Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

एनसेलले ल्यायो ‘साप्ताहिक रोमिङ् डेटा प्याक’र ‘ट्रान्जिट पास’सेवा

\"\"काठमाडौं, १ पुस । देशको अग्रणी मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले विदेश भ्रमणमा जाने आफ्ना ग्राहकको डेटा आवश्यकतालाई ध्यानमा राख्दै ‘साप्ताहिक रोमिङ् डेटा प्याक’र ‘रोमिङ ट्रान्जिट पास’नामक दुई आकर्षक सेवा ल्याएको छ । साप्ताहिक रोमिङ् डेटा प्याक अन्तर्गत एनसेलका ग्राहकले अब विदेश भ्रमणमा रहेका बेलामा पनि रु ५ प्रति एम।बि। सम्मको न्युन शुल्कमा डेटाको मज्जा लिन सक्छन् । ट्रान्जिट पासले ग्राहकलाई प्रमुख ट्रान्जिट गन्तव्यमा रहेका समयमा निरन्तर डेटा सेवा सुनिश्चित गर्दछ । यी सेवाहरु यहि पुस १ गते शुक्रबार देखि लागु हुनेछन् । ‘साप्ताहिक रोमिङ् डेटा प्याक’ अन्तर्गत ग्राहकले रु १५०० मा २५० एम।बि। डेटा र रु ५००० मा १ जि। बि। डेटा खरिद गर्न सक्छन् । त्यसै गरि रोमिङ ट्रान्जिट पास लिने ग्राहकले रु ५०० मा ट्रान्जिटमा रहेका बेला निरन्तर डेटाको मज्जा लिन सक्छन् । यी सेवा अन्तर्गतका सबै शुल्क कर सहित हुन् । साप्ताहिक रोमिङ् डेटा प्याक भारत, चिन, अमेरिका, बेलायत, हङकङ, सिङगापुर, अष्ट्रेलिया, मलेसिया, फ्रान्स, जर्मनी, कतार, टर्कि लगायत ५० भन्दा बढि देशमा लागु हुनेछ । त्यसैगरी रोमिङ ट्रान्जिट पास अन्तर्गतको अफर भारत, चिन, बङ्गलादेश, हङकङ, मलेसिया, ओमान, कतार, सिङ्गापुर, थाइल्यान्ड र टर्कि लगायतका १० देशमा ट्रान्जिटमा रहेको समयमा लागु हुनेछ । एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले एस्ट्रिक्स १७१२९ ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार ‘साप्ताहिक रोमिङ् डेटा प्याक’सुचारु गर्न सक्छन् । रोमिङ सेवा सुचारु गर्न एनसेलका प्रिपेड ग्राहकले अंग्रेजीमा ‘ए’टाइप गरि ९००२२८ मा एसएमएस गर्न सक्नेछन् भने पोष्टपेड ग्राहकले नजिकैको एनसेल सेन्टरमा गई वा आफ्नो अकाउन्ट म्यानेजरलाई सम्पर्क गरी रोमिङ सेवा सुचारु गर्न सक्छन् । साप्ताहिक रोमिङ् डेटा प्याक सेवा सुचारु गरेको दिन देखि सात दिनको लागि मान्य हुनेछ । रोमिङ् ट्रान्जिट पास अफर अन्तर्गत एनसेलका ग्राहकले ट्रान्जिटमा आठ घण्टासम्म निरन्तर डेटा कनेक्सनको मज्जा लिन सक्नेछन् । यो सेवा सुचारु गर्न ग्राहकले पहिले एस्ट्रिक्स १२१२७ ह्यास डायल गरि रोमिङ सेवा सुचारु गरी पुनः एस्ट्रिक्स १७१२९ ह्यास डायल गरी निर्देशन अनुसार ट्रान्जिट पास सेवा सुचारु गर्न सक्नेछन् । आठ घण्टाको समयावधि पश्चात सम्बन्धित देशका लागि तोकिएको विद्यमान पे एज यु गो दर अनुसार डेटा शुल्क लाग्नेछ । ‘ग्राहकले विदेश भ्रमणमा रहँदा महसुस गर्ने डेटाको आवश्यकतालाई ध्यानमा राखेर यी सेवाहरु ल्याइएको हो । यी सेवाहरुले रोमिङ्मा रहने हाम्रा ग्राहकलाई आफ्ना परिवार, प्रियजन तथा व्यवसायसँग सम्पर्कमा रहन योगदान पुर्याई थप मुल्य प्रदान गर्ने विश्वास छ,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । आफ्नो संचार आवश्यकता बमोजिम ग्राहकले जति पटक पनि साप्ताहिक रोमिङ् डेटा प्याक लिन सक्छन् । ग्राहकले एस्ट्रिक्स १०१ ह्यास डायल गरी आफ्नो प्याकमा कति डेटा बाँकी छ भनेर हेर्न सक्छन् । यो प्याकमा स्वतः नविकरण हुने व्यवस्था रहेको छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies