Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

राष्ट्रपतिकै अगाडि ओली कड्किएपछि सर्वदलीय बैठकमा बाझाबाझ

\"president-and-majour-party-meeting\" काठमाडौं, २० मंसिर । राष्ट्रपति विद्या भण्डारीले व्यवस्थापिका संसद्मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई बोलाएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओली कड्किएपछि बाझाबाझमै सकिएको छ । आइतबार साँझ राष्ट्रपति निवास शीतल निवासमा बोलाएको बैठकमा पूर्वप्रधानमन्त्री समेत रहेका ओली कड्किएपछि बैठक दलहरुबीचको बाझाबाझमै सकिकएको हो । संविधान संशोधन विधेयकमाथि विरोध बढ्दै गएपछि दलहरुबीच सहमति जुटाउन राष्ट्रपति भण्डारीले बोलाएको उक्त बैठकमा एमाले अध्यक्ष ओलीले शुरुमै झण्डै १५ मिनेट संशोधन विधेयकको आवश्यकता र औचित्य नभएको भन्दै संशोधन विधेयकको विरोध गरेका थिए । आफ्नो भनाई राखेपछि बैठकस्थलबाट बाहिरिएका ओलीले सहमतिको विकल्प प्रस्तुत गर्नुको साटो संशोधनको विरोध र सरकारको आलोचना मात्रै गरेर जिम्मेवारीबाट पन्छिन खोजेको बैठकमा सहभागी एक नेताले बताए । ‘ओलीजीले बैठकमा विकल्प प्रस्तुत गर्नुहुन्छ भन्ने अपेक्षा थियो, तर उहाँले पूर्वाग्रही ढंगले आफ्नो भनाई मात्रै राख्नुभयो, निकास निकाल्नुको साटो उहाँ आफ्नो भनाई राखेर बैठकमा भाग्नुभयो’ ती नेताले भने । ओलीले संशोधन प्रस्ताव ल्याउनु सरकारको राष्ट्रघाती कदम भएको प्रसंग निकालेपछि मधेसी मोर्चाका नेताहरुले संशोधन प्रस्ताव आवश्यक नभएको जसरी त्यसलाई राष्ट्रघाती कदम भन्नु राजनीतिलाई मुडभेडतिर लैजाने संकेत भएको बताएका थिए । मोर्चाका नेताहरुले ओलीको भनाई पूवाग्रही भएको भन्दै संशोधन प्रस्तावमा आफूहरुको असहमति भए पनि प्रस्ताव राष्ट्रघाती नभएको बताएका थिए । बैठकमा कांग्रेस सभापति शेर बहादुर देउबाले एमाले अध्यक्ष ओलीले पछिल्लो समय दोहोरो चरित्र देखाएको भन्दै ओलीले मुलुकलाई पश्चागमनतर्फ लैजान खोजेको आरोप लगाए । ‘हिजो २ नं. प्रदेश बनाउँदा तपाईले नै हस्ताक्षर गरेको होइन?’ देउबाले प्रश्न सोध्दै भने, ‘अहिले किन पूर्वाग्रही भएर दोधारे चरित्र देखाउनुहुन्छ ?’ देउवाले भनाई राखे लगत्तै प्रधानमन्त्री प्रचण्डले संशोधनको प्रस्तावमाथि सदनमा छलफलल नै हुन नदिनु एमालेको गैरजिम्मेवारीपन भएको बताए । संशोधन विधेयकबारे सदनमा छलफल गर्न सकिने बताउँदै उनले एमालेले सदन नै अवरोध गरेर छलफलको ढोका बन्द गरेको आरोप लगाए । बैठकमा अन्य दलका नेताहरुबीच पनि संशोधनका विषयमा बाझाबाझ भएको थियो । सबै दलका शीर्ष नेताहरु बाझाबाझमै देखिएपछि राषट्रपति भण्डारीले पछिल्लो समय सडकमा भएको अान्दोलन र सदनमा भएको अवरोधप्रति दुख व्यक्त गर्दै सहमतिका साथ अघि बढ्न सुझाव दिइन् । सहमतिका साथ संविधान कार्यान्वयनमा लाग्नुपर्नेमा जोड दिँदै राष्ट्रपति भण्डारीले सबै दल एकजुट भएर अघि बढ्न अाग्रह गरिन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies