Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

कुलमानजी मेरो दायाँ हात पनि हो, बायाँ हात पनि हो : जनार्दन शर्मा

लामो समयदेखि लोडसेडिङको मारमा परेका राजधानीबासीलाई अहिले लोडसेडिङमुक्त गरिएपछि ठूलो राहत भएको छ । लोडसेडिङमुक्त भएपछि ऊर्जामन्त्रीको निकै हाइहाइ पनि भएको छ । अहिले नै उत्पादित विजुलीको उचित ब्यवस्थापन गरेर राजधानीलाई लोडसेडिङमुक्त गराउन सफल भएकोमा नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशकको पनि तारिफ भइरहेका छन् । यहि बेला खबरडबली टोली ऊर्जामन्त्रीका कार्यकक्षमा पुग्दा ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकर पनि निकै खुशी देखिए । मन्त्री भेट्न आउने सबैले लोडसेडिङमुक्त कसरी सम्भव भयो भन्ने मन्त्री  प्रश्न गर्दा शर्मा आफूले गरेर नै सम्भव भएको भन्दै गमक्क गम्किए । दैनिक १६ घण्टासम्म लोडसेडिङ खेप्नुपरेको अवस्थालाई ब्यवस्थापन गरेर जादुको छडी झैं कसरी सम्भव देखियो ? यिनै विषयमा ऊर्जामन्त्री जनार्दन शर्मासँग संक्षिप्त कुराकानी गरेका छौं । \"\" लोडसेडिङमुक्त अहिले एकाएक कसरी सम्भव भयो ? हामीले काम गरेर नै लोडसेडिङमुक्त गराउन सम्भव भएको हो । पहिलो कुरा मान्छेको दृढ इच्छा शक्ति चाहिन्छ । मैले ऊर्जामन्त्री हुने भइसकेपछि लोडसेडिङ कसरी अन्त्य गर्ने भन्ने चिन्ता रह्यो । लोडसेडिङ भइ नै रह्यो भने मलाई लोडसेडिङ मन्त्री भन्लान् भन्ने मलाई सबै भन्दा ठूलो पीर थियो । म यहाँ आइसकेपछि मैले केही प्रयासहरु गरें । केही प्रयास गरेर मैले केही सुधारात्मक कामहरु गर्नुपर्छ भनेर केही शुरुवात गरें । विस्तृत योजना चाहिन्छ भनेर मैले ३७ बुँदे कार्ययोजना बनाएँ । त्यो कार्ययोजनाको नम्बर १ बुँदामा नै लोडसेडिङ अन्त्य गर्ने कुरा राखेको थिएँ । त्यसमा पनि ब्यवस्थापन र सुधारको कुरा राखेको थिएँ । ब्यवस्थापन सुधारद्वारा नै भनेको थिए । अहिले विद्युत थप हुन त सक्दैनथ्यो । ब्यवस्थापन सुधारद््वारा गर्ने लक्ष्य राखेर यसैमा लागिपरिसकेपछि मैले सचिव ल्याएँ । पहल गरें, पुरानो नेतृत्वलाई पनि परिचालन गर्न प्रयत्न गरें । त्यसकारणले मैले टिम पनि बनाएँ । तर सम्भव भएन । टिम मिल्ने देखिएन । कार्यकारी निर्देशक लगायतका कर्मचारीलाई मैले प्रेरित पनि गरेंँ र दण्डित गर्ने ठाउँ पनि बनाएँ । जसले गल्ती गर्छ दण्ड गर्ने काम पनि मैले गरें । जनताको पनि प्रत्यत्क्ष राय सुझाव लिने, उजुरी लिने ठाउँ बनाएँ । जनताबाट पनि केही चेक गर्न पाइने, मन्त्रालयमा पनि आफ्नो ठाउँबाट केह ीगर्न सकिने, सम्बन्धित मान्छेलाई पनि जिम्मेवार बनाउने कुरा गर्दाखेरि थोरै अलिकति काम गर्ने वा सहि ढंगले सदुपयोग नगर्ने मानसिकतालाई अहिकति ट्रयाकमा ल्याउन सकियो पहिलो कुरा ।
लोडसेडिङ भनेको त बत्ती नपुगेर, एकातिर बत्ती कटाएर अर्कोतिर दिएर अपुग भएकोलाई पूर्ति गर्ने कुरा हो । सिष्टम विग्रिएपछि सिष्टम नबन्दासम्म त प्रभाव पार्छ ।
र म आफै फिल्डमा खटेर लागेँ । दोस्रो, तेस्रो दिनमा नै म फिल्ड गएँ । कहाँ समस्या छ, त्यसलाई हल गर्ने प्रयत्न गरें । मन्त्री भएपछि स्वभाविक रुपमा लाग्नुपर्ने भइहाल्छ । मैले सचिव, एमडीसहित अहिले त देशका विभिन्न ठाउँमा लगेर जनतासँग अन्तरक्रिया गराइराखेको छु । समस्या कसरी हल गर्ने भनेर त्यही नै छलफल गराइरहेको छु । यी सबै कुराहरुबाट ब्यवस्थापकीय कुराहरुमा सुधार गरेर र प्रविधिलाई पनि सुधार र अपग्रेड गरेर यो सम्भव भएको हो । तपार्इँ फिल्डमा पनि जानु भयो, ब्यवस्थापकीय नेतृत्वमा परिवर्तन पनि गर्नुभयो । त्यसमा प्राविधिक कारणले कि ब्यवस्थापकीय कारणले लोडसेडिङ भएको रहेछ ? मैले लेखा समितिको सभापति हुँदा केही कुरा अनुभूती गरेँ । ऊर्जा मन्त्रालयको केही मुद्दाहरु मैले हेरेको थिएँ । विद्युतमा किन यस्तो भइरहेको छ त भन्ने मलाई केही थोरै आशंकाहरु थिए । कसरी विद्युत चुहावट भइरहेको छ भन्ने कुरा मलाई लागिरहेको थियो । अलिअलि जानेको थिएँ, यहाँ आएपछि केही विज्ञहरुलाई बोलाएर छलफल गरें । नेपालका सबै विज्ञहरुलाई पनि राखेर छलफल गरें । चुहावट नियन्त्रण कसरी गर्ने, हुकिङ, खुला चुहावट, आन्तरिक नदेखिने चुहावट लगायतका सबै चुहावट तथा ठूला चुहावटहरु तथा उद्योगहरुमा हुने सबै समस्याहरुलाई हल गर्ने किसिमको विधि बनाएँ । अरु योजना पनि बनाएँ । त्यो आधारमा त्यो योजनालाई कार्यान्वयन गर्ने क्रममा अहिले यसलाई ब्यवस्थापन गरेर नै यो हल भएको छ । अब पानी घट्दै जाँदा यो चुनौतीको रुपमा आएको छ । तर पनि त्यसलाई सामना गर्ने हामीसँग योजना छ र त्यही योजनाअनुसार जनतालाई मार नपर्ने अवस्था सिर्जना गर्छौं । अहिले एक घण्टा अथवा आधा घण्टा मात्रै विद्युत जाँदा होहल्ला हुने अवस्था नै आइसक्यो । पानी घट्दै जाँदा समस्या हुन सक्ने तपाईँ नै भन्दै हुनुहुन्छ, त्यो अवस्थामा के गर्ने योजना बनाउँदै हुनुहुन्छ त ? लोडसेडिङ भन्ने कुरा र आधा घण्टा, एक घण्टा बत्ती जाने कुरा अलग हो । कहिले सिष्टममा समस्या आएर बत्ती जाने अवस्था रहन्छ । सिष्टममा समस्या आयो भने बत्ती जान्छ तर त्यो लोडसेडिङ होइन । लोडसेडिङ भनेको त बत्ती नपुगेर, एकातिर बत्ती कटाएर अर्कोतिर दिएर अपुग भएकोलाई पूर्ति गर्ने कुरा हो । सिष्टम विग्रिएपछि सिष्टम नबन्दासम्म त प्रभाव पार्छ । त्यसका लागि अर्को बैकल्पिक भन्ने पनि छैन । त्यसो हुँदाखेरि लोडसेडिङ गर्नु र बिग्रिएर बत्ती जानु फरक कुरा हो ।
कुलमान मेरो दायाँ हात हो, मेरो बायाँ हात हो । कुलमान मेरो दुवै हात हो । सचिवजी मेरो हात हो, अरु साथीहरु सबै मेरै हात हुन् । त्यसकारणले उहाँहरुको नाम आउँदा मलाई गर्व हुन्छ ।
हामीसँग अहिले रिजर्भ भनेको कुलेखानी छ । हामी विस्तारै त्यसको प्रयोग गर्छौैंं । त्यसले केही म्यानेज गर्छ । अन्य सम्बन्धित ठाउँका थपिने प्रयास पनि हुन्छ । अाज नै म अर्को हाइड्रो पावर उद्घाटन गर्न जाँदैछु । त्यसबाट थोरै केही १०, १२ मेघावाट थपिन्छ । पुरानो आपूर्ति गर्ने प्रयत्न पनि हामीले गरिरहेका छौं । अहिले आपूर्तिका लागि हामीसँग सिष्टम बनिसकेको छैन । संरचना तयार भएको छैन । हामीले अहिले ब्यवस्थापनलाई नै मिलाएर गरिरहेका छौं । सबै उपायहरुलाई जोड्ने प्रयास गरिरहेका छौं । उँखुकोबारेमा पनि हामीले छलफल गरेका छौं । उँखुबाट पनि केही मेगावाट लिन सकिँदो रहेछ । यहिँ अहिले सबैतिरबाट मिलाएर नै गर्ने योजना हो । अर्को विकल्प नै छैन । अहिले हामीलाई ‘पिक आवर’मा चाहिने सप्लाई कति छ ? अहिले हामीलाई चाहिने भनेको फुल पिक आवरमा १५ सय मेगावाट हो । हामीले अहिले पिक आवरमा सहयोग गर्न जनतालाई आग्रह गरेका छौं । जनता (उपभोक्ता) हरुबाट सहयोग भइरहेको छ । त्यसले गर्दा यसलाई केही घटाउन सकिन्छ । जनताको पनि सहयोग चाहियो । चुहावटलाई केही रोक्न सक्दा पनि केही मद्दत पुगेको छ । अरु बाँकी त आपूर्ति गर्ने कुरा नै हो । लोडसेडिङ हटाउने सन्दर्भमा अहिलेका विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङको कार्यक्षमताको कारण सफल भएको कुरा आएको छ तर तपाईँ चाँही आफ्नै कारणले सफलता मिलेको बताउँदै हुनुहुन्छ, अपत्यारिलो कुरा भएन ? काम गर्ने मान्छेको नाम आउने कुरा राम्रो हो । मस्तिष्कले काम नगरेमा हात खुट्टाले पनि काम गर्दैन । पहिला मस्तिष्कले काम गर्छ, त्यसपछि दायाँ हात बायाँ हातले काम गर्छ । कुलमान मेरो दायाँ हात हो, मेरो बायाँ हात हो । कुलमान मेरो दुवै हात हो । सचिवजी मेरो हात हो, अरु साथीहरु सबै मेरै हात हुन् । त्यसकारणले उहाँहरुको नाम आउँदा मलाई गर्व हुन्छ । किनभने मैले उहाँहरुलाई सहि ढंगले परिचालन गर्याछु भन्ने कुरा हो । त्यसमा त गर्व नै छ, मलाई कुनै समस्या छैन । विद्युत प्राधिकरण सञ्चालक समितिका तीन जना सदस्यलाई हटाएर नयाँ सदस्य पनि नियुक्त गर्नु भएको छ, सर्वोच्च अदालतले सञ्चालक समिति सदस्यलाई नहटाउनु भनेर ‘स्टे अर्डर’ आएको छ, यसले समस्या ल्याउँदैन ? नियम विपरित काम गरेको कारणले मैले सञ्चालक समितिका केही सदस्यहरुलाई कारबाही गरेको हुँ । मेरो कारबाही सहि छ । त्यसमा अदालतले के निर्णय गर्यो, त्यो अदालतले जानोस् । मैले सहि निर्णय गरेको छु भन्ने मलाई विश्वास छ । अदालतको पनि आफ्नो विधि पद्धति होला, उसले आफ्नो काम गर्यो । त्यसमा मेरो कुनै टिप्पणी छैन । मैले यतिमात्रै भन्न चाहन्छु कि मैले सहि निर्णय गरेको छु, त्यो निर्णय सहि नै प्रमाणित हुन्छ । यसअघि लोडसेडिङ हटाउन दुई वर्षे अथवा पाँच वर्षे योजनाहरु आएका थिए । त्यसबीचका वैकल्पिक ऊर्जाका कतिपय योजना थिए, वैकल्पिक ऊर्जाका लागि ठूलो अनुदान पनि आएको छ । लोडसेडिङ कम भएप्छि ती योजनाहरुमा अब के इम्प्याक्ट पर्छ ? लोडसेडिङ अन्त्य गर्ने कुरा नेगेटिभ त छँदैछैन । लोडसेडिङ अन्त्य गर्ने कुरा पोजेटिभ नै हो । वैकल्पिक ऊर्जा घट्ने कुरा पनि हुँदैन । वैकल्पिक ऊर्जा काठमाडौंमा मात्रै खर्च गर्ने हो र ? ग्रामीण क्षेत्र अहिले पनि अन्धकार नै छ । ती क्षेत्रहरुमा वैकल्पिक ऊर्जाको प्रयोग गर्ने हो । वैकल्पिक ऊर्जाले गर्ने काम तमाम छन् । काठमाडौंमा नै सोलार राख्न सकिन्छ । काठमाडौंमा घरघरमा सोलार राख्न मैले भनिरहेको छु । सोलार राख्नु, टु ए मिटर जोडिदिन्छौं भनिरहेकै छौं । काठमाडौंमा जिरो इनर्जीमा चलाउने भनेर मैले योजना ल्याएको छु । त्यो भनेको घर घरमा ऊर्जा उत्पादन गर्ने र त्यसैले पूर्ति गर्ने हो । लोडसेडिङमुक्त भएर वैकल्पिक ऊर्जाको महत्व हराएको होइन, यसको महत्व झनै बढ्यो । अब झन् सोलार लाइटहरु जोड्न सकिन्छ । त्यसकारण वैकल्पिक ऊर्जाको प्रयोग बन्द हुँदैन, झनै यसको महत्व बढेको छ । अझै धेरै क्षेत्रहरु विद्युतविहीन छ, त्याहाँ वैकल्पिक ऊर्जाको प्रयोग गर्न सकिन्छ । ब्यवस्थापनको दृढ विश्वासले माग नधानेको भनिएको विद्युत समेत पुर्याउन सकिने रहेछ । विद्युत प्राधिकरणमा कर्मचारी पनि बढी रहेको कुरा छन् । त्यसलाई चुस्त दुरुस्त बनाउनका लागि कर्मचारीहरु कटौतीका कुराहरु पनि छन् कि ? अहिले विद्युत प्राधिकरणमा कर्मचारी बढी होइन, अपुग भएको अवस्था छ । आवश्यक कर्मचारीहरुको अभाव छ । म हरेक इकाहरुमा गएँ । हरेक इकाइहरुमा जाँदा मिटर रिडिङ गर्ने मान्छेहरुसमेत छैनन् । तीन महिनाको एक पटक रिडिङ गरेर कसरी हुन्छ ? पैसा त उठ्दैन नि त । यसमा अझै समस्या रहेछ । नयाँ इन्जिनियरहरुको टिम चाहिन्छ भन्ने छ । त्यहाँ अझै कर्मचारीहरुको अभाव छ । विज्ञ र सक्षम कर्मचारीहरु चाहिएको छ । कर्मचारीको नाममा मात्रै भर्ना गरेर भएन । आवश्यक विषयवस्तुअनुसार दक्ष कर्मचारीहरु चाहिएको छ भने अर्को नयाँ टेक्नोलोजीमा अपग्रेड गर्दै जाँदा पनि कर्मचारी घटाउन सकिन्छ । टेक्नोलोजीको अपग्रेड गर्नुपर्यो । त्यसका लागि केही समय लाग्छ । हामीले शुरुवात मात्रै गरेका छौं, त्यसका लागि दुई चार वर्ष लाग्छ । स्मार्ट मिटर लगायतका कुराहरु हामीले अगाडि बढाउँदैछौं । तर त्यसलाई समय लाग्छ । टेक्नोलोजीद्वारा यसलाई सम्पन्न गरियो भने अपग्रेड गर्दै जाँदा अनावश्यक कर्मचारीको चाप घट्ने हो । अहिले कर्मचारी धेरै भएर होइन कि कर्मचारीहरुको सहि प्रयोग गर्न र सहि ढंगले परिचालन गर्नेतिर ध्यान दिनुपर्ने देखिन्छ । अनि अहिले लोडसेडिङ हटेपछि उद्योग कलकारखानाहरुबाट उत्पादन बढेको कुनै डाटा सरकारसँग आएको छ ? लोडसेडिङ हटेपछि उद्योग कलकारखानाको उत्पादन अवश्य पनि बढेको छ । तर कति बढ्यो भन्ने यकिन डाटा त अहिले मसँग छैन । डाटाबेसमा मैले अहिले तयार गरेको छैन । मैले अहिले ठ्याक्कै यति नै उत्पादन बढ्यो भन्न त सक्दिन तर उद्योगी ब्यवसायीहरुसँग भएको छलफलबाट उहाँहरुमा ब्यवसायप्रति उत्साह थपिएको छ । मैले ब्यवसायिक साथीहरुलाई बोलाएर छलफल गरेको छु । लोडसेडिङ नभएपछि उहाँहरुले थुप्रै अर्ब पैसाहरु बचत भएको बताउनु भएको छ । ब्यवसाय नाफातिर गएको भन्दै उद्योगी ब्यवसायीहरु उत्साहित हुनु भएको छ । उहाँहरुले १५, २० लाख अन्य इन्धनमा खर्च गर्ने गरेको पैसा वचत भएको बताउनु भएको छ । होटलवालाको कोठाहरु उज्यालो भए । पानी तान्न पाइने भयो । उद्योगहरु सञ्चालन भए । उद्योगका शाखाहरु खोल्दैछौं । हाम्रा हस्पिटलहरुमा समस्या हट्यो । शान्ति सुरक्षामा सजिलो भयो भनेर प्रहरीले भनेको छ । सबै क्षेत्रमा सकारात्मक प्रभाव रहेको छ । लोडसेडिङमुक्त भयो भनेर हामी अझै खुशी हुने अवस्था आएको छैन । प्राधिकरणले नै राजधानीबाट यो प्रयोग गरिएको मात्र भनिरहेको छ । लोडसेडिङमुक्त अभियानका लागि प्रयोग कहिलेसम्म हो ? भोलि लोडसेडिङ हुन सक्छ । तर लोडसेडिङ नहोस् भन्नका लागि उत्पादनतिर जोड दिइनुपर्छ । संरचनाहरुलाई मजबुत बनाउनु पर्यो । टेक्नोलोजीको अझ विस्तार गर्नुपर्यो । एउटै पक्षमात्र छैन, लोडसेडिङ अन्त्य गर्नका लागि धेरै पक्षहरु छन् । आज हामीले जनतालाई यो नबाल र त्यो नबाल भनिरहेका छौं । भोलि बढी विद्युत उत्पादन हुन सक्यो भने बढी प्रयोग गर्नुस, बाल्नुस् भन्नुपर्ने हुन सक्छ । जति विद्युत खपत भयो, त्यति नै देशको विकास हुने हो । दाउरा बालेजस्तो त्यसै सकिने त होइन । विद्युत खर्च हुने भनेकै त्यसले कतै न कतै उत्पादन गरिराखेको हुन्छ । कुनै न कुनै आर्थिक रुपमा प्रभाव पारिरहेको हुन्छ । त्यो अवस्थामा पुर्याउनका लागि हामीले आज लोडसेडिङ अन्त्य गरेर बत्ति मात्रै बालिरहँदा त यतिधेरै खुशीयाली छ । लोडसेडिङको दशौं वर्षदेखिको समस्या थियो । अब हामीले औद्योेगिककरणको मानसिकता बनाउनुपर्छ । मैले अहिले पनि ३७ बुँदे अवधारणामा भनिरहेको छु कि ५ हजारलाई रोजगारी दिन्छु यति बिजुली चाहियो भनेर कसैले भन्छ भने मैले जसरी पनि दिन्छु भनेर भनिरहेको छु । ल मलाई यति विजुली चाहियो भनेर अहिलेसम्म कोही आएको छैन । विद्युतलाई औद्योगिकतिर प्रयोग गर्नुपर्ने आवश्यक छ । कृषि, पर्यटन, सिँचाइका लागि विद्युत प्रयोग गर्नुपर्ने आवश्यक छ । त्यसतर्फ लाग्यौं भने राष्ट्रको विकाश हुने हो । लोडसेडिङ अन्त्य बत्ति बालेर मात्रै हुँदैन । समृद्ध राष्ट्र बनाउनका लागि ‘नेपालको पानी जनताको लगानी’ नारा अन्तर्गत अहिले विभिन्न परियोजनाहरु शुरु गर्ने प्रयत्न गरिएको छ । त्यसबाट छिटो भन्दा छिटो निर्माण गर्ने तथा तोकिएको समयमा सम्पन्न गर्ने गरी काम गरियो भने त्यसबाट प्रतिफल आउँछ र राष्ट्रको विकाश हुन्छ र राष्ट्र समृद्ध हुन्छ । अहिले जसोतसो ब्यवस्थापन गरेर लोडसेडिङमुक्त हटाउन सम्भव भएको छ तर त्यसका लागि पनि विभिन्न बाधा अड्चनहरु कहिँ कतैबाट आइरहेका छन् ? मैले विभिन्न पेपरहरु हेर्छु । बेलाबेलामा पेपरहरुमा यतिघण्टा लोडसेडिङ हुन्छ भनेर घोषणा गर्ने गरिएको पनि छ । कतिपय यो असम्भव कुरा हो भनेर हतोत्साहित पनि गर्ने गरिएको छ । कसरी हुन्छ हतोत्साहित गर्ने प्रयत्नहरु पनि भइरहेका छन् । कतिपय प्रशारण लाइन बनाउने ठाउँमा मुद्दा हालिदिएर ‘स्टे’ गरिदिएको अवस्था छ । त्यहाँ बनाउन जरुरी भइसक्यो तर स्टे गरेर समस्या खडा गरिएको छ । कहिँ मुआब्जाको कुराहरु उठाएर विवाद उत्पन्न गरिदिने कामहरु पनि भइरहेका छन् । अहिले नै देख्नु भएको छ, अदालतमा मुद्दा हालिदिने कुराहरु पनि भइराखेको छ ।अवरोध गर्ने यी कुराहरु त भइराख्छन् । तर दृढता भयो भने अवरोधलाई सामना गर्दै अगाडि बढ्न सकिन्छ । अवरोध तमाम छ, ती अवरोधहरुलाई सामना गर्न सकिन्छ । सामना गर्ने टिम, सिंगो मन्त्रालय, प्राधिकरण तयार छ । मुख्यतः युवाहरु, जनता तयार छन् । मैले त सामना गर्नका लागि जनतालाई अपिल गर्ने कुरा मात्रै हो । त्यसैले जनताप्रति विश्वास गरेर काम गर्ने मेरो बानी हो । जनताप्रति उत्तरदायी हुने मेरो बानी हो । जनताप्रति उत्तरदायी भएर मैले काम गरेको छु, जनताले मलाई विश्वास गर्छन भन्नेमा विश्वस्त छु । सरकारले सहुलियत रुपमा लिएको ऋण प्राधिकरणले महंगो ब्याज तिरेर लिइरहेको भन्ने कुरा पनि आएको छ । त्यसले गर्दा प्राधिकरणको घाटा त्यसमा पनि थपिएको छ । यसबारे के भन्नु हुन्छ ? सरकारले आफूले लिएको ऋण विभिन्न संस्थाहरुलाई दिने एउटा पोलिसी हो । प्राधिकरणलाई मात्र होइन, अन्य धेरै संस्थाहरुलाई सरकारले ऋण दिने गरेको छ । प्राधिकरण, एनएसी लगायत अरु संस्थाहरुलाई पनि सरकारले ऋण दिएको छ । त्यो चाँही सरकारको पोलिसीको कुरा हो तर पनि त्यसलाई परिमार्जन गर्नुपर्छ भनेर छलफल भइरहेको छ । सिलसिलामा सरकारले नै लिने भएकाले यसमा खासै घाटानाफाको कुरा त होइन । सरकारकै भएकाले ब्याज आउँदा पनि सरकारलाई आउँछ र बढी तिरे पनि सरकारलाई नै आउने हो । प्राधिकरण प्राइभेट कम्पनी त होइन । तैपनि त्यसलाई कसरी मिलाउनुपर्छ भनेर छलफल भइरहेको छ । अहिले १५ सय मेगावाटमा विद्युतको माग बढिरहेको अवस्था छ । वर्षाको बेलामा १२, १३ सय मेगावाट मात्रै विद्युत उत्पादन हुन्छ । दुई तीन सय लस भइरहेका छन् । ठूला आयोजनाहरुको निर्माण कार्य कसरी अगाडि बढिरहेको छ ? विद्युत प्राधिकरणले अप्पर अरुण, तमोर उत्तर गंगा जस्ता ठूला जलाशययुक्त आयोजनाहरुलाई अगाडि बढाउँदैछ । भर्खरै सरकारले जेनेरेशन कम्पनी गठन गरेको छ । त्यो कम्पनीले नलसिंहगाड, शारदा, नौमुरे, सुनकोशी, बुढी गण्डकी जस्ता आयोजनाहरुलाई अगाडि बिढाउँदैछ । ठूला जलाशययुक्त आयोजनाहरु र पिकिङ आयोजनाहरुमा सरकारको तर्फबाट प्राथमिकता दिएको छ । रन अफ द रिभरवाला परियोजनाहरु भन्दा पनि पिकिङ र जलाशययुक्त आयोजनाहरुमा प्राथमिकता दियौं भने सहित ढंगले मिल्न आउँछ र हाम्रो समस्या समाधान हुन्छ । नेपालमा विद्युत क्षमता ८६ हजार मेगावाट छ भनेर ‘थेसिस’ मात्रै आएको छ, सरकारले आधिकारिक रुपमा यति नै आवश्यक हो भन्ने कुनै तथ्यांक निकालेको छ कि त्यही थेसिसलाई आधार मानिरहेको अवस्था हो ? थेसिसको रुपमा आएको कुरालाई नै सरकारले अहिले पनि आफ्नो आधिकारिक जस्तो बनाएर भनिरहेको छ । त्यो भन्दा धेरै क्षमता नेपालमा छ । हिजोको भन्दा आज टेक्नोलोजीको धेरै विकाश भएको छ । हिजो एउटा विद्यार्थीले नेपालको बारेमा अध्ययन गर्यो त्यो राम्रो कुरा हो । अहिले मन्त्रालय अन्तर्गतको ऊर्जा आयोग बनाइएको छ । ऊर्जा आयोगलाई मैले यसको जिम्मेवारी दिएको छु । आयोगले नदी बेसिन ढंगले हाम्रो उत्पादन क्षमता कति हो भन्ने अध्ययन गर्ने र रिपोर्ट तयार गर्ने काम गर्ने गरी ऊर्जा आयोगलाई जिम्मेवारी दिइएको छ । आयोगले सोही अनुसार काम गरिरहेको छ । त्यसपछि मात्रै आधिकारिक रुपमा हामीले भन्न सक्छौं । मन्त्रीज्यूको ३७ बुँदे अवधारणाको कुरा पनि पटक पटक उठाउनु भएकाे छ । त्यसैमा उर्जामा जनताको ३० प्रति शेयर निश्चित गर्ने कुरा गर्नु भएको थियो । तर अहिले लोडसेडिङमा देखिएको तपाईँको अल्झनले कार्यकाल नै सकिने अवस्था आउँछ कि ? कार्यकाल कति भन्ने कुरा मुख्य होइन । मैले पाएको कार्यकालमा कति सफलता प्राप्त गरेँ भन्ने मुख्य कुरा हो । मैले पाएको समय ठीक ढंगले सदुपयोग गरेँ कि गरिन भन्ने कुरा मुख्य हो । कार्यकाल त नेपालको राजनीतिमा सबैलाई थाहा भएकै कुरा हो । तर मैले पाएको समयमा के गरेँ भन्ने त्यो चाँही मुख्य हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies