Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

माओवादी नेतृत्वको तीन सरकार : तीन लोकप्रिय काम

काठमाडौं, ७ पुस । शान्तिप्रक्रियापछि माओवादीले तीन पटक सरकारको नेतृत्व सम्हालेको छ । पहिलो संविधानसभा चुनावमा सबै भन्दा ठूलो पार्टी बनेको तत्कालिन माओवादी नेकपा एमालेसँग मिलेर गणतन्त्र नेपालको पहिलो सरकारको नेतृत्व गर्न पुग्यो । पुष्पकमल दाहाल ‘प्रचण्ड’ गणतन्त्र नेपालकै पहिलो प्रधानमन्त्री बन्न पुगे । \"\"२०६५ साउन ३१ गते प्रथम प्रधानमन्त्री निर्वाचित भएका प्रचण्ड नेतृत्वको सरकारले नेपालको इतिहासमै सबैभन्दा बढी राजश्व संकलन गरेको थियो । हाल नयाँ शक्ति पार्टीका संयोजक रहेका डा.बाबुराम भट्टराई प्रचण्ड सरकारका अर्थमन्त्री थिए । प्रचण्ड सरकारका अर्थमन्त्री भट्टराईले नै राजश्व चुहावटलाई नियन्त्रण गर्न सफल भएका कारण सरकारले राजश्व धेरै जुटाउन सफल भयो । त्यसैको जसका कारण तत्कालिन माओवादी नेता भट्टराईको हाइहाइ भयो । अर्थमन्त्री हुँदा राम्रो छवि बनाएका भट्टराईलाई तात्कालिन एकिकृत नेकपा माओवादीले २०६८ भदौ ११गते मुलुकको ३५ औं प्रधानमन्त्रीपदको उम्मेदवार बनायो र उनी निर्वाचित पनि भए । प्रधानमन्त्रीको निर्वाचनमा तत्कालिन माओवादीका नेता भट्टराईसँग र नेपाली कांग्रेसका रामचन्द्र पौडेल पराजित भएका थिए । माओवादीसँग नेपाली जनताको थुप्रै आशाहरु थिए । अर्थमन्त्री हुँदा नै नेपाली र देशको लागि राम्रो काम गरेर जनताको मन जित्न सफल भएका तत्कालिन प्रधानमन्त्री भट्टराईसँग जनताले आशा गर्नु स्वभाविक नै थियो । राजनीतिक खिचातानीले धेरै काम गर्न नसके पनि माओवादी सरकारले काठमाण्डौं उपत्यकामा सडकको मापदण्ड लागू गराएर सडक फराकिला बनाउने काम गरेको थियो । सडक फराकिलो बनाएको बिषयमा माओवादीले ताली मात्र होइन गाली पनि खायो । अहिले पनि काठमाडौं वा भनौं देशकै एउटा गर्व गर्न लायक सडकको रुपमा त्यतिबेला विस्तार भएको कोटेश्वर माइतिघर सडक छ । जो माओवादी सरकारको पहलमा बनेको थियो । तर विकाशको मुल फुटाएको भन्दै गैरमाओवादीहरुले तारिफ गरिरहँदा भट्टराई आफ्नै पार्टीभित्र आलोचित भएका थिए । पार्टीको एउटा समूह भट्टराईविरुद्ध सडकमै आन्दोलनमा उत्रिएका थिए । पहिलो संविधानसभाको चुनावपछि तत्कालिन माओवादीमा जति जनलहर उर्लिएको थियो दोस्रो संविधानसभाचुनावमात्यो लहर कायम हुन सकेन् । माओवादीले काठमाडौं उपत्यकामा हार व्यहोर्नुको प्रमुख कारण सडक बिस्तारलाई पनि मानिन्छ । के मानिएको छ भने सडक विस्तार हुँदा काठमाडौंका स्थानीयले ओगटेर बसेको सरकारी जग्गा सडकविस्तारसँगै खोसिनुले काठमाडौंका मानिसहरु माओवादीसँग रिसाए । तर माओवादी र आममानिसहरु भने अहिले पनि सडक विस्तारको कामलाई ऐतिहासिक र लोकप्रिय काम मान्ने गर्दछन् । अहिले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’गणतन्त्र नेपालको दोस्रो पटक (दोहो¥याएर) प्रधानमन्त्री बनेका छन् । योसँगै माओवादीले अहिलेसम्म तीन पटक सरकारको नेतृत्व गरिसकेको छ । शान्तिप्रक्रियापछिपहिलो र दोस्रो पटक सरकारको नेतृत्व गरिहँदा त्यतिधेरै जनताको काम गर्न नसकेको भन्दै माओवादी नेताहरु अहिले पनि सार्वजनिक कार्यक्रम र भेटघाटमा भन्ने गर्छन् । पार्टी प्रधानमन्त्री तथा अध्यक्ष प्रचण्ड स्वयंले स्वीकारेका समेत छन् । त्यसैले प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री भएसँगै माओवादीले केही उदाहरणीय काम गर्न थालेको छ । अन्धकारमय काठमाडौं अहिले उज्यालोमय भएको छ । अझैंभनौं हँसिलो छ, काठमाडौं । काठमाडौं उपत्यकामा लोडसेडिङमुक्त गरेर माओवादी फेरि एकपटक जनताको मनमा बस्न थालेको छ । यसको जस प्रचण्ड र उर्जामन्त्री जनादर्न शर्मासँगै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई जान्छ । सायद प्रचण्डले शर्मालाई र शर्माले घिसिङलाई ‘चान्स’नदिएको भए काठमाडौं उपत्यका अहिले दैनिक १६ घण्टासम्म अध्यारोमा बस्नु पर्दथ्यो । माओवादी केन्द्रका एक नेता भन्छन् ‘हामी यतिबेला दैनिक कति घण्टालोडसेडिङ हुन्छ भनेर तालिका पल्टाउथ्यौं धन्न माओवादीले राम्रा मान्छेलाई उर्जामन्त्री बनाएर त्यसो भन्ने दिन आएन ।’ त्यसो त माओवादी नेतृत्वको सरकारले गरेको राम्रा काम यी मात्रै होइनन् अरु पनि थुप्रै छन् । ०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यसपछिको शक्तिशाली पराकम्पले घरबास ध्वस्त भएका १४ जिल्लाका पीडितहरुलाई पहिलो किस्ताको रकम सरकार बनेको ३ महिनाभित्रै उपलब्ध गराइसकेको छ भने कर्णालीलाई विशेष योजनामार्फत सम्बोधन गरेको छ। भूकम्पपीडितलाई घर निर्माणका लागि अनुदान र ऋण गरी ८ लाख रुपैयाँदिने सरकारले घोषणा गरेको छ ।

aplly description here...

नेकपाको सात वटै प्रदेश कमिटीमा को–को परे ? (नामसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले प्रदेश सदस्यहरुको नामावली टुंङग्याएको छ । नेकपाले मंसिर १२ गते नै कमिटीलाई पूर्णता दिएको दाबी गरेको छ ।...

मध्यभोटेकोशी फेरि २ बर्ष धकेलिँदै, २ अर्ब लागत बढ्ने (भिडियो)

सिन्धुपाल्चोक । १०२ मेगावाटको निर्माणधिन मध्यभोटेकोशी जलविद्युत आयोजना तोकिएको समयमै नसकिने भएको छ । सिन्धुपाल्चोकको चाकुमा निर्माणधिन भोटेकोशी आयोजना...

८२ बर्षिय वृद्धः जसको एउटा रोग नुहाएर निको भएपछि अर्को रोग निको पार्न तातोपानीमा (भिडियो)

सिन्धुपाल्चोक । नुवाकोटका ८२ बर्षिय यदुकुमार अधिकारी ४० बर्षदेखि कम्मर दुख्ने रोगबाट मुक्त छन् । सानै उमेरदेखि कम्मर दुख्ने रोग भएपछि उनले डाक्टरदेखि ...

के माधव नेपालले अोली सरकार ढाल्दैछन् ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेको केपी शर्मा ओली यतिबेला देश बाहिर छन् । अध्...

पूर्वमाओवादीलाई प्रदेशमा नेकपाको पद-नखाउँ भने बर्ष दिनको सिकार खाउँ भने...

काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को आज बसेको सचिवालय बैठकले सात वटै प्रदेशमा नेतृत्व चयन गरेको छ । जसमा प्रदेश इन्चार्ज, अध्यक्ष र सचिव पद...

नेकपासँग फोरम र नयाँ शक्ति एकताको छलफलमा

काठमाडाैं । डा. बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)सँग एकता...

प्रदेश-२ः नेकपा र फोरमबीच सरकार गठन तयारी, मुख्यमन्त्री राउतको पद धरापमा !

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम केन्द्रीय सरकारमा जाने नेपाल कम्युनिष्ट पार्टीसँग सहमति गरेसँगै प्रदेश नम्बर २ को सरकारमा के हु...

अड्किएको एकता गाँठोः मोदी फर्किएलगत्तै ३१ गते साँझ बालुवाटारमा यसरी फुक्यो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणबाट फर्किएलगत्तै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्...

पनौतीमा ‘बालबाल’ले बाँचेका शरद बने सामाजिक मन्त्री

काठमाडौं । २०३९ साल फागुन ७ गते सिन्धुपाल्चोकको तत्कालिन सानोसिरुवारी गाविस पौवा (हाल चौतारा साँगाचोकगढी नगरपालिका–७)मा जन्मिएका हुन उनी अर्थात ‘शरद’ ...

चार मन्त्रीका तीन थरि ड्रेसअपः कोहिको दौरा सुरुवाल, कोहिको ज्वारीकोटमाथि मफलर !

काठमाडौं । आजै चार जना मन्त्रीको सपथ हुने सूचना बिहान बाहिरिएको थियो । शुरुमा सरकारलाई आजै पूर्णता दिने बिषयमा छलफल भएको थियो । तर उपेन्द्र यादव नेतृत...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies