Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

यसरी हुन्थ्यो जनयुद्धका लागि स्याटेलाइट फोनको प्रयोग

युद्धकालमा सञ्चारको पनि उत्तिकै महत्व थियो । पहिलेजस्तो चिठीपत्र र मान्छे–मान्छेबीचको सम्पर्कले जनयुद्धलाई अघि बढाउन सक्ने स्थिति थिएन । दुश्मनले उच्च प्रविधियुक्त सञ्चारसाधन प्रयोग गर्थे । शाही सेनासँग वायरलेस सञ्चार प्रविधि थियो । युद्धलाई सफल तरिकाले अघि बढाउने हो भने हामीले पनि त्यही स्तरको सञ्चार प्रविधि प्रयोग गर्नु जरुरी थियो । एक हिसाबले भन्ने हो भने, युद्धकालमा हात–हतियार र गोलीगट्ठाजस्तै सञ्चारसाधन पनि उत्तिकै महत्वपूर्ण थिए । पार्टी र जनमुक्ति सेनालाई आवश्यक पर्ने सञ्चारका साधन जुटाउने जिम्मा पनि सप्लाइ विभागलाई थियो ।
सालमा शाही सेनामाथि आक्रमण गर्दा जनमुक्ति सेनाको बटालियन स्तरको संरचना थियो । शान्ति प्रक्रियासम्म आइपुग्दा जनमुक्ति सेनाको सैन्य संरचना सात डिभिजनको बनिसकेको थियो । उपल्लोदेखि तल्लो तहसम्म सूचना पठाउन आधुनिक प्रविधि जरुरी थियो । जनमुक्ति सेनाका लागि आवश्यक पर्ने सञ्चारसेटदेखि पार्टी शीर्षनेतृत्वले प्रयोग गर्ने स्याटेलाइट फोनको खरिद गरेर नेपालसम्म ल्याउने जिम्मा पनि सप्लाइ विभागले नै पाएको थियो । स्याटेलाइट फोनको खरिद र व्यवस्थापन हामीले पाएको अर्को महत्वपूर्ण जिम्मेवारी थियो । पहिलोपटक हामीले २०५८ सालमा स्याटेलाइट फोन ल्याएका थियौँ । जनयुद्धका क्रममा सबैभन्दा धेरै स्याटेलाइटको कारोबार र व्यवस्थापन गर्ने जिम्मा पनि मैले नै पाएँ । [caption id=\"attachment_109388\" align=\"alignleft\" width=\"500\"] (सोमबार माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड र नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले संयुक्तरुपमा सार्वजनिक गरेको माओवादी नेता तथा सभासद् स्वर्गीय भक्तिप्रसाद पाण्डेको जीवनकथा ‘चाचा’ )[/caption] स्याटेलाइट फोनका कारोबारीसँग पहिलो भेट काठमाडौँमा भएको थियो । लाजिम्पाटमा स्थायी बसोवास गर्ने उनी थाइल्यान्ड, फिलिपिन्स र जापानतिरबाट स्याटेलाइट फोन मगाउने गर्दा रहेछन् । पहिलो भेटपछि हामीले फोनबाटै कारोबार गर्न थाल्यौँ । उनी हामीसँग अर्डर माग्थे । हामीलाई जति फोन चाहिने हो, लाग्ने रकम उनको खातामा पठाइदिन्थ्यौँ । रकम पठाइदिएपछि हामीले भनेको ठाउँमा स्याटेलाइट पठाइदिन्थे । फोन रिचार्जका लागि आवश्यक पर्ने कार्डका लागि पनि त्यसरी नै पैसा पठाइदिन्थ्यौँ । उनले कार्ड नम्बर पठाइदिन्थे । पहिलोपटक हामीले पाँचवटा स्याटेलाइट फोन मगाएका थियौँ । तीमध्ये तीनवटा एकै प्रकृतिका थिए । बाँकी दुईटाचाहिँ फरक थिए । तीमध्ये एउटा स्याटेलाइट फोनको मूल्य १ लाख १० हजार रुपैयाँ परेको थियो । हामीले किनेकामध्ये सबैभन्दा महँगो त्यही थियो । सुरुमा ल्याइएका पाँचवटा फोनमध्ये राम्रो गुणस्तरका ती तीनवटा फोन सुदूरका गाउँका घरभित्रै बसेर पनि मजासँग चलाउन सकिन्थ्यो । बाँकी दुईटाचाहिँ अलिक कमजोर गुणस्तरका थिए । फोन गर्दा कोठाबाहिर निस्केर एन्टेनालाई खुला आकाशतिर फर्काउनुपथ्र्याे अनि मात्र कुराकानी गर्न सकिन्थ्यो । ती दुईटालाई चाहिँ प्रतिगोटा ७० हजार रूपैयाँ परेको थियो । फोन आएपछि सुरुमा मैले नै चलाउन सिकेँ । त्यसपछि अरू साथीलाई सिकाएँ । हतियार ल्याउन जति कठिन थियो, स्याटेलाइट फोन र सञ्चारसेट ल्याउन भने त्यति गाह्रो थिएन । यस्ता सञ्चारसामग्री विक्रेताको जताततै सञ्जाल हुँदो रहेछ । त्यही सञ्जाल प्रयोग गरेर तोकिएको ठाउँसम्म पुर्‍याइदिन सक्दा रहेछन् । मूल्य दिएपछि एजेन्टले भनेकै ठाउँमा फोन ल्याइदि“दा रहेछन् । नेपालमा मात्र होइन, अन्य देशमा पनि यस्तो कारोबारका लागि मानिस जोडिएका हुँदा रहेछन् । परेको मूल्य दिएपछि खरिद गर्नेले त्यस्तो टाउको दुखाउनुपर्दाे रहेनछ । हामीले तीन कम्पनीका स्याटेलाइट फोन लिने गरेका थियौँ । त्यसमध्ये सबैभन्दा राम्रो जापानको थुरायो कम्पनीको थियो । बाँकीचाहिँ थाई र फिलिपिनो कम्पनीका थिए । राम्रो र भरपर्दाे भएकाले हाम्रो रोजाइ स्वाभाविक रूपमा जापानी कम्पनीकै फोन थियो । स्याटेलाइटबाट फोन गर्दा जति रकम लाग्थ्यो, त्यो सोचिएजस्तो महँगो थिएन । युनिटका हिसाबले पैसा खर्च हुन्थ्यो । सेट टु सेट फोन गर्दा एक युनिटबराबर तीन रूपैयाँ पथ्र्याे । सेट टु सेटभन्दा बाहिर कुरा गर्दाचाहिँ अलिक महँगो पथ्र्याे । त्यसो गर्दा अन्तर्राष्ट्रिय कलअनुसार मूल्य तिर्नुपथ्र्याे । २०५८ सालको पहिलो वार्ताकालदेखि सुरु भएको स्याटेलाइट फोन किन्ने प्रक्रिया दोस्रो वार्ताकालसम्म नै चल्यो । वार्तामा भए पनि युद्धविराम भंग हुन सक्ने सम्भावना त्यत्तिकै हुन्थ्यो । त्यसैअनुसार आन्तरिक तयारी पनि मजबुत बनाउनुपथ्र्याे । आन्तरिक तयारीको एउटा महत्वपूर्ण पक्ष सञ्चारमा पार्टी र जनमुक्ति सेनालाई सुदृढ गराउनु थियो । जनमुक्ति सेना र पार्टीका लागि ल्याइएका स्याटेलाइट फोनहरू पार्टीभित्रको अन्तरसंघर्षका वेला बाबुराम भट्टराईपक्षीय विचार सम्प्रेषण गर्न पनि सहयोगी सिद्ध भए । आफ्नो विचार राख्दा बाबुरामजी कारबाहीमा पर्नुभएको थियो । हुन त उहाँ अध्यक्ष प्रचण्डकै साथमा हुनुहुन्थ्यो, तर पनि उहाँमाथि पार्टीको निगरानी थियो । आफ्ना विचार बाहिर पु¥याउन सक्ने स्थिति थिएन । आफूपक्षधर नेता–कार्यकर्तासँग उहाँको भेटघाट र कुराकानी हुन सक्दैनथ्यो । म बाबुरामजीको विचार समूहमा भए पनि अध्यक्ष प्रचण्डसँग सुमधुर सम्बन्ध थियो । बाबुरामजीले त विश्वास गर्नुहुन्थ्यो नै, प्रचण्डजीले पनि उत्तिकै भर गर्नुहुन्थ्यो । त्यही सम्बन्धको उपयोग गर्दै बाबुरामलाई मैले सुटुक्क एउटा स्याटेलाइट फोन उपलब्ध गराएको थिएँ । बाबुरामजीसँग स्याटेलाइट फोन भएको कुरा कसैलाई थाहा थिएन । अध्यक्ष प्रचण्डलाई पनि थाहा थिएन । उहाँ हामीसँग फोनमा सुटुक्क कुराकानी गर्नुहुन्थ्यो । कुन वेला कुराकानी गर्ने भन्ने पहिले नै तय गरिन्थ्यो । कुराकानी गर्ने भनिएको समयमा उहाँ अलिक एकान्तमा जानुहुन्थ्यो । उहाँले पार्टीसमक्ष सुरुमा चारबुँदे र पछि तेह्रबुँदे असहमतिपत्र राख्नुभएको रहेछ । उहाँ रोल्पामा हुनुहुन्थ्यो । कारबाहीमा पर्नुभएकाले अन्तरसंघर्षका लागि आफ्ना कुरा तल्लो तहसम्म लैजान सञ्चारमाध्यमलाई प्रयोग गर्नु उचित हुन्थ्यो । पछि उहाँको तेह्रबुँदे असहमतिपत्र नेपाल साप्ताहिकमार्फत सार्वजनिक हुन पुग्यो । पार्टीको हिरासतमा रहेकै वेला असहमतिपत्र सार्वजनिक भएपछि निकै ठूलो हल्लीखल्ली मच्चियो । पार्टीनेतृत्व र कसैसँग सम्पर्क हुन नसक्ने स्थितिमा रहेका बाबुरामजीसँग मात्र भएको त्यो पत्र कसरी सार्वजनिक भयो ? यो कुरा पार्टीनेतृत्वका लागि पनि रहस्यको विषय बन्यो । रोल्पाको गाउँमा पार्टी नेतृत्वसमक्ष उहाँले पेस गरेको तेह्रबुँदे असहमति सार्वजनिक हुनुमा उहाँसँग रहेको त्यही स्याटेलाइट फोनले भूमिका खेलेको थियो । त्यो वेला म लखनउमा थिएँ । उहाँले स्याटेलाइट फोनमार्फत त्यो कुरा मलाई टिपाउनुभएको थियो । उहाँले जेजे टिपाउनुभयो, त्यो मैले यताबाट रेकर्ड गरेर राम कार्की (पार्थ)लाई दिएको थिएँ । यसरी रेकर्ड गरिएको तेह्रबुँदेको व्याख्या ब्रिफिङसहित पार्थले पत्रिकालाई दिनुभयो र त्यो प्रकाशित हुन सक्यो । त्यो वेला पार्थ सम्भवतः राजस्थानमा हुनुहुन्थ्यो । उहाँ पहिले दिल्लीमा बस्नुहुन्थ्यो । तर, जब अन्तरसंघर्ष बढ्दै गयो, त्यसपछि राजस्थान बस्न थाल्नुभएको थियो । लोकतन्त्र स्थापना र शान्ति प्रक्रियासम्म आइपुग्दा हामीले ९५ वटा स्याटेलाइट फोन भित्र्याइसकेका थियौँ । तर, जब हामी शान्ति प्रक्रियामा आयौँ, त्यसपछि त्यसको उपयोगिता रहेन । किनभने, त्यो वेलासम्म मोबाइल फोन सर्वसुलभ हुन थालिसकेको थियो । (सोमबार माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड र नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले संयुक्तरुपमा सार्वजनिक गरेको माओवादी नेता तथा सभासद् स्वर्गीय भक्तिप्रसाद पाण्डेको जीवनकथा ‘चाचा’ नामक पुस्तको एक अंश)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies