/  Fri, April 27, 2018

समानता सम्बन्धी बगालेको शोध अन्तराष्ट्रिय छनौटमा

काठमाडाैं, १९ कात्तिक । प्राविधिक प्रशिक्षण प्रतिष्ठान भक्तपुरको सामुदायिक विकास कार्यक्रमकी प्रशिक्षक शिव बगालेलेको ‘प्राविधिक तथा व्यावसायिक शिक्षा तथा प्रशिक्षण प्रतिष्ठानहरुमा लैङ्गिक समानता तथा सामाजिक समावेशिता शिर्षकको शोध आलेख INASP को छनौटमा परेको छ ।

जुन आलेख जर्नल अफ ट्रेनिङ् एण्ड डेभेलप्मेण्ट को पछिल्लो अङ्क ९ भोल्युम २, २०१६०को पृष्ठ २५–३२०मा प्रकाशित गरिएको छ । विश्वभरका विभिन्न शोध आलेखहरुबाट यस वर्ष INASP ले उक्त शोध आलेखलाई आफ्नो छनोटमा पारी प्रेस रिलिज गरेको छ । बगालेका शिक्षासँग सम्बन्धित विभिन्न शोध आलेखहरु यसअघि पनि प्रकाशित भइसकेका छन् ।

यस्ताे छ प्रेस रिलिजमा उल्लेख गरिएको उक्त शोधको अंश
लैङ्गीकता तथा लैङ्गीक भूमिकाको बुझाइ समयसँगै परिवर्तित हुन्छ साथै साँस्कृतिक तथा सामाजिक भिन्नतासँगै फरक हुन्छ । यद्यपि कुनै न कुनै तहको लैङ्गीक असमानता तथा सामाजिक वहिष्करण हरेक समाजमा विद्यमान हुन्छ । लैङ्गीक समानता तथा सामाजिक समावेशिता र यसको कार्यन्वयन निकै चुनौतीपूर्ण हुने गरेको छ । प्रशिक्षक शिव बगालेले गरेको अनुसन्धानात्मक शोध आलेख ‘प्राविधिक तथा व्यवसायिक शिक्षा तथा प्रशिक्षण प्रतिष्ठानहरुमा लैङ्गीक समानता तथा सामाजिक समावेशिता’ले नेपालका व्यवसायिक विद्यालयमा लैङ्गीक समानता तथा सामाजिक समावेशिता नीतिको कार्यन्वयन कमजोर भएको उल्लेख गरेको छ ।

लैङ्गीक समानता तथा सामाजिक समावेशिता (जेसी) नेपालका सबै क्षेत्रमा व्यापक छलफल हुने विषय हो । नेपालको नयाँ संविधानले पनि लैङ्गीक समानता तथा सामाजिक समावेशितालाई समानुपातिक प्रतिनिधित्वको प्रावधान सहित उच्च महत्त्व दिएको छ । हालै सम्पन्न सहश्राब्दी विकास लक्ष्यले पनि लैङ्गीक समानता र वहिष्कृत समूहहरुको सम्बर्धनलाई उच्च महत्त्व दिएको थियो । दिगो विकास लक्ष्यले पनि यसलाई महत्त्व दिएको छ । यद्यपि यससम्बन्धी नियम कानुनको कार्यन्वयन भने चुनौतीपूर्ण हुने गरेको छ ।

प्रकाशित शोधले नेपालका व्यवसायिक विद्यालयहरुमा सुरक्षित आवास नरहेको र शौचलायको उपयुक्त सुविधा नरहेको उल्लेख गरेको छ । त्यसैगरि विद्यालयहरु अपाङ्गमैत्री पनि नपाइएको उल्लेख छ । अध्ययनमा समाविष्ट विद्यालयहरुमा ह्वील चेयर गुडाउने र्याम्प थिएन । खासगरि, लैङ्गीक समानता तथा सामाजिक समावेशिता सुनिश्चित गर्न छुट्टै भौतिक पूर्वाधार चाहिने अवस्थामा यसको कार्यन्वयन असफल रहेको शोधअध्ययनमा उल्लेख गरिएको छ ।

त्यसैगरि विपन्न तथा सिमान्तकृत विद्यार्थीसँग तालीमको लागि पर्याप्त पैसा नहुने गरेको पनि लेखमा उल्लेख छ । केही विद्यार्थीलाई त छात्रवृत्ती प्रदान गरिन्छ तर सबै विपन्न विद्यार्थीले पाउन सक्दैनन् ।

पाठ्यक्रम लैङ्गीक मैत्री नभएको साथै विभेदकारी निर्णय, नीति, योजना, ऐन, नियम तथा नियमावलीले पनि यी व्यवसायिक विद्यालयमा लैङ्गीक समानता तथा सामाजिक समावेशितामा वाधा पुर्याउने गरेको शोधमा उल्लेख छ ।

यो अध्ययन प्राविधिक शिक्षा तथा व्यवसायिक प्रशिक्षण परिषद अन्तर्गतका प्राविधिक विद्यालयमा शिक्षक तथा जेसी सम्पर्क व्यक्ति समेत रहेका चारजना (तीनजना महिला तथा एक पुरुष) सँगको गहन अन्तर्वार्तामा आधरित थियो । सहभागीहरुलाई लैङ्गीक समानता तथा सामाजिक समावेशितामैत्री वातावरण कायम गर्नुपर्ने लगायतका नीति नियमबारे जानकारी रहे पनि कार्यन्वयनमा चुनौती सामना गर्ने गरेको जर्नल अफ ट्रेनिङ् एण्ड डिभेलप्मेन्टमा प्रकाशित उक्त शोधआलेखमा उल्लेख छ ।

प्राविधिक विद्यालयमा महिला र पुरुषले रोजगारीको समान अवसर पाउँछन् र तिनीहरुलाई समान कामको लागि समान स्तरको तलब सुविधा दिइन्छ । तर अझैपनि महिला र पुरुषलाई लगाइने कामको प्रकृतिमा विभेद छ । महिलाहरुलाई दिइने काम प्रायः पारम्परिक खालको रहने गरेको छ । उदाहरणको लागि खाना पकाउनेजस्ता काममा अझै पनि प्रायः महिला नै खोजिन्छ भने सुरक्षा गार्डको काममा प्रायः पुरुष नै खोजिन्छ ।

हालैका वर्षहरुमा लैङ्गीक तथा सामाजिक समावेशिताको मुद्दालाई सम्बोधन गर्न थुप्रै संरचनागत तथा साङ्गठनिक परिवर्तनहरु भएका छन् । थुप्रै सकारात्मक कुराहरु पनि देखिएका छन्, जस्तै जेसी एकाइको स्थापना तथा विद्यालयहरुमा हुने विभेद र दुराचारका घटनाहरु अनुगमन गर्न जेसी अधिकृतको व्यवस्था गरिएको छ, शोध आलेखका लेखक तथा प्राविधिक शिक्षा प्रशिक्षण प्रतिष्ठान भक्तपुरको सामुदायिक विकास कार्यक्रमको प्रशिक्षक शिव बगालेले भनिन् । शोधकर्ताले विद्यालयहरुलाई थप जेसी मैत्री बनाउन शिक्षक र प्रधानाचार्यहरुको भूमिका बढाउनुपर्ने सिफारिस गरेकी छन् ।

(जेण्डर इक्वालीटी एण्ड सोसल इन्क्लुजन इन टेक्नीकल एण्ड भोकेशनल एजुकेशन एण्ड ट्रेनिङ्) प्राविधिक तथा व्यावसायिक शिक्षा तथा प्रशिक्षण प्रतिष्ठानहरुमा लैङ्गीक समानता तथा सामाजिक समावेशिता शिर्षकको शोध आलेख जर्नल अफ ट्रेनिङ् एण्ड डेभेलप्मेण्ट को पछिल्लो अङ्क ९ भोल्युम २, २०१६०को पृष्ठ २५–३२ मा प्रकाशित गरिएको छ । इन्टर्नेटमा यो लेख इनास्पले सहयोग गरेको जेओएल परियोजना अन्तर्गत नेपाल जर्नल्स् अनलाइन नेप्जोल (NepJOL) मा उपलब्ध छ ।

कात्तिक १९ गते, २०७३ - १६:०८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

के हो गोल्डेन गेट ३३ केजी सुन प्रकरण ? यस्तो छ अभियुक्तको बयानमा आधारित नालिबेली

के हो गोल्डेन गेट ३३ केजी सुन प्रकरण ? यस्तो छ अभियुक्तको बयानमा आधारित नालिबेली

काठमाडौं । साढे ३३ किलो सुन तस्करीका नाइके चूडामणि उप्रेती ‘गोरे’ले आफ्नो सुन लुकाएको आरोपमा चारजना...   
यी ७ खानेकुरा खानुहोस्, संधै स्वस्थ रहनुस्

यी ७ खानेकुरा खानुहोस्, संधै स्वस्थ रहनुस्

काठमाडौं । अत्याधुनिक जीवनशैलीको सबैभन्दा ठूलो असर मानिसको स्वास्थ्यमा पर्ने गरेको छ । लामो समयसम्म...   
प्रदेश सांसदले किन मागे ५०–५० लाख !

प्रदेश सांसदले किन मागे ५०–५० लाख !

काठमाडौं ।  संघीय सरकारले प्रशासनिक खर्च र संरचना निर्माणका लागि पठाएको रकमबाट प्रदेशसभा सदस्यले...   
माओवादीमा नेता व्यवस्थापन जटिल : यी नेतालाई के गर्लान् प्रचण्डले ?

माओवादीमा नेता व्यवस्थापन जटिल : यी नेतालाई के गर्लान् प्रचण्डले ?

काठमाडौं : एमालेसँग पार्टी एकता गर्दा माओवादी केन्द्रले भने जस्तो ‘सम्मानजनक र न्यायोचित’ एकता नहुने...   
सिंहदरबारभित्र कोठा खोज्दै प्रधानमन्त्री कार्यालय

सिंहदरबारभित्र कोठा खोज्दै प्रधानमन्त्री कार्यालय

काठमाडौं । प्रधानमन्त्री कार्यालयमा ६ वटा नयाँ महाशाखा थपेर कर्मचारी दरबन्दी बढाएपछि दैनिक कार्य...   
उत्तर कोरियाका नेता किम र दक्षिण कोरियाका राष्ट्रपति मुनबीच ऐतिहासिक वार्ता

उत्तर कोरियाका नेता किम र दक्षिण कोरियाका राष्ट्रपति मुनबीच ऐतिहासिक वार्ता

काठमाडौं । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनबीच ऐतिहासिक...   
मनमोहनको शालिकमा माल्यर्पण गर्दै ओलीले यसो भने

मनमोहनको शालिकमा माल्यर्पण गर्दै ओलीले यसो भने

ललितपुर ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मनमोहन अधिकारीजस्ता नेतालाई बिर्सिए नेपालको कम्युनिष्ट...   
प्रहरीको चरम लापरबाही, निर्दोष व्यक्तिलाई जेल

प्रहरीको चरम लापरबाही, निर्दोष व्यक्तिलाई जेल

काँकडभिट्टा । झापा जिल्ला अदालतले फरार अभियुक्तसँग नाम थर मिलेका कारण अनाहकमा १३ दिन कैद बस्नुपरेका...   
विकट गाउँको माविलाई चार दर्जन ल्यापटप सहयोग

विकट गाउँको माविलाई चार दर्जन ल्यापटप सहयोग

सल्लेरी । हाँको छेस्काम माध्यमिक विद्यालयलाई लाखौँ मूल्यको ल्यापटप निःशुल्क प्राप्त भएको छ । कम्प्युटर...   
एमालेको अहमले पार्टी एकतामा शंका उत्पन्न गरायो

एमालेको अहमले पार्टी एकतामा शंका उत्पन्न गरायो

नेतृत्व व्यवस्थान र सैद्धान्तिक विषयमा सहमति हुन नसकेपछि नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीचको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु :
Top