Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

तंग्रिदै तातोपानी

[caption id=\"attachment_107901\" align=\"alignnone\" width=\"750\"] तातोपानीमा गएको पहिरोलाइ ब्यवस्थापन गर्दै[/caption] (तातोपानी) सिन्धुपाल्चोक, ५ पुस । यतिबेला तातोपानी क्षेत्र धमाधम तंग्रिने क्रममा छ । अबरुद्ध सडक धमाधम खुल्दैछ । पहिरोले पुरेको सडक पन्छाइँदैछ । चहलपहल बढ्दैछ । तातोपानी धारामा नुहाउन फाट्टफुट्ट पर्यटक आउन थालिसके । तर त्यहाँ जो कोहि घुम्न जाँदा बस्न बासको मुश्किल छ । अहिले पनि यहाँ जो कोहि जाँदा लाग्छ घर फर्किइन्छ या फर्किइँदैन जस्तो लाग्नु स्वभाविक छ । किनकि वरिपरिको ठूल्ठूला पहाड खस्न लागे जस्तो देखिन्छ । तर निरन्तर बगिरहने भोटेकोसीमा पानीको बहाब कम भएर होला कटान गरेजस्तो देखिदैन् । लिपिङ साँघुरो बजार छ । तल्लो भागमा भोटेकोसी बग्छ, माख्लो भागमा ठूलो पहिरो छ । ठूल्ठूला ढुङ्गा सडक माख्लो र तल्लो भागमा थुपारिएको छ, अझ कयौं त भोटेकोसी नदिमा बिलिन भइसक्यो । गत बैशाख १२ गतेको विनाशकारी भूकम्पले ध्वस्त भएको तातोपानी क्षेत्र उठ्न नपाउँदै फेरि बाढीले थलियो । असार २१ गते भोटेकोसी नदीमा उर्लिएको बाढीले बाह्रबिसेदेखि माथि तातोपानी लिपिङसम्मका घरहरु सबै बगायो । बल्लतल्ल बनेको सडक सबै भत्कियो । बिजुलीका पोलहरु भेट्टाउन मुश्किल प¥यो । कहिले जुरे पहिरो त, कहिले भूकम्प अनि कहिले बाढीले सो क्षेत्रका स्थानीयहरु त्रसित छन् । तातोपानीको लिपिङ बजारमा कोहि मान्छे भेट्टाउन मुश्किल छ । तर कोदारीमा भने केहि चहल शुरु हुन थालेको छ । [caption id=\"attachment_108265\" align=\"alignnone\" width=\"750\"] तातोपानीमा सडक बनाउँदै[/caption] भूकम्पले थिलथिलो बनाएको तातोपानी क्षेत्रका सडक भोटेकोसीमा आएको बाढीले सखाप बनाएको तातोपानी गाविसका सचिव डम्बरबहादुर श्रेष्ठ बताउँछन् । सचिव श्रेष्ठका अनुसार बजार क्षेत्रका लिपिङ बजारमा ६८ घररहेपनि बाढीले बगाएर जम्मा १० घर मात्र बाँकि रहेको छ । १० घरपनि बस्न योग्य भने छैन् । भूकम्पमा २० घर मात्र बस्न नहुने थियो । त्यस्तै कोदारीमा ४० घरमध्ये २० घरमा क्षति भएको सचिव श्रेष्ठले बताए । भयावहक जुरे पहिरो, विनाशकारी भूकम्प र बाढीले क्षतविक्षत भएको सडक यतिबेला लिपिङ बजारसम्म जोडिएको छ । चीन सरकारले अहिले नाका सम्बद्ध सडक बनाउन जोडतोडले लागि परेको छ । चाइना रेलवे कन्स्ट्रक्सन कम्पनी लिमिटेड (सिआरसीसी) कम्पनीले ठाउँठाउँमा भत्किएको सडक बनाउँदैछ । सिआरसिसीले राम्चे गाविसको जुरेदेखि तातोपानीको लिपिङ बजारसम्म अबरुद्ध सडक धमाधम खुलाउँदैछ । माथिबाट पहिरो आउने ठाउँमा जालि भरेको छ भने सडकमा ढलान गर्ने काम पनि तिब्र गतिमा गरिहेको छ । पहिलाको भन्दा फराकिलो बाटो बनाएको छ । अहिले कच्चि भएपनि सडक माथिसम्म पुगेको अबस्थामा तातोपानी नाका खोल्न सरकारले कुनै चासो नगरेको नाका सम्बद्ध व्यापारी पदम श्रेष्ठले खबरडबलीलाई बताए । ‘बाटो नहुँदा खुलेन, खुलेन अब बाटो बनेपछि नाका खोल्न प¥यो नि’ व्यापारी श्रेष्ठले भने । अहिले राम्चेको जुरेमा धमाधम सडक ढलान भइरहेको छ । यहाँ करिब आधा आधि काम सकिइसको छ । त्यस्तै अन्य ठाउँमा अबरुद्ध रहेको सडक पनि सुचारु भइसकेको छ । करिब यो महिनभित्र सो क्षेत्रका सबै सडकको सबै काम सकिने चिनियाँसंग मिलेर काम गरिरहेका तातोपानीका राकेश शेर्पा बताउँछन् । कच्चि सडक त सबै बनिसक्यो तर ढलान र पहिरोमा जाली भर्ने काम बाँकि रहेको छ, यो महिनाभित्र सकिन्छ शेर्पाले भने । तर कति लागतमा उक्त सडक बनिरहेको छ भन्ने थाहा नभएको उनी बताउँछन् । तातोपानीमा सबैको एउटै स्वर सुनिन्छ ‘सडक बनिसक्दा पनि नाका खोल्न सरकारले पहल नै गरेन ।’ अहिले यहाँ बिस्तारै मानिसहरुको चहल पहल शुरु हुन थालेको छ । लार्चा, १० किलो भन्दा अलि माथिका बस्ति र कोदारीमा प्रशस्तै स्थानियहरु भेटिन्छन् । तर लिपिङमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरी बाहेक अरु कोहि भेटिदैनन् । तातोपानी भन्सार कार्यालय १ एक पियन मात्रै छन् । त्यस्तै अध्यागमन कार्यालयमा पनि कोहि बस्दैनन् । यहाकाँ बैंकहरु कता छन् पत्तो छैन् । नाका नखुल्दा यहाँका व्यापारी मात्रै होइनन् संयौं भरियाको जीवनस्तर पनि खस्किएको छ ।

aplly description here...

नेकपाको सात वटै प्रदेश कमिटीमा को–को परे ? (नामसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले प्रदेश सदस्यहरुको नामावली टुंङग्याएको छ । नेकपाले मंसिर १२ गते नै कमिटीलाई पूर्णता दिएको दाबी गरेको छ ।...

मध्यभोटेकोशी फेरि २ बर्ष धकेलिँदै, २ अर्ब लागत बढ्ने (भिडियो)

सिन्धुपाल्चोक । १०२ मेगावाटको निर्माणधिन मध्यभोटेकोशी जलविद्युत आयोजना तोकिएको समयमै नसकिने भएको छ । सिन्धुपाल्चोकको चाकुमा निर्माणधिन भोटेकोशी आयोजना...

८२ बर्षिय वृद्धः जसको एउटा रोग नुहाएर निको भएपछि अर्को रोग निको पार्न तातोपानीमा (भिडियो)

सिन्धुपाल्चोक । नुवाकोटका ८२ बर्षिय यदुकुमार अधिकारी ४० बर्षदेखि कम्मर दुख्ने रोगबाट मुक्त छन् । सानै उमेरदेखि कम्मर दुख्ने रोग भएपछि उनले डाक्टरदेखि ...

के माधव नेपालले अोली सरकार ढाल्दैछन् ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेको केपी शर्मा ओली यतिबेला देश बाहिर छन् । अध्...

पूर्वमाओवादीलाई प्रदेशमा नेकपाको पद-नखाउँ भने बर्ष दिनको सिकार खाउँ भने...

काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को आज बसेको सचिवालय बैठकले सात वटै प्रदेशमा नेतृत्व चयन गरेको छ । जसमा प्रदेश इन्चार्ज, अध्यक्ष र सचिव पद...

नेकपासँग फोरम र नयाँ शक्ति एकताको छलफलमा

काठमाडाैं । डा. बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)सँग एकता...

प्रदेश-२ः नेकपा र फोरमबीच सरकार गठन तयारी, मुख्यमन्त्री राउतको पद धरापमा !

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम केन्द्रीय सरकारमा जाने नेपाल कम्युनिष्ट पार्टीसँग सहमति गरेसँगै प्रदेश नम्बर २ को सरकारमा के हु...

अड्किएको एकता गाँठोः मोदी फर्किएलगत्तै ३१ गते साँझ बालुवाटारमा यसरी फुक्यो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणबाट फर्किएलगत्तै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्...

पनौतीमा ‘बालबाल’ले बाँचेका शरद बने सामाजिक मन्त्री

काठमाडौं । २०३९ साल फागुन ७ गते सिन्धुपाल्चोकको तत्कालिन सानोसिरुवारी गाविस पौवा (हाल चौतारा साँगाचोकगढी नगरपालिका–७)मा जन्मिएका हुन उनी अर्थात ‘शरद’ ...

चार मन्त्रीका तीन थरि ड्रेसअपः कोहिको दौरा सुरुवाल, कोहिको ज्वारीकोटमाथि मफलर !

काठमाडौं । आजै चार जना मन्त्रीको सपथ हुने सूचना बिहान बाहिरिएको थियो । शुरुमा सरकारलाई आजै पूर्णता दिने बिषयमा छलफल भएको थियो । तर उपेन्द्र यादव नेतृत...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies