Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

शान्ति प्रक्रियामा आउँदा कति थियो माओवादी नेताहरुको सम्पत्ति ?

\"\" काठमाडौं, ३० मंसिर । माओवादी जनयुद्धकालमा आफ्ना सम्पत्तिहरु सबै पार्टीलाई बुझाएर माओवादी नेताहरु सर्वहाराकरण भएका थिए । त्यसैले आफूहरुलाई सर्वहारा पार्टीका नेता भन्न रुचाउँथे । माओवादी शान्ति प्रक्रियामा आएपछि पार्टीको पाँचौ विस्तारित बैठकमा नेताहरुको सम्पत्ति विवरण सार्वजनिक गरिएको थियो । त्यतिबेला ३५ जना माओवादी नेताहरुको सम्पत्ति विवरण सार्वजनिक गरिएको थियो । ती मध्ये झण्डै एक दर्जन नेताहरु पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादीमा छैनन् । ३५ मध्येका ६ जना हालै भएको माओवादी एकताका क्रममा प्रचण्ड नेतृत्वको पार्र्टीमा समाहित भएका हुन् भने एक नेताको निधन भइसकेको छ । राजनीतिक दलका नेताहरुले मन्त्री हुँदा सम्पत्ति विवरण सार्वजनिक गर्नुबाहेक पार्टीका तर्फबाट नेताहरुको सम्पत्ति सार्वजनिक गरिएको सम्भवतः त्यो पहिलो थियो । त्यसपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड दुई पटक प्रधानमन्त्री भइसकेका छन् भने अधिकांश पटक पटक मन्त्री र सांसद भए । नौ वर्षअघि सम्पत्ति सार्वजनिक गरिएकामध्ये प्रचण्डसहित ५ जना अहिले पनि मन्त्री छन् । उनीहरुको सम्पत्ति विवरण बुधबार मात्रै सार्वजनिक गरिएको थियो । प्रधानमन्त्री प्रचण्डको सम्पत्ति सात धुर अझै घटाइएको छ । त्यतिबेला प्रचण्डले दुई तोला सुन र भरतपुर चितवनमा श्रीमतीसहितको नाममा तीन÷चार लाखपर्ने एक कट्ठा, सातधुर घरघडेरी सम्पत्ति रहेको विवरण सार्वजनिक गरेका थिए । यस्तै, वर्तमान उपप्रधान तथा अर्थमन्त्री ६ कृष्णबहादुर महराले बुधबार सार्वजनिक गरिएको सम्पत्ति विवरणमा रोल्पाका लिवाङमा दुई तले पुरानो शैलीको घर र एक तले गोठ तथा ८ रोपनी सुख्खा पाखो मात्रै सम्पत्ति रहेको जनाएका छन् । ती सम्पत्ति पनि आफूले भोगचलन नगरी स्थानीय सहकारीलाई दिएको उल्लेख गरेका छन् । उनी गरगहना नै नभएका मन्त्रीमा समेत परेका छन् । नौ वर्षअघि महराले जग्गासहितको घरबाहेक अतिरिक्त घरघडेरी नभएको, अन्दाजी तीन लाख मूल्य बराबरको प्रयोजनविहीन एक घर र एक गोठ, व्यक्तिगत प्रयोगमा भइरहेको वाहेक अतिरिक्त सामान नभएको उल्लेख गरेका थिए । ऊर्जामन्त्रीसमेत रहेका माओवादी नेता जनार्दन शर्मा प्रभाकरले रुकुम सदरमुकाम मुसिकोटमा दुई वटा पैत्रिक घर र १० रोपनी भन्दा बढी जग्गा तथा नगद ६० लाख दुई भाइका नाममा र श्रीमतीका नाममा बैंकमा नौ लाख सम्पत्ति रहेको जनाएका छन् । दुई तोला सुन र २० तोला चाँदी गरगहना रहेको तथा हाइड्रोमा ५० हजार कित्ता शेयर तथा गाईफार्ममा ५० वटा गाई आफ्नो सम्पत्ति रहेको शर्माले विवरण सार्वजनिक गरेका छन् । नौ वर्षअघि शर्माले नगद नभएको, अन्दाजी ७ लाखको घरघडेरी, एक लाखका लजिष्टिक र चार पाँच हजार बराबरको सुनचाँदी रहेको उल्लेख गरेका थिए । यस्तै, वर्तमान सरकारका स्थानीय विकासमन्त्री हितराज पाण्डेले गोरखामा १८ रोपनी जग्गा सहितको घर, चितवनमा ११ धुर जग्गा तथा ८ तोला सुन र ११ लाख भन्दा बढी सेयर सम्पत्ति रहेको जनाएका छन् । नौ वर्षअघि पाण्डेले पार्टीमा नगद नभएको, करिब २ लाख पर्ने एक रोपनी जग्गामा पर्ने घर, झण्डै २ लाख पर्ने २ रोपनी ६ आना खेत र करिब १० रोपनी पाखा जग्गा रहेको उल्लेख गरेका थिए । त्यतिबेला उनले ६० हजार बराबरको सामान र लजिष्टिकहरु तथा १ लाख ४ हजार बराबरको सुनचाँदी रहेको सम्पत्ति देखाएका थिए । २०६० सालमा चितवनको घँडेरी बेचेर आएको नगद रु २ लाख १० हजार त्यतिखेर नै कमाण्ड कार्यालय मार्फत पार्टीमा बुझाएको समेत माओवादी नेता पाण्डेले जनाएका थिए । यसैगरी वर्तमान सरकारका सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार (राम) कार्कीले सिक्किम र दार्जिलिङमा दुई घर, भक्तपुरमा १९ आना र ओखलढुंगामा ४ रोपनी जग्गा तथा १० तोला सुना आफ्नो सम्पत्ति रहेको विवरण सार्वजनिक गरेका छन् । नौ वर्षअघि उनले पार्टीमा ५० हजार, २० लाख बराबरको घरघडेरी, १ लाख ५० हजारको लजिष्टिक र २० हजारको सुनचाँदी सम्पत्ति रहेको बताएका थिए । अहिलेका माओवादी मन्त्रीहरु बाहेक अन्य नेताहरुले पनि नौ वर्षअघि सम्पत्ति विवरण पार्टीमा बुझाएका थिए । त्यतिबेला नेता रामबहादुर थापा ‘बादल’सँग नगद नभएको तथा साढे एक तोला सुन, आठ दश लाख पर्ने दुई कट्ठा जग्गाजमिन रहेको जनाएका थिए । यस्तै, देवप्रसाद गुरुङको नगद सून्य, मनाङ ओडार गाउँमा सङ्गोलमा एउटा कच्ची घर रहेको तर २०५७ सालदेखि आफ्नो अंश पार्टीकरण गरेको जनाएका थिए । गुरुङले गरगहना नभएको तथा १० हजारको सामान र लजिष्टिक रहेको विवरण दिएका थिए । यस्तै, वर्षमान पुन अनन्तको नगद सामान्य वचत, ३ लाख ५० हजार बराबरो चार वटा घर घर घडेरी, अन्दाजी २५ लाखको जग्गा रहेको तथा श्रीमती र दुई वहिनीको गहनासमेत पार्टीमा बुझाएको नौ वर्षअघि सम्पत्ति विवरण सार्वजनिक भएको थियो । उनी त्यसपछि पटकपटक मन्त्री भएका छन् । माओवादी केन्द्रका अर्का नेता टोपबहादुर रायमाझीले नगद सून्य, १० लाख बराबरको घर घँडेरी, जग्गा र गरगहना केही नभएको विवरण पार्टीलाई दिएका थिए । यस्तै, दिनानाथ शर्माले ७५ हजार बराबरको घरघडेरी २ लाख बराबरको पाखोबारी र खेत, एक तोला सुन रहेको तर लजिष्टिकसमेत नभएको विवरण सार्वजनिक गरिएको थियो । यसैगरी, हरीबोल गजुरेलको करिब १० लाख बराबरको २ वटा घर, ३ कठ्ठा घडेरी तथा १० लाख बराबरको १ विघा ३ कठ्ठा जमिन रहेका सम्पत्ति पार्टीलाई देखाएका थिए । उनीसँग त्यतिबेला ५० हजार बराबरको लजिष्टिक र ५ तोला गरगहना रहेको जनाइएको थियो । अर्का नेता अग्नि सापकोटाको २ लाखको घरघडेरी, २३ लाखको जग्गा, ५ हजार लजिष्टिक रहेको तर २०५८ सालदेखि घर जग्गा सबै पार्टीकरण र स्थानीय पार्टीले नै भोगचलन गर्दै आएको जनाइएको थियो । यसैगरी, हितमान शाक्यले स्कुल छोड्दाको एक लाख नगद, चार लाख बराबरको डेढ आना जमीनमा बाग्लुङमा चारकोठे घर, काठमाडौं मत्स्य गाउँमा स्कूलको साझ जग्गा, ब्यक्तिगत लजिष्टिक नभएको, पार्टी सम्पत्तिमा एक गाडी, डेस्कटप र ल्यापटप कम्प्युटर, टीभी, खाना पकाउने भाँडा आदि रहेको उल्लेख गरेका थिए । वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन पासाङसँग भैंसी बाख्रा बेचेको आठ दश हजार नगद, ५० हजार बराबरको दुई भाइको घरघडेरी, सुन्तला बारीको स्थानीय मूल्यसहित ६०, ७० हजारको जग्गा र खेत रहेको जनाएका थिए । त्यतिबेला उनको आठ दश हजारको काँस, तामा, फलामको भाँडा र लत्ताकपडा तथा ७, ८ हजारको टप, टुकी रहेको सम्पत्ति पुनले देखाएका थिए । खोरिया, खरबारी, एक हल गोरु, सोलार बत्ति, बाकस, दराज, पुस्तक गरी १५, २० हजार रहेको जनाएका थिए । यस्तै, कुलप्रसाद केसी सोनामको घरघडेरी नभएको, दाजुभाउजुसँग सगोलमा अन्दाजी २ लाखको जग्गा, आफ्नो अंश गर्दा ७० हजार जतिको जग्गा तथा घरमा दाजुभाउजुको गाईभैंसी, लत्ताकपडा गरी ३०, ४० हजार रहेको सम्पत्ति विवरण दिएका थिए । अहिलेका प्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवको करिब ५ लाखको रुपन्देहीको बुटवलमा घर घडेरी तथा श्रमतीको कानको टप १२ सय बराबरको रहेको जनाइएको थियो । यस्तै, शक्ति बस्नेत ८० हजारको घर घडेरी, एक लाख बराबरको २ रोपनी जग्गा र ५ हजारके सुनचाँदी, मातृकाप्रसाद यादवको २ लाख बराबरको घर घडेरी, ३ लाख बराबरको सामान र लजिष्टिक र केही सुनचादी मात्रै रहेको विवरण दिइएको थियो भने लोकेन्द्र विष्टको ३ हजारको लजिष्टिकबाहेक अरु केही सम्पत्ति नभएको जनाइएको थियो । यस्तै, पम्फा भुसालको आफूले पाउने करिब १० लाखको एउटा काठमाडौंमा घर, अंशमा एउटा घँडेरीबाट करिब १ लाख आफूले पाउने, १० लाख मध्ये जग्गाबाट २ लाख आफूले पाउने र ४० हजार बराबरको साढे दुई तोला सुन रहेको जनाएकी थिइन् । यस्तै, गोपाल किराँतीको मात्र १२ हजार बराबरको लजिष्टिक तथा ६० हजार बराबरको घर जग्गा पार्टीमा बुझाएको जनाइएको छ भने लेखराज भट्टको १ रोपनी ३ आना घरघडेरी, २०, २५ लाख पर्ने जग्गा, एक लाख बराबरको लजिष्टिक मात्रै सम्पत्ति देखाएका थिए । त्यतिबेला सम्पत्ति सार्वजनिक गरिएका मोहन वैद्य किरण नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष, नेत्रविक्रम चन्द विप्लव नेकपा (माओवादी)का महासचिव तथा डा.बाबुराम भट्टराई ‘लालध्वज’ नयाँ शक्ति पार्टीका संयोजक छन् । अहिले सीपी गजुरेल ‘गौरव’, हरिभक्त कँडेल, इन्द्रमोहन सिग्देल, नारायणप्रसाद शर्मा पौड्याल, वैद्यसँगै छन् भने खड्गबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोला, हेमन्तप्रकाश ओली विप्लवसँग छन् । देवेन्द्र पौडेल सुनिल भट्टराईको पार्टीमा छन् भने नेता पोस्टबहादुर बोगटी ‘दिवाकर’को भने निधन भइसकेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies