Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

गोविन्द केसी अान्दोलनलाई विप्लवको साथ

\"gagan-thapa\"काठमाडौं, १४ मंसिर । चिकित्सा शिक्षा सुधारका लागि भन्दै पटक पटक अनसन बसेका प्राडा गोबिन्द केसीलाई विप्लव माओवादीले पनि साथ दिने भएको छ । अनसन बसेको १७ दिन हुँदा पनि केसीका मागका बारेमा सरकार गैरजिम्मेवार बनेको भन्दै विप्लव माओवादी सम्बद्ध अखिल क्रान्तिकारीले आन्दोलन चर्काउने घोषणा गरेको छ । केसीको पदचाप पछ्याउँदै अखिल क्रान्तिकारीले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी आन्दोलनको घोषणा गरेको हो । सर्वसाधारण जनताका छोराछोरी तिर्न नसक्ने गरी मेडिकल शिक्षा शुल्क तोकेको भन्दै उसले सरकारले एमबीबीएस अध्ययनको लागि ३५ लाख तोकेर मेलिकल शिक्षाको जनताको पहुँचबाट टाढा पुर्याएको बताएको छ । अखिल क्रान्तिकारीका अध्यक्ष पूर्णबहादुर सिंहले सरकारले माफियाको प्रभाव रहेर अधिकांश जनताको कुल पुँजीभन्दा बढी मेडिकल शूल्क निर्धारण गरेको बताए । उनले जनताका छोराछोरी पढ्न सक्ने गरी मेडिकल शिक्षाको शूल्क निर्धारण गर्नुपर्ने माग समेत गरे । सिंहले आफूहरुले गैरकानूनी रुपमा संचालन भइरहेका विदेशी विद्यालयलाई खारेज गर्नुपर्ने सरकारसँग माग गरेको तर सरकारले पैसा खाएर उल्टै विदेशी स्कूल–कलेजहरुलाई अनुमति दिएको आरोप पनि लगाए । यस्तै, क्रान्तिकारीका महासचिव दीपेन्द्र चलाउनेले शिक्षा पाउने अधिकार देशका नागरिक सबैले समान भएपनि सरकारी नीतिका कारण शिक्षा असमान भइरहेको बताए । आन्दोलनका कार्यक्रम अन्तर्गत मेडिकल काउन्सिल, डीन कार्यालय र कलेजहरुको लेखा शाखामा तालाबन्दी गर्ने, तथा उपकुलपति, मेडिकल काउन्सिल, डीन र कलेजहरुमा मागपत्र बुझाउने लगायत रहेका छन् । उनीहरुले आन्दोलनको घोषणा गर्दै सात बुँदे माग अघि सारेका छन् । एक अञ्चल एक आङ्गीक मेडिकल कलेजहरुको विस्तार गर्नुपर्ने, एमवीवीएस र वीडीएसमा विद्यार्थी भर्ना कोटा वृद्धि गर्नुपर्ने, एमवीवीएस र वीडीएसको चर्को शुल्क खारेज गरी शुल्क समायोजन गर्नुपर्ने लगायतको माग उनीहरुको छ । यस्तै, विकट क्षेत्र, सीमान्तकृत र गरीब विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा एमवीवीएस र वीडीएस पढने व्यवस्था गरिनुपर्ने तथा सबै मेडिकल कलेजहरुमा २० प्रतिशत छात्रवृत्तिको ग्यारेन्टी गर्नसमेत माग गरिएको छ । यसैगरी प्रवेश परीक्षामा लिइने शुल्क खारेज गरी, विदेशी र स्वदेशी विद्यार्थीको हकमा एउटै मापदण्डमा प्रवेश परीक्षाको व्यवस्था गर्नुपर्ने र प्रवेश परीक्षाको योग्यताक्रमका आधारमा भर्ना र भर्ना प्रक्रियामा हुने दलालीको अन्त्य गर्न विप्लवका विद्यार्थीहरुले माग गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies