने थिएनन् । जो अहिले पनि उनमा लागू छ । कतिपय गाउँलेको हालत पनि त्यस्तै थियो । समाज परिर्वतन हुनुपर्छ, कोही धनी कोही गरिब हुनु हुँदैन भन्ने लाग्थ्यो । जनयुद्ध हिड्ने बेलामा उनका बाबुले नजानु युद्धमा मर्ने बाँच्ने ठेगान हुँदैन भनेर कयौं पटक आग्रह गरे । राजकुमार सम्पन्न परिवारकै थिए । बरु ब्यापार गरेर बस्नु ऋण खोज्दिन्छु पनि भने उनका बाबुले । तैपनि श्रेष्ठको मनले मानेन र युद्धमा होमिए । पहिलाको माओवादी र अहिलेको माओवादीमा आकाश र जमिनको फरक रहेको उनको भनाई छ । आफु जुन साेंच लिएर युद्धमा होमिए त्यो करिब पूरा नहुने उनको दावी छ । माओवादीले श्रमिकलाई माया गर्नुपर्ने तर माओवादीका तलदेखि माथिसम्मका लिडरहरु श्रमलाई घृणा गर्छन् । उनीहरु सर्वहारा वर्गभन्दा पनि पूँजिवादतिर उन्मुख भएको बताउँछन् । युद्धमै प्रेम, युद्धमै विवाह युद्धकै क्रममा उनको प्रेम बस्यो । केहि समयको प्रेमपछि उनले ०५७ सालमा दोलखाकी देवी खड्कासँग जनवादी विवाह गरे । दुबै माओवादीमा छन् । उनीहरु दुबै जना पूर्व सांसद हुन् । खड्का पूर्व राज्यमन्त्रीसमेत भएकी थिइन् । खड्का पार्टीको पोलिटब्युरो सदस्य छिन् भने श्रेष्ठ केन्द्रीय सदस्य छन् ।

aplly description here...

नेकपाको सात वटै प्रदेश कमिटीमा को–को परे ? (नामसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले प्रदेश सदस्यहरुको नामावली टुंङग्याएको छ । नेकपाले मंसिर १२ गते नै कमिटीलाई पूर्णता दिएको दाबी गरेको छ ।...

मध्यभोटेकोशी फेरि २ बर्ष धकेलिँदै, २ अर्ब लागत बढ्ने (भिडियो)

सिन्धुपाल्चोक । १०२ मेगावाटको निर्माणधिन मध्यभोटेकोशी जलविद्युत आयोजना तोकिएको समयमै नसकिने भएको छ । सिन्धुपाल्चोकको चाकुमा निर्माणधिन भोटेकोशी आयोजना...

८२ बर्षिय वृद्धः जसको एउटा रोग नुहाएर निको भएपछि अर्को रोग निको पार्न तातोपानीमा (भिडियो)

सिन्धुपाल्चोक । नुवाकोटका ८२ बर्षिय यदुकुमार अधिकारी ४० बर्षदेखि कम्मर दुख्ने रोगबाट मुक्त छन् । सानै उमेरदेखि कम्मर दुख्ने रोग भएपछि उनले डाक्टरदेखि ...

के माधव नेपालले अोली सरकार ढाल्दैछन् ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेको केपी शर्मा ओली यतिबेला देश बाहिर छन् । अध्...

पूर्वमाओवादीलाई प्रदेशमा नेकपाको पद-नखाउँ भने बर्ष दिनको सिकार खाउँ भने...

काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को आज बसेको सचिवालय बैठकले सात वटै प्रदेशमा नेतृत्व चयन गरेको छ । जसमा प्रदेश इन्चार्ज, अध्यक्ष र सचिव पद...

नेकपासँग फोरम र नयाँ शक्ति एकताको छलफलमा

काठमाडाैं । डा. बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)सँग एकता...

प्रदेश-२ः नेकपा र फोरमबीच सरकार गठन तयारी, मुख्यमन्त्री राउतको पद धरापमा !

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम केन्द्रीय सरकारमा जाने नेपाल कम्युनिष्ट पार्टीसँग सहमति गरेसँगै प्रदेश नम्बर २ को सरकारमा के हु...

अड्किएको एकता गाँठोः मोदी फर्किएलगत्तै ३१ गते साँझ बालुवाटारमा यसरी फुक्यो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणबाट फर्किएलगत्तै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्...

पनौतीमा ‘बालबाल’ले बाँचेका शरद बने सामाजिक मन्त्री

काठमाडौं । २०३९ साल फागुन ७ गते सिन्धुपाल्चोकको तत्कालिन सानोसिरुवारी गाविस पौवा (हाल चौतारा साँगाचोकगढी नगरपालिका–७)मा जन्मिएका हुन उनी अर्थात ‘शरद’ ...

चार मन्त्रीका तीन थरि ड्रेसअपः कोहिको दौरा सुरुवाल, कोहिको ज्वारीकोटमाथि मफलर !

काठमाडौं । आजै चार जना मन्त्रीको सपथ हुने सूचना बिहान बाहिरिएको थियो । शुरुमा सरकारलाई आजै पूर्णता दिने बिषयमा छलफल भएको थियो । तर उपेन्द्र यादव नेतृत...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies