Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

स्टन्ट ब्याटल सम्पन्न, सुरज बने च्याम्पियन

\"stunt-750\"काठमाडौं, १९ मंसिर । नेपालमै पहिलो पटक बाइकर्सहरुको स्टन्ट ब्याटल शनिबार सम्पन्न भएको छ । हजारौं दर्शकहरुको वाहवाहीका बीच सम्पन्न हेर्दै डरलाग्दो स्टन्टमा इन्डिभिजुअल एक्सपर्ट विधामा सुरज डण्डेगुलु विजयी बनेका छन् । सोही विधामा रविन्द्र श्रेष्ठ र रमेश दुलालले क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरे । त्यसैगरी नोभिस पुरुषतर्फ भीम होनाले पहिलो स्थान, विवेक ह्युम्बाले दोस्रो स्थान र राम रामानन्द सरदारले तेस्रो स्थान हासिल गरे । महिलातर्फ आरजु सिंह ठकुरी र सुजना श्रेष्ठले उत्कृष्ट प्रदर्शन गरेका थिए । सबैले फरक फरक स्टन्ट प्रदर्शन गरेका थिए भने ग्रुप पर्फमेन्स समेत भएको थियो । प्रतियोगितात्मक रुपमा बाइकर्स मार्ट नेपाल विजयी भए पनि अडियन्स च्वाइस तर्फ आरओबी अर्थात राइडर्स अफ भक्तपुरको प्रदर्शन उल्लेखनिय रहेको थियो । मोटरसाइकलमा स्टन्ट गर्नु र यस्तो प्राविधिक कौशलता प्रस्तुत गर्न पाउनु धेरै युवाहरुको चाहना र सपना रहेको पाइन्छ । यस प्रकारका प्रतिस्पर्धाले उनीहरुलाई यस्तो अवसर दिन्छ । भविष्यमा यस्ता खालका प्रतियोगितामार्फत अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा समेत सहभागिताका लागि उपयोगी हुन सक्छ । यो भन्दा पहिले रेसमान्डु र क्रसमान्डु जस्ता ठुला मोटरसाइकल स्पोर्ट्स समेत सफलतापूर्वक सम्पन्न गरिसकेको नासा अन्तर्गतको नेपाल मोटरसाइकल फेडरेसन क्लब (एनएमएफसी) ले एनसीए इभेन्ट्सको सहकार्यमा हुने यो प्रतियोगिता सम्पन्न गरेको हो । उक्त प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद र नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) को समेत साथ रहेको थियो । प्रतियोगिताको मुख्य प्रायोजक टीभीएस अपाचे रहेको थियो । त्यसैगरी प्रायोजकहरुमा एस ब्रिटिश मोटरसाइकल, यूएम मोटरसाइकल र माउन्टेन डिउ रहेका थिए । त्यसैगरी रेडबुल, म्याक लुब्रिकेन्ट्स, क्यास्ट्रोल लुब्रिकेन्ट्स, पेट्रोनास लुब्रिकेन्ट्स आदि समेत सह–प्रायोजक रहेका थिए । मिडिया एन्ड म्यागजिन पार्टनरको रुपमा अटो लाइफ, अटो नेपाल र नेपालअटो डटकम रहेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies