Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

ओलीको यी तीन चाहना, जसलाई प्रचण्ड–देउवाले टोकरीमा फाल्दैछन्

\"\" काठमाडौँ, ८ पुस । एमाले अध्यक्ष केपी शर्मा ओलीको तीन चाहनालाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले टोकरीमा फाल्ने भएका छन् । संविधान संशोधन विधेयक संसदमा दर्ता भएपछि पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले प्रस्ताव गरेको पुरानै संरचनामा स्थानीय तहको निर्वाचन, एकैपटक संसदको निर्वाचन र पाँच प्रदेशलाई संघीयताको आधार मान्ने चाहनालाई प्रचण्ड–देउवाले ठाडै अस्वीकार गरेका हुन् । ओलीको यी तीन वटै चाहनालाई सत्तारुढ दलका नेतृत्व समेत सम्हालिरहेका प्रचण्ड देउवाले संविधान कार्यान्वयनबाट पछि हट्ने डिजाइन भएको आरोप समेत लगाएका छन् । केही साताअघि संविधान संशोधन विधेयक, संसदमा जारी अवरोध लगायतका विषयमा देउवा र ओलीबीच भएको छलफलका क्रममा ओलीले देउवासमक्ष पुरानै संरचनामा निर्वाचनमा जानुपर्ने बताएका थिए । संशोधन विधेयक ससंदमा दर्तापछि उत्पन्न राजनीतिक समस्या समाधान गर्न विधेयक थाती राखेर पुरानै संरचनामा निर्वाचनमा जानुपर्ने प्रस्ताव ओलीले देउवासमक्ष राखेका थिए । ओलीको उक्त प्रस्तावपछि बसेको तीन दलको संयुक्त बैठकमा प्रचण्ड र देउवाले एकै स्वरमा पुरानै संरचनामा निर्वाचन सम्भव नभएको जवाफ दिएका थिए । ‘पुरानै संरचनालाई गाउँपालिका मानेर स्थानीय तहको निर्वाचन गर्ने विषयमा छलफल गर्न सकिन्छ तर स्थानीय तहको निर्वाचनको विषयमा छलफल हुन सक्दैन’ बैठकमा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले भनेका थिए । देउवाले प्रचण्डको उक्त भनाईलाई समर्थन जनाएका थिए । तीन दलको बैठकपछि बसेको एमाले स्थायी समिति बैठकले सहमतिको नाममा अर्को प्रस्ताव अघि सार्यो–‘संशोधन विधेयकलाई थाती राखेर एकैपटक संसदको निर्वाचन गरौँ’ एमालेको उक्त प्रस्तावलाई प्रचण्ड देउवाले सार्वजनिक रुपमै एमालेले संविधानलाई असफल बनाउन उक्त प्रस्ताव ल्याएको बताएका छन् । केही दिनअघि बालुवाटारमा प्रचण्ड देउवाबीच भएको छलफलमा पनि एमालेले संविधानलाई असफल बनाउन भूमिका निर्वाह गरिरहेको निष्कर्ष निकालेको प्रचण्डनिकट स्रोतले बतायो । त्यसैगरी पूर्वसांसद मञ्चसँगको हालै भएको भेटका क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले पाँच प्रदेशलाई नै संघीयताको आधार मानेर अघि बढ्नुपर्ने प्रस्तावलाई सत्तारुढ दलका नेतृत्व प्रचण्ड देउवाले ठाडै अस्वीकार गरेका छन् । ओलीको उक्त भनाईले मुलुकलाई पछाडितिर फर्काउने कार्यमा सहयोग गर्ने बताउँदै उनीहरुले पाँचवटै प्रदेशलाई संघीयताको आधार मान्न नसक्ने र त्यसमाथि छलफल नहुने निष्कर्ष निकालेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies