Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

११२ किमि छोटो, पक्की र दुई लेनको सडक भएको तातोपानी नाका किन खुलेन ? यस्तो छ रहस्य

\"\"काठमाडौं, १२ पुस । झण्डै दुईवर्षदेखि बन्द चीनसँगको सबैभन्दा ठुलो कारोवार हुने नाका बन्द अवस्थामा रहेको भएपनि चीनले दिर्घकालिक रुपमै नखोल्ने रणनीति बनाएपश्चात बन्दको बन्दै छ । भूकम्पले पुर्याएको क्षतिपश्चात झण्डै साविकको अवस्थामा बनाइएको नेपालतिरको कोदारी राजमार्ग खुल्ला हुँदा समेत चीनले तातोपानि नाका खोल्न आलटाल गरिरहेको थियो । तातोपानिको सट्टामा केरुङ नाकालाई सहज बनाउने जनाएको चीनले भारतीय नाकाबन्दीमा समेत तातोपानि नाका खोल्न चाहेन । नेपाललाई असल छिमेकका रुपमा परिभाषित गर्दै आएको चीनको भारतीय नाकाबन्दीताकाको व्यवहार पनि रहस्यत्मक नै थियो । र अहिले पनि उही प्रवृति जारी छ । गत वर्षाको बाडीको कारण क्षतविक्षेत कोदारी राजमार्ग पूनर्निमाणको काम लगभग अन्तिम अवस्थामा पुगेको छ भने केही स्थानहरुमा कच्ची मार्ग सहित चीनसँग जोडिएको समेत छ । खबरडबली सहकर्मी तातोपानि नाकाको अवस्था बुझ्न पुग्दा आफ्नै नीजि सवारीमा चीनसँगको सिमानकासम्म पुगेर फर्किएका छन् भने मालबाहक सवारी चल्न कुनै समस्य नभएको भेट्टाएका छन् । हाल चीनसँग सडक संजालबाट जोडिएका सिन्धुपाल्चोकको तातोपानी र रसुवाको केरुङ नाका दुईवटामात्रै भरपर्दा विकल्प हुन् । तातोपानी नाकामा चीनियाँ पक्षले व्यापारिक कारोवार गर्न खुल्ला गरेको छैन भने केरुङ नाकामा बारम्बार चीनियाँ भुगोलमा आउने बाटोको अवरोधका कारण पूर्ण संचालनको अवस्थामा छैन । नेपालको तात्कालिन आवश्यकतालाई ध्यानमा राख्ने हो भने केरुङभन्दा तातोपानी नाका नै बढी सहज हुन्छ तर चीनिया पक्ष तातोपानी भन्दा केरुङलाई नै दिर्घकालिन रुपमा जोड गरिरहेको छ । चीनिया पक्षको दिर्घकालिन रुपमा जे जोड भएपनि नेपाली अधिकारीहरुले अहिलेलाई तातोपानी नाका खुलाउन पहल गर्नुपर्नेमा त्यो पहल भईरहेको छैन । रणनीतिक हिसाबले चीनको लक्ष्य सिल्क रोडको अवधारणा अनुसार केरुङ नाका नै हो र उनिहरुको चासो तिब्बतको सूरक्षा जोखिमसँग समेत सम्बन्धित छ । किन तातोपानी नाका ? अहिले केरुङ नाका खुल्ने र बन्द हुने क्रममा छ । काठमाडौंदेखि केरुङसम्मको १७४ किमि बाटो करिब सबै ठाउँमा सिंगल लेन छ भने नेपालतिर वर्षामा पहिरोको जोखिम उच्च छ । उता चीनको भुगोलमा अब करिब ३ महिना हिउँ परेर बाटो अवरुद्ध हुन्छ । त्यो क्रममा प्राय त व्यापारिक कारोवार गर्न असम्भव हुन्छ । अर्कोतिर काठमाडौंदेखि चीनको सिगात्सेसम्मको दुरी तातोपानी नाकाको तुलनामा ११२ किलोमिटर बढी पर्छ । अर्थाता काठमाडौं–केरुङ–सिगात्से सम्मको दुरी ७१० किलोमिटर हो भने काठमाडौं–तातोपानी–सिगात्सेको दुरी ११२ किलोमिटर कम अर्थात ५९८ किलोमिटर मात्रै हो । भौतिक पुर्वाधारका हिसाबले बर्षौदेखि संचालनमा रहेको तातोपानी नाकामा सबै पूर्वाधारहरु छन् । विजुली, टेलिफोन, इन्टरनेट, बैंक तथा होटल लगायतको बजार व्यावस्था तातोपानी नाकामा दुबै मुलकका सिमाक्षेत्रहरुमा प्रशस्त छ । तर केरुङ नाकामा दुबै देशका सिमाक्षेत्रहरुमा माथी उललेखित सुविधा छैन । तातोपानी नाकामा बाह्रविसेमाथिको २८ किलोमिटर सडकखण्ड बाहेक चीनको बाटो समेत दुरुस्त र राम्रो छ भने केरुङ नाकामा पर्ने चीनको बाटोसमेत कच्ची अवस्था र पहिरोको जोखिममा छ । तातोपानी सडकखण्ड अहिले मालबहाक गाडी संचालनमा आउनसक्ने अवस्थामा छ । वर्षाको समयमा बाह्रविसे माथिको २८ किलोमिटर सडकखण्डमा समस्या आउन सक्छ तर अहिल्यै भने केही समस्या छैन । तातोपानी नाका बन्द र केरुङ नाकाको क्षमता अभावका कारण अहिले नेपालबाट चीन ढुवानी हुने सामाग्री करिबकरिब बन्द नै भने चीनबाट नेपाल आर्यात हुने लजिष्टिक लगायतका सामानहरु भारत हुँदै भैरहवा, विरगंज तथा विराटनगरको रुट हुँदै ल्याउनुपर्ने अवस्था छ । जसका कारण चीनबाट नेपाल आउने सामाग्रीको भाउ झण्डै ४० प्रतिशतले बढेको मात्रै छैन । १ महिनामा आइपुग्ने सामान ल्याउन २ महिना लाग्ने अवस्थासमेत सिर्जना भएको छ । नेपाल चीन मामिलासम्बन्धी जानकारहरु भन्छन् –केही मामलामा चीन भारतभन्दा जब्बर छ । उसले तातोपानि नाका र केरुङ नाकालाई आफ्नो सुरक्षा चासो र दिर्घकालिक योजनासँग जोडेर चलाईरहेको छ । जसले नेपाललाई घाटा बाहेक केही भएको छैन । दुबै पक्षको उदाशिनता नेपालले पनि तातोपानी नाका खोल्नका लागी उचित पहल गर्न सकेको छैन र आवश्यक दवाव दिएको पनि देखिदैँन । उता चीनको आफ्नै रणनीतिक र दिर्घकालिक अनि सूरक्षा जोखिमका कारण उदाशिन बनिरहेको छ । चीनले सिल्करोडका अवधारणामा नेपालको केरुङ नाकालाई राखेको छ । जसका कारण पूर्वाधारहरु केरुङतिरै विकास होस् भन्ने पक्षमा छ । अर्को उसको तीब्बती मामला हो । तातोपानी नाकाबाट चीनले सुरक्षा खतरा मानेको छ । नेपालले चीनलाई रणनीतिक रुपमा केरुङ नाका बनाउन सहयोग गर्ने बचन सहित अहिलेलाई तातोपानी नाका संचालनमा ल्याउन मनाउनुपर्ने अवस्था देखिन्छ । यसो गर्दा पनि चीनले मानेन भने भन्नुपर्ने हुन्छ कि –चिन भारतलाई अघोषित रुपमा सहयोग गरिरहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies