Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

संघीयता नै आफूहरुले नचाहेको ओलीको खुलासा

\"kp\" काठमाडौं, २१ मंसिर । सरकारले ५ नम्बर प्रदेश टुक्र्याउने गरी संविधान संशोधन विधेयक ल्याएको भन्दै बुटवल लगायतका क्षेत्रमा आन्दोलन भइरहेकाबेला नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयता नै आफूहरुले नचाहेको खुलासा गरेका छन् । कान्तिपुर टेलिभिजनको कार्यक्रम फायर साइडमा भुषण दाहालसँग कुरा गर्दै आफूहरुले संघीयता नै नचाहेको खुलासा गरेका हुन् । उनले एमाले मात्र नभई नेपाली कांग्रेस पनि स्थापनाकालदेखि नै संघीयता विरोधी रहेको स्पष्ट गरे । ‘ दुवै पार्टीको धारणा के हो भने यति सानो देशमा संघीयता आवश्यक पर्छ भन्ने नलागेकै हो’, ओलीले भने, ‘पुष्पलालले, बीपी कोइरालाले, मदन भण्डारीले संघीयता नसुनेर थाहा नपाएर दुनियाँको शासन प्रणालीमा जानकारी नभएर होइन, तर नेपालको सन्दर्भमा आवश्यक छ भन्ने नलागेरै हो ।’ ओलीले आफूहरुले पनि संघीयता थाहा नपाएर नजानेर नभइ नेपालको सन्दर्भमा यति विविधताले भरिएको सानो देशमा आवश्यक नभएरै संघीयता आवश्यक नठानेको स्पष्ट गरे । विविधताले भरिएको देशमा संघीयता उपयुक्त नलागेर नै नउठाएको भए पनि बीचमा जबर्जस्त रुपमा संघीयताको आवाज उठेको ओलीले बताए । असन्तुष्टी राखिरहन भन्दा यसलाई स्वीकार गरेर जाँदा समस्याको समाधान होला भनेर संघीयता स्वीकार गरेको पनि ओलीले खुलासा गरे । संघीयताको नामबाट शुरु गरेर फिट्ने (मथ्ने) कुरा मात्रै रहेछ भन्दै ओलीले संघीयता आयातित भएको समेत आरोप लगाए । ‘एक पल्ट गरियो, जे गरियो ठीक छ भनेर जिद्दी गरेर बस्नु हुँदैन । जे गरिएको छैन, त्यो गर्नु हुँदैन भन्ने कुरा पनि होइन । ००७ साल, ०१५ साल र ०६२÷६३ मा पनि संघीयता माग गरिएको थिएन, आन्दालनको माग थिएन’, ओलीले भने, यो धेरै वटा कुराहरु आयातित छन्, जो हामीले समस्या समाधानका लागि भनेर लोकतन्त्रलाई संस्थागत गर्ने लोभमा र संविधान पनि ल्याउँ भन्ने अर्थमा स्वीकार गरेका हौं ।’ जातका आधारमा आरक्षण दिनु गलत जातका आधारमा भागबण्डा दुनियाँको कुनै देशमा पनि नभएको ओलीले बताए । शासन ब्यवस्था जातका आधारमा, विद्यार्थी जातका आधारमा पढ्न पाउने, डाक्टर इन्जिनियर जातका आधारमा हुने भन्ने ओलीले शिक्षाको उदाहरण पनि दिए । ‘हामी मेडिसिन बढाउँछौं, ८२ प्रतिशत ल्याएका हामी जातका आधार भएनौं, ५२ प्रतिशत ल्याएको आरक्षण भनेर पाउँछ’, ओलीले प्रश्न गरे, ‘मेडिसिन पढ्ने, जसले हाम्रो अपरेशन गर्छन, ८२ र ५२ प्रतिशत एउटै हो ट्यालेन्टशीप ? आरक्षणका विषय पनि आयातिक भएको ओलीले स्पष्ट गरे । उनले नेपाल अल्पसंख्यकहरुको मिश्रित आवादीको देश भन्दै एमाले अध्यक्ष ओलीले जातका रुपमा विद्वेश फैलाउने गरिएको काम जनताले अस्वीकार गरेको दाबी गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies