Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

दलहरु सहमति नजिक आइपुगेका छन्ः सभामुख घर्ती

\"\"भक्तपुर, ८ पुस । सभामुख ओनसरी घर्तीमगरले राजनीतिक दलहरु सहमति नजिक आएको बताएकी छन् । भक्तपुरको मानव अङ्ग प्रत्यारोपण केन्द्रको अवलोकन गर्ने क्रममा बुधबार सञ्चारकमीहरुसँग कुरा गर्दै उनले भनिन्–‘ – “विधमान समस्या निकासका लागि सहमतिको विकल्प नभएकाले दलहरु सहमति नजिक आइपुगेको छ ।” सभामुख घर्तीमगरले अहिले संविधान कार्यान्वयनको सङ्क्रमणकालीन चरण भएकाले यसको कार्यान्वयनका लागि दलहरु एकजुट र एकमत भएर अगाडि बढ्न आफूले आग्रह गरेको बताइन । “आज पनि मैले प्रधानमन्त्रीलाई भेटेको थिएँ, उहाँले दलहरुबीच सहमति गराउने बचन दिनुभएको छ, उनले भनिन् – आउँदो ११ गते सोमबार मैले फेरि दलहरुको संयुक्त बैठक आह्वान गरेको छु, त्यो बैठकले पक्कै पनि राष्ट्रलाई निकास दिन्छ ।” सभामुख घर्तीमगरले संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव कार्यसूचीमा आइसकेको बताउँदै दलहरुबीच सहमति भए त्यसलाई फिर्ता गर्न सकिने वा प्रक्रियामा जान सकिने धारणा व्यक्त गरिन्। “संसद्मा दर्ता प्रस्तावको विषयमा दलहरुले सहमति गर्न नसके पनि प्रक्रियामा जानका लागि भए पनि सहमति गर्नुस् भनेको छु, एउटै टेबुलमा दलहरु बसेपछि पक्कै निकास आउँछ भन्ने मलाई लागेको छ ।”उनले भनिन् । सभामुख घर्तीमगरले संविधान संशोधन नै गर्न हुन्नभन्ने पक्षमा कुनै पनि दल नरहेको आफूले पाएको बताउँदै संशोधन प्रस्तावभित्रको विषयमा मात्र असहमति भएकाले दलहरुबीच सहमति गरेर सो विधेयकलाई सरकारले फिर्ता लिने वा परिमार्जन गर्नसक्ने बताइन । २०७४ साल माघ ७ गतेभित्र तीन वटै तहको निर्वाचन सम्पन्न गरिसक्नुपर्छ भन्नेमा सबै दल एकमत रहेकाले यसलाई मध्यनजर गरेर पनि दलबीहरूचको सहमतिबाटै समस्याको निकास निस्कने उनले बताइन । सो अबसरमा सभामुख घर्तीमगरले केन्द्रले गत मङ्सिर २२ गते बुधबार सफलतापूर्वक नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण गरेका भक्तपुरका ३६ वर्षीय बलराम नागालाई भेटेर उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन । केन्द्रको शल्यक्रिया, आइसियु, सिसियु, डायलोसिसलगायतका युनिटको अवलोकन गर्दै उहाँले यहाँका अत्याधुनिक प्रविधिकोबारेमा पनि जानकारी लिएकी थिइन । केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले केन्द्रले दिँदै आएको सेवा, सुविधा, यहाँका अत्याधुनिक प्रविधि र अहिलेसम्म पु¥याएको सेवाको बारेमा सभामुख घर्तीमगरलाई जानकारी गराए। केन्द्रमा आउने बिरामीको चाँप अत्याधिक भएको, तर ठाउँको अभाव भएकाले केन्द्रको विस्तारका लागि जग्गा उपलब्ध गराउन र केन्द्रलाई आवश्यक दक्ष चिकित्सकीय जनशक्ति उत्पादन गर्ने गरी प्रतिष्ठान बनाउनका लागि पहल गरिदिन उनले सभामुखसँग आग्रह गरे । सभामुख घर्तीमगरले आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै रोगबारे थाहै नपाई ज्यान जाने अवस्थालाई केन्द्रको सेवाले मुक्त गरिदिएको प्रतिक्रिया दिइन । उनले गाँउ ÷गाउँमा गएर मिर्गौला रोगकाबारेमा जनचेतना फैलाउन र स्वास्थ्य शिविर सञ्चालन गर्र्नुपर्ने आवश्यकता औंल्याएकी थिइन । सभामुखसँगै आएका संसद् सचिवालयका सचिव सोमबहादुर थापाले केन्द्र धेरै साँघुरो भएकाले सल्लाघारीमा रहेको ९९ रोपनी जग्गामा केन्द्रलाई विस्तार गर्न सरकारले पहल गर्नुपर्ने बताएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies