Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

भरतपुरमा २५ अत्याधुनिक मेट्रो सिटी बस सञ्चालनः मासिक यात्रु कार्डको समेत व्यवस्था

\"received_1242083112547032-750\" भरतपुर, १९ मंसिर । चितवनको भरतपुर क्षेत्रमा आजबाट अत्याधुनिक सुविधा सहितका २५ वटा मेट्रो सिटी बसहरु संञ्चालन हुने भएका छन । आज एक कार्यक्रमबीच चितवनका सहायक जिल्ला अधिकारी नारायण भट्टले उक्त बसहरुको सेवा सञ्चालनको औपचारीक उद्दघाटन गर्ने जनाइएको छ । भरतपुर,नारायणगढ तथा गैँडाकोटका विभिन्न २५ जना उद्योगी, व्यापारी तथा सामाजिक व्यक्तित्वहरुको संयुक्त लगानीबाट ति बसहरु संञ्चालनमा आउन लागेका हुन । भरतपुरको मुख्य बजार क्षेत्रलाई सुन्दर शहर बनाएर यात्रुहरुलाई सुविधा र सहज तथा सर्व सुलभ यातायात सेवा दिने उद्देश्यले ति बस सञ्चालनमा ल्याउन लागिएको हो । नयाँ थपिएका सुविधा सम्पन बसहरु हालको लागि भरतपुर–नारायणगढ तथा गैँडाकोट क्षेत्रमा मात्र सञ्चालन गरिने भएका छन । बसमा २५ जना चालकसँगै २५ जना महिला परिचारिका रहने व्यवस्था रहेको छ, बसहरु आइतबार विहान ८ः३० बजे देखि भरतपुर क्षेत्रमा सञ्चालनमा आएका छन । निश्चित स्थानबाहेक अन्य स्थानहरुमा गाडीको ढोका बन्द गर्ने र हरेक चालक तथा परिचारिकाहरु अनिवार्य पोशाकमा रहने छ्न्। हरेक १० देखि १५ मिनेट समयको अन्तरमा बस छुट्ने कुरा बस संचालकहरुले जानकारी दिएका छन्। बसमा महिला सिट, हरेक सिटमा मोबाइल चार्जर, विज्ञापन दिनको लागि एलईडी टीभी, अशक्त र ज्येष्ठ नागरिकको लागि विशेष व्यवस्था, बालश्रममुक्त, सीसी क्यामेराद्वारा निगरानीलगायतको व्यवस्था गरिएको छ ।

यात्रु कार्डको व्यावस्था

भरतपुरमा आज बाट संञ्चालनमा आउने सुविधा सम्पन्न सिटी बसमा अन्य बसको भन्दा यात्रुहरुलाई सहुलियत भाडा र यात्रु कार्डको व्यावस्था समेत गरिने भएको छ । ति बसमा यात्रा गर्दा यात्रुहरुले एकपटकको लागि १५ रूपैयाँ भाडादर तिर्नुपर्ने छ । नियमित दैनिक यात्रा गर्नुपर्ने यात्रुहको लागि मासिक यात्रु शुल्क कार्डको व्यवस्थासमेत मिलाइने व्यावस्था रहेको यातायात संचालकहरुले बताएका छन । यात्रुले मासिक कार्डको लागि ९०० रूपैयाँ तिरेपछि महिनाभर यात्रा गर्न पाइनेछ बताइएको छ । एकपटक लिइसकेको कार्ड एक महिना पुगेपछि पुनः नवीकरण गर्न सकिने व्यवस्था समेत गरिएको छ ।

३ वटा रुटमा बस संञ्चालन हुने

रुट नं.१– मा १० वटा बस चल्ने भएका छन । उक्त बसहरु केन्द्रिय बसपार्कबाट हाकिमचोक, क्यान्सर गेट, टाइगरचोक, धर्मचोक, बेलचोक, शहीदचोक लायन्सचोक, चौबिसकोठी हुँदै बसपार्क पुग्ने व्यवस्था मिलाइएको छ । रुट नं.२– मा पनि १० वटा वस चल्ने भएका छन । उक्त बसहरु भरतपुर बसपार्कबाट बाइपास रोड हुँदै दियालो बंगलाचोक, पोखरा बसपार्क, पुलचोक, शहीदचोक, चौबिसकोठी हुँदै बसपार्क पुग्ने व्यवस्था मिलाइएको छ । रुट नं.३– मा ५ वटा बसहरु रहेका छन् । उक्त बसहरु भरतपुर बसपार्क,चौबिसकोठी, पुलचोक हुँदै गैँडाकोट विजयचोक, मौलाकालिकाचोक, पोखरा बसपार्कबाट बाइपास रोड हुँदै केन्द्रीय बसपार्कमै पुग्ने व्यवस्था मिलाइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies