Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

उमे कामीहरु अर्थात् ‘कुलुङ्गाकी आमा’

\"ume-kami-dinath-sharma-750\"काठमाडौँ, १८ मंसिर । आफ्ना बालसखा उमे कामीको खास नाम कुलुङ्गा हो भन्ने दीनानाथ शर्मालाई धेरै पछि थाहा भयो । समाजमा दलितका नाममा हुने गरेको विभेदबारे शर्माले उमे कामी साथी भएबापत् सानै उमेरमा भोगिसकेका थिए । दीनानाथसँगै माओवादी सशस्त्र युद्धमा होमिएका उमे कामी अहिले जनविद्रोहको विचार बोकिरहेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी)मा आबद्ध छन् भने शर्मा नेकपा (माओवादी केन्द्र) का नेता हुन् । बागलुङको दलित परिवारमा जन्मिएका दुवैले लिएको समाजवादको लक्ष्य त परै छ, प्राप्त भएको लोकतान्त्रिक गणतन्त्रमा पनि जनताले अमनचैन पाएका छैनन् । राजनीतिज्ञ तथा साहित्यकार शर्माको नयाँ निबन्ध कृतिको मूल शीर्षक उनै उमे कामीको अर्काे नामबाट बनेको छ – ‘कुलुङ्गाकी आमा’ । अभाव, गरिबी र विपन्नताभित्र पनि छुवाछूतको त्यो पीडालाई कुलुङ्गाले भन्दा उनकी आमाले बढी अनुभूत गरेको तथ्यलाई उक्त निबन्धमा मार्मिक रुपमा अभिव्यक्त गरिएको छ । आमा सबैका लागि सम्मानित र मायावी हुन्छन् । ‘कुलुङ्गाकी आमा’ ले संसारका तिनै महान् आमाहरुका भावनालाई सम्बोधन गरेको छ । वागलुङको दलित परिवारमा जन्मिएका तीनै उमे कामीले सशस्त्र युद्धकालमा रामबहादुर थापा (बादल)लाई आफ्नो घरमा एक साता लुकाएर पनि राखेका थिए । राजनीतिको रुखो र सुख्खा जीवनपछिको अर्काे क्षेत्र सुन्दर संसारका रुपमा आफूले साहित्यलाई लिएको घोषणासहित शर्माको एघारौँ कृति ‘कुलुङ्गाकी आमा’ बजारमा आएको छ । उनका राजनीतिक र साहित्यिक दुवै क्षेत्रमा उत्तिकै पुस्तक प्रकाशित छन् । ‘कुलुङ्गाकी आमा’ माथि आज यहाँ समी साहित्य प्रतिष्ठानले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा वक्ताहरुले राजनीतिक सुख्खाबारीबाट साहित्यको सुन्दर बगैँचामा विचरण गर्न अग्रसर शर्माको स्वागत गर्दै उनका निबन्धमा पाइने विविधता र मौलिकपनको प्रशंसा गरे। नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले भने – “राजनीतिक आग्रहमा लागेर कतिपय राम्रा लेखक बिग्रेका उदाहरण पनि छन् तर दीनानाथले राजनीतिका विकृतिलाई पनि साहित्यका माध्यमबाट व्यक्त गर्न आफूलाई साहित्यमा अग्रसर गराएकाले त्यसलाई स्वागत गर्नुपर्छ ।” साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले पनि ‘कुलुङ्गाकी आमा’ ले समाजको चित्रण मात्र नभई अग्रगमनको पक्षपोषण पनि गरेको बताए । संस्कृतिविद् तेजेश्वरबाबु ग्वङले पनि ‘कुलुङ्गाकी आमा’ मा निबन्धको प्रखर उडान पाइने र यो एक प्रयोगमूलक कृति भएको टिप्पणी गरे । त्रिभुवन विश्वविद्यालय केन्द्रीय नेपाली विभागका प्रमुख डा देवीप्रसाद गौतमले निबन्धको परम्परागत परिभाषा भत्कँदै गएको सन्दर्भमा ‘कुलुङ्गाकी आमा’ एक अलग पहिचान बोकेको पुस्तक हो भने । अर्का समीक्षक श्रीओम श्रेष्ठ ‘रोदन’ ले आफ्नो राजनीतिक आस्था र उचाइलाई पर राखेर निबन्धको संसारमा शर्माको आगमन नयाँ पुस्ताका लागि प्रेरणाप्रद भएको बताए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies