Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

बाबुरामसँगै उपेन्द्रलाई बालुवाटार किन बोलाए प्रचण्डले ?

\"prachand-baburam-and-upendra-yadav\" काठमाडौँ, १९ मंसिर । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई र संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई छलफलका लागि बालुवाटार बोलाए । सरकारले हालै संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयकको विपक्षमा रहेका मधेसी मोर्चा सम्मिलित संघीय गठबन्धनका संयोजक समेत रहेका यादव र बाबुरामलाई प्रधानमन्त्री प्रचण्डले संयुक्त रुपमा छलफलमा बोलाउनुको कारण के हो ? प्रधानमन्त्रीका प्रेस सल्लाहकार गाविन्द आचार्य सरकारले हालै संसद्मा दर्ता गरेको संशोधन विधेयक र संविधान कार्यान्वयनसँगै निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डले बाबुराम र यादवलाई संयुक्त रुपमा बालुवाटार बोलाएको बताउँछन् । बालुवाटार स्रोतका अनुसार पछिल्लो पटक बाबुराम र उपेन्द्रले संयुक्त रुपमा विज्ञप्ति निकालेपछि त्यसमाथि सरकारको धारणा व्यक्त गर्न प्रधानमन्त्रीले संयुक्त रुपमा उनीहरुलाई बालुवाटार बोलाएका हुन् । प्रेस सल्लाहकार आचार्यका अनुसार प्रधानमन्त्रीले संयोजक भट्टराई र अध्यक्ष यादवले केही दिनअघि संयुक्त रुपमा निकालिएको विज्ञप्तिबारे समेत चासो राखेका थिए । प्रधानमन्त्री प्रचण्डले भट्टराई र यादवले निकालेको विज्ञप्तिमा उल्लेख गरेका विषयवस्तुमा आफ्नो पार्टी सकारात्मक रहेको बताएका थिए । तर उनले विज्ञप्तिमा उल्लेख भएका विषयवस्तुलार्इ संविधानमा उल्लेख गर्ने अाफ्नो चाहना भए पनि सबैको सहमति अावश्यक भएकाले तत्काल सबै कुरालार्इ सम्बोधन गर्न नसकेको बताएका थिए । ‘तपाईहरुले विज्ञप्तिमार्फत जे कुरामा सरकारको ध्यानाकर्षण गराउन खोज्नुभएको छ, त्यसमा हाम्रो पार्टी सकारात्मक छ तर सरकारको नेतृत्वकर्ताको हैसियतले मैले नेपाली कांग्रेससहितको समर्थनमा संशोधन विधेयक दर्ता गर्नुपर्छ, त्यसैले अहिले सरकारले सक्ने यति नै हो, यो संशोधन विधेयकमा अहिले सहयोग गरिदिनुस्’ प्रधानमन्त्रीको भनाई उदृत गर्दै स्रोतले भन्यो । भेटमा प्रधानमन्त्री प्रचण्डले भट्टराई र यादवबीच एकता हुन लागेको खबरले आफू खुशी रहेको सुनाएका थिए । ‘परिवर्तनका पक्षधरताहरु एकताबद्ध भएरै अघि बढ्नुपर्छ, तपाईहरुबीचको एकता हुन लागेको खबरले म खुशी छु, परिवर्तनका एजेण्डा संस्थागत गर्न हामी एकजुट भएर अघि बढ्नुपर्छ’ प्रचण्डले भनेका थिए । प्रधानमन्त्रीले सरकारले हालै ल्याएको संशोधन विधेयकमाथि भट्टराईले समर्थन जनाएकोमा धन्यवाद समेत दिएका थिए । उनले अध्यक्ष यादवलाई पनि समर्थन गर्न आग्रह गरेको प्रधानमन्त्री सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले भट्टराई र यादवलाई संविधान कार्यान्वयन अहिलेको पहिलो आवश्यकता भएकाले सरकारले स्थानीय तहको निर्वाचनको तयारीमा रहेको जानकारी गराएका थिए । सरकार स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारीमा जुटेको बताउँदै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले त्यसमा सकारात्मक भूमिका निभाउनुका साथै सहयोग गर्न आग्रह गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies