Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

२४ फोटोमा हेर्नुहोस् : त्यस्तो तातोपानीलाई भुकम्पले यस्तो बनायो

\"\"
(तातोपानी) सिन्धुपाल्चोक, २ पुस । ०७१ साउन १७ गते मध्ये राति सिन्धुपाल्चोकबासीले ठूलै बिपत्त व्यहोर्नु प¥यो । राम्चे गाविसको जुरेमा गएको भयावहक पहिरोले १ सय ४५ जनाको एउटै चिहान भयो ।
\"\" \"\" लामोसमय सडक अबरुद्ध रहेको जुरेमा अहिले चीन सरकारले सडक बनाइरहेको छ । चिनियाँ सिआरसिसि कम्पनीले राम्चे गाविसको जुरेदेखि तातोपानीसम्म भत्किएको बाटो बनाइरहेको छ । \"\" जुरे पहिरो, गत बैशाख १२ गतेको विनाशकारी भूकम्प र असार २१ गते राति भोटेकोसी नदीमा आएको बाढीले सो क्षेत्रको ठाउँ–ठाउँमा सडक क्षतविक्षत छ । अहिले ठाउँ–ठाउँमा कच्चि बाटो बनाएर पनि तातोपानीसम्म सडक सञ्जाल जोडिएको छ । सडक सञ्जालले तातोपानीसम्म जोडिएपनि भूकम्पपछि बन्द रहेको तातोपानी नाका अझैं सञ्चालन हुन सकेको छैन् । \"\" तातोपानीको लार्चामा रहेको यो पुलमा पनि बाढीले क्षति गरेको थियो । यो पुलको एक छेउमा ढुङ्गा खसेर प्वाल परेको छ । \"\" \"\" \"\" भूकम्प र बाढीले गर्दा लार्चास्थित नदी छेउका घरहरू कुनैपनि बस्न लायक छैनन् । \"\"कोदारीको यो गाउँ पहिरोले जोखिम देखिन्छ । वल्लो छेउको एक घर बगेर अलि तल झरेको छ । \"\" चिनियाँ सहयोगमा पहरो गएको स्थानमा जाली भर्दैछन् । सडक बन्ने का पनि भइरहेको छ । \"\"नेपाली भू भागबाट खसेको पहिरो हो यो । पारीको खासा क्षेत्र स्पष्ट देखिन्छ । \"\" माथिबाट खसेको ढुङ्गा । यहाँ ठूल्ठूल्ला  ढुङ्गा खसेर सडक अबरूद्द भएको थियो । \"\" गत बैशाख १२ गतेको विनाशकारी भूकम्पमा माथिबाट खसेको पहिरोले ध्वस्त बनाएको घर । \"\"लिपिङमा रहेको बैंक अफ काठमाण्डु भूकम्पपछि सञ्चालनमा अाउन सकेको छैन् । \"\"त्यस्तै सोहि क्षेत्रमा रहेका अन्य बैंकहरू ग्लोबल, एभरेष्टलगायत अन्य बैंकहरू सञ्चालनमा अाएका घरहरू बाहिरबाट सग्लोजस्तै देखिएपनि  भित्र भने बस्न नहुने भएको छ । \"\"तापानीमै रहेको अध्यागमन कार्यालय भूकम्पपछि केहि दिन खुलेपनि अहिले ठप्प रहेको छ । यो सरकारी कार्यालय अलपत्र जस्तै देखिन्छ ।   \"\" \"\" \"\"यो हो नेपालको दोस्रो ठूलो राजश्व संकलन हुने तातोपानी भन्सार कार्यालय । यो कार्यालय एक जना पियनको भरमा छोडिएको छ । नाकामा सुरक्षाका लागि खटिएका २, ३ जना सशस्त्र प्रहरी गेटमा डिउटी बसिरहेका छन् । \"\" \"\" सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको सम्पर्क कार्यालय रहेको पहिलो माख्लो पट्टिको घरपनि पुरै क्षति भएको छ । \"\" वारिबाट देखिने चिनियाँ भू भाग हो यो । उक्त ठाउँमा पनि भूकम्प र बाढीले क्षति पुर्याएको थियो । \"\"नेपाल र चीनबीचको सिमानामा काँढेतार र जस्तापाताले बारिएको स्पष्टै देखिन्छ । चिनियाँहरूले ठूलो गेट लगाइँदिँदा नेपालले भने काँढेतार र जस्तापाताले बारेर झारा तिर्ने काम गरेको जस्तो देखिन्छ ।

aplly description here...

नेकपाको सात वटै प्रदेश कमिटीमा को–को परे ? (नामसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले प्रदेश सदस्यहरुको नामावली टुंङग्याएको छ । नेकपाले मंसिर १२ गते नै कमिटीलाई पूर्णता दिएको दाबी गरेको छ ।...

मध्यभोटेकोशी फेरि २ बर्ष धकेलिँदै, २ अर्ब लागत बढ्ने (भिडियो)

सिन्धुपाल्चोक । १०२ मेगावाटको निर्माणधिन मध्यभोटेकोशी जलविद्युत आयोजना तोकिएको समयमै नसकिने भएको छ । सिन्धुपाल्चोकको चाकुमा निर्माणधिन भोटेकोशी आयोजना...

८२ बर्षिय वृद्धः जसको एउटा रोग नुहाएर निको भएपछि अर्को रोग निको पार्न तातोपानीमा (भिडियो)

सिन्धुपाल्चोक । नुवाकोटका ८२ बर्षिय यदुकुमार अधिकारी ४० बर्षदेखि कम्मर दुख्ने रोगबाट मुक्त छन् । सानै उमेरदेखि कम्मर दुख्ने रोग भएपछि उनले डाक्टरदेखि ...

के माधव नेपालले अोली सरकार ढाल्दैछन् ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेको केपी शर्मा ओली यतिबेला देश बाहिर छन् । अध्...

पूर्वमाओवादीलाई प्रदेशमा नेकपाको पद-नखाउँ भने बर्ष दिनको सिकार खाउँ भने...

काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को आज बसेको सचिवालय बैठकले सात वटै प्रदेशमा नेतृत्व चयन गरेको छ । जसमा प्रदेश इन्चार्ज, अध्यक्ष र सचिव पद...

नेकपासँग फोरम र नयाँ शक्ति एकताको छलफलमा

काठमाडाैं । डा. बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)सँग एकता...

प्रदेश-२ः नेकपा र फोरमबीच सरकार गठन तयारी, मुख्यमन्त्री राउतको पद धरापमा !

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम केन्द्रीय सरकारमा जाने नेपाल कम्युनिष्ट पार्टीसँग सहमति गरेसँगै प्रदेश नम्बर २ को सरकारमा के हु...

अड्किएको एकता गाँठोः मोदी फर्किएलगत्तै ३१ गते साँझ बालुवाटारमा यसरी फुक्यो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणबाट फर्किएलगत्तै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्...

पनौतीमा ‘बालबाल’ले बाँचेका शरद बने सामाजिक मन्त्री

काठमाडौं । २०३९ साल फागुन ७ गते सिन्धुपाल्चोकको तत्कालिन सानोसिरुवारी गाविस पौवा (हाल चौतारा साँगाचोकगढी नगरपालिका–७)मा जन्मिएका हुन उनी अर्थात ‘शरद’ ...

चार मन्त्रीका तीन थरि ड्रेसअपः कोहिको दौरा सुरुवाल, कोहिको ज्वारीकोटमाथि मफलर !

काठमाडौं । आजै चार जना मन्त्रीको सपथ हुने सूचना बिहान बाहिरिएको थियो । शुरुमा सरकारलाई आजै पूर्णता दिने बिषयमा छलफल भएको थियो । तर उपेन्द्र यादव नेतृत...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies