Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

प्रजातन्त्रका योद्धाहरु, जसलाई कांग्रेसले नै बिर्सियो

\"democratic-3-eader\" काठमाडौं, १८ मंसिर । प्रजातन्त्रका लागि लड्ने योद्धाहरु अहिले पनि जीवित छन् । जसले सुधारिएको पञ्चायतदेखि प्रजातन्त्र मात्र होइन, गणतन्त्रसमेत भोगे । केहीले २०४६ सालको प्रजातन्त्र प्राप्तीपछि प्रजातन्त्रको रसास्वादन गर्ने मौका पनि पाए । प्रजातन्त्रका लागि लड्ने यी योद्धाहरु जसले प्रजातन्त्रका लागि भूमिगत राजनीति गरेका थिए भने दशौं वर्ष जेलजीवन विताए । अहिले नेपाली राजनीतिमा थुप्रै परिवर्तनहरु भएका छन् । झण्डै २४० वर्षदेखि जरा गाडेको राजतन्त्रकै समुल नष्ट भएको छ । तर प्रजातन्त्रका लागि लडो ती ज्यूँदा सहिदहरु भने गुमनाम हुँदै गइरहेका छन् । दुर्गानन्द झाहरु प्रजातन्त्रका लागि हाँसी हाँसी फाँसीमा झुण्डिन तयार भए । कृष्ण वैद्य, रुपचन्द्र नहारा जस्ता प्रजातन्त्रका लागि लड्ने योद्धाहरु हामीमाझ छैनन् । जोे अहिले गणतन्त्र नियालीरहेका छन्, उनीहरुलाई भने अहिलेका राजनीतिक नेतृत्व देखेर नै आत्मग्लानी भइरहेको छ । प्रजातन्त्रका लागि लडेका दुर्गानन्द, श्यामलाल श्रेष्ठ, स्व. कृष्ण वैद्य, ओमकारप्रसाद श्रेष्ठ, मुकुन्द शर्मा, स्व.रूपचन्द नाहाराहरु कुनै समय एउटै जेलमा लामो समय बिताएका थिए । अरविन्दकुमार ठाकुर, दलसिंह थापा, दुखा सहानी जस्ता धेरैले प्रजातन्त्रका लागि ठूलो त्याग गरे । प्रजातन्त्रका लागि लडेका सहिद मात्र होइन, यतिबेला होनाहार ज्यूँदा सहिदहरुसमेत कांग्रेसबाट टाढिदै गएका छन् । मार्सल जुलुम शाक्य प्रजातन्त्रका लागि लड्ने योद्धाहरु मध्ये मार्सल जुलुम शाक्य पनि एक हुन् । जो प्रजातन्त्रका लागि लड्ने एउटा ज्यूँदा सहिद हुन् । वि.सं. १९९७ असोज १८ गते काठमाडौंमा जन्मिएका शाक्य नेपाल विद्यार्थी संघका संस्थापक सदस्य हुन् । उनी प्रजातन्त्र पुनस्र्थापना हुनुअघि २०४५ सालमा नेपाली कांग्रेसका काठमाडौं जिल्ला सभापति थिए । ०४७ सालमा आइपुग्दा उनी नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति सदस्य बने । शाक्य १९ वर्षको उमेरमा २०१६ सालमा पहिलो पटक पक्राउ परेका थिए । उनले २०१७ देखि ०२३ सालसम्म ६ वर्ष जेलजीवन ब्यतित गरे । २०२९ सालमा गणतन्त्रवादी नेता स्व.रामराजाप्रसाद सिंहको मिटिङमा सहभागी भएको भन्दै उनी फेरि समातिए । नौ पटकसम्म पक्राउ परेका उनले प्रजातन्त्र प्राप्तीका लागि झण्डै १५ वर्ष जेलजीवन विताए । प्रजातन्त्रका लागि लड्का थुप्रै हण्डर ठक्कर खाएका उनी प्रजातन्त्रको पुनःस्थापनापछि सत्तामा रहेर प्रजातन्त्रको रसास्वादन पनि गर्ने मौका पाए । उनी विसं २०४७ मा निर्माण तथा यातायातमन्त्री थिए । तर पछिल्लो समय उनी संवैधानिक राजतन्त्रको पक्षपाती देखिए । प्रजातन्त्रका लागि लामो समयको जेलनेल खाएका उनी पूर्व सभामुख तारानाथ रानाभाटको अगुवाइमा राजतन्त्रको पक्षमा उभिएका थिए । त्यसैले हुनसक्छ, पछिल्लो पटक पार्टीको वडाबाटै उनी पराजित भएका थिए । श्यामलाल श्रेष्ठ प्रजातन्त्रका लागि लामो समय जेल नेल भोगेका अर्का हस्ती हुन्, श्यामलाल श्रेष्ठ । श्यामलाल ती हुन्, जो दुर्गानन्द झासँगै गोलघरमा लामो समय जेलजीवन विताएका थिए । प्रजातन्त्रका लागि लडेका सहयोद्धा दुर्गानन्दको आफ्नै आँखा अगाडि फाँसी दिएको श्यामलालले देखे । २०२० माघ १५ गते बिहानीपख जेलको कारखानामा लगेर कमलको रूखमा दुईपटक झुन्ड्याउँदा पनि नमरेपछि गोली हानेर दुर्गानन्दलाई हत्या गरिएको थियो । वि.सं. २०१८ माघ ९ गते राजा महेन्द्र जनकपुर गएको मौका छोपी प्रजातन्त्रवादी विद्यार्थीहरू दुर्गानन्द र अरविन्दकुमार ठाकुरले राजा चढेको मोटरमाथि बम प्रहार गर्ने साहस देखाएका थिए । वि.सं. १९९९ वैशाख १४ गते जनकपुरको जतहीमा जन्मिएका दुर्गानन्दले तत्कालीन शासन व्यवस्थाको विरोध गरेकै कारण २१ वर्षको कलिलो उमेरमा फाँसीमा चढ्नुपर्यो । त्यतिबेला प्रजातन्त्रका लागि लड्दा सँगै जेलमा रहेका दुर्गानन्द, अरविन्द र दलसिंहलाई विशेष अदालतले मृत्युदण्ड तथा दुखा सहानीलाई आजीवन काराबासको सजाय सुनाएको थियो । प्रजातन्त्रका हस्ती तथा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य श्रेष्ठलाई कांग्रेसले बिर्सिएको छ । उनी २०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा जनप्रजातान्त्रिक पार्टीकातर्फबाट ललितपुर क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका थिए । ओमकारप्रसाद श्रेष्ठ नेपाली राजनीतिमा एउटा सुपरिचित नाम हो, ओमकारप्रसाद श्रेष्ठ । प्रजातन्त्रका लागि चौध वर्ष लामो जेलसजाय भोगेका श्रेष्ठ निडर र हकी स्वभावका नेता हुन् ।  वि.संं १९९७ को फागुनमा जन्मिएका ओमकार श्रेष्ठ प्रजातन्त्र प्राप्तीका लागि जीवन सुम्पिन तत्पर भए । युवा उमेरदेखि नै प्रजातन्त्रका लागि लडेका उनले वि.सं. २०१२ सालमा कांग्रेस पार्टीको सदस्यता लिएर राजनीतिमा प्रवेश गरेका थिए । परोपकार नामक चर्चित संस्थाका संस्थापकहरूमध्ये एक मोहनप्रसाद श्रेष्ठका सुपुत्र ओमकारले पनि प्रजातन्त्र प्राप्तीपछि सत्ताको रस लिन पाए । संसदीय व्यवस्था, विज्ञान तथा प्रविधि, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र जनसंख्या तथा वातावरणजस्ता मन्त्रालयको जिम्मेवारीसमेत जिम्मेवारी सम्हालीसकेका उनी कांग्रेसप्रति सन्तुष्ट छैनन् । कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको कार्यसमितिमा केन्द्रीय सदस्य रहेका श्रेष्ठ कांग्रेसको १२ औं महाधिवेशनमा केन्द्रीय सदस्यबाट पराजित भएपछि कांग्रेसबाट निश्क्रिय भए । उनी पूर्व सांसद मञ्चमा आवद्ध छन् । गणेशमान सिंह केन्द्रबाट सम्मान प्रजातन्त्र प्राप्तीका लागि ठूलो लगानी गरेका यी तीन योद्धा मार्सल जुलुम शाक्य, ओमकारप्रसाद श्रेष्ठ र श्यामलाल श्रेष्ठलाई गणेशमान सिंह केन्द्रले यस वर्ष सम्मान गर्ने भएको छ । वि.सं २०६९ मा स्थापित सो केन्द्रले पहिलो चरणमा मुलुकमा प्रजातन्त्र स्थापनाका लागि १० वर्षभन्दा बढी समय कारागार जीवन बिताएका नेतालाई सम्मान गर्ने बतएको छ । आगामी पुस २ गते तीन योद्धालाई सम्मान दिने कार्यक्रम रहेको केन्द्रका अध्यक्ष बाबुराजा चित्रकारले बताए ।

aplly description here...

निर्वाचन आयोगको निर्णय राप्रपामाथि कटाक्ष कि उत्प्रेरणा !

काठमाडौं, ५ चैत । सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीको विधान नै निर्वाचन आयोगले संशोधन गरिदिएको विषय अहिले निकै ठूलो बहसको विषय भएको छ । रा...

माधव नेपालको भेटी र विद्या भण्डारीको शितल निवास

एकाएक गणतन्त्रवादी भएको नेकपा एमाले पछिल्लो समय आफू मात्रै राष्ट्रवादी भनेर कोकोहोलो मच्चाइरहेको छ । कुनै बेला महाकाली बेचेको आरोप पनि एमालेलाई नै...

सहमतिका नाममा यस्तो गर्नेछन् संसदवादी दलहरु

सरकारले संविधान संशोधन विधेयक ब्यवस्थापिका संसदमा दर्ता गराएपछि प्रमुख राजनीतिक दलहरुबीच द्वन्द्व बढेको छ । संशोधन विधेयकबारे प्रमुख प्रतिपक्ष दल नेकप...

बुटवलसँगको ‘पहाडी कनेक्सन’

काठमाडौं, १९ मंसिर । सरकारले ५ नम्बर प्रदेश टुक्र्याउने गरी संविधान संशोधन विधेयक ब्यवस्थापिका संसदमा दर्ता गरेपछि आन्दोलन चर्किएको भनेकै बुटवलमा ...

प्रजातन्त्रका योद्धाहरु, जसलाई कांग्रेसले नै बिर्सियो

काठमाडौं, १८ मंसिर । प्रजातन्त्रका लागि लड्ने योद्धाहरु अहिले पनि जीवित छन् । जसले सुधारिएको पञ्चायतदेखि प्रजातन्त्र मात्र होइन, गणतन्त्रसमेत भोगे...

सीमांकन विवादः सशांकका कारण जोडिएन नवलपरासी

काठमाडौं, ११ मंसिर । संविधान जारी भएको १४ महिनामा आइतबार संविधानको दोस्रो संशोधन प्रस्ताव पेश गरिँदैछ । संविधानप्रति असन्तुष्ट मधेसवादी दलको विरोध...

द्वन्द्वको दश वर्षभन्दा शान्ति प्रक्रियाको दश वर्ष कमजोर

काठमाडौं, ५ मंसिर । दश वर्षे जनयुद्ध हुँदै शान्ति प्रक्रियामा आएको पनि आज (मंसिर ५)  ठीक दश वर्ष पुगेको छ । आजभन्दा दश वर्षअघि २०६३ मंसिर ५ गते तत्काल...

इजरायलले सिकाएको पाठ

काठमाडौं, ४ मंसिर । बाँके कोहलपुरका २० वर्षीय युवा शिव लम्साल विहान सात बजे नै आफ्नो फार्ममा पुग्छन् । कोहलपुर नगरपालिकाको मैतहवास्थित उक्त फार्मम...

महाभियोगको नेतृत्व गरेर ‘जनार्दन शर्माले जे गरे ठीक गरे’

केही दिनयता नेपाली राजनीति लोकमानमय भएको छ । सर्वोच्च निकायका दुई कार्कीबीचको प्रतिशोधका कारण बल्झिएको राजनीतिले नेपाली राजनीतिकलाई नै तरंगित बनाएको छ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies