Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

हाइप्रोफाइल नेताकी लो प्रोफाइल छोरी–रेणु दाहाल

\"renu_cover\"पूर्व माओवादी नेता डा. बाबुराम भट्टराईको पार्टी नयाँ शक्तिको बबरमहलस्थित कार्यालय छेवैबाट कुरिया गाउँ जाने बाटो छ । उक्त गल्लीबाट छिरेपछि केही अगाडि कालो गेटसहितको एउटा घर छ । गेटबाट छिरेपछि दोस्रो तलामा तीन कोठा छन् । कोठामा एक सेट सामान्य सोफा, टेबुलमाथि एलजी टीभी र दुई खाट देखिन्छ भने भित्तामा परिवारका तस्विरहरु झुण्ड्याइएको छ । झट्ट हेर्दा कुनै साधारण मान्छेको जस्तो दखिने उक्त कोठा हाइ प्रोफाइल नेता तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेणु दाहालको हो । काठमाडौंमा रेणुलाई प्रचण्डको छोरीको नामले चिनाइरहनु खासै पर्दैन । उनी आफै परिचित छिन् । अहिले मुलुकको नेतृत्व गरिरहेका रेणुका बुवा प्रचण्ड दश वर्षे माओवादी जनयुद्धका सुप्रिम कमाण्डरसमेत हुन् । हामी उनले दिएको लोकेशनको आधारमा उनको यहि कोठा छिरेको निकैबेर पछि ‘सरी है भन्दै’ आइपुगिन् । सिंहरदरबारमा कुनै काममा गएकी रहिछन् । हामी बसेको कोठाका भित्तामा चुनावी क्यालेण्डर र पारिवारिक केही फोटाहरु झुण्ड्याइएको थियो । रेणुको परिवारमा श्रीमान, ससुरा, छोरी र छोरा छन् । परिवारका सबै माओवादी केन्द्रका ‘होल टाइमर’ हुन् । ससुरा पार्टीको प्रवास कमिटीमा छन् भने छोरा/छोरी पढ्दैछन् । रेणु पार्टीकै काममा व्यस्त छिन् । उनीहरुको पारिवारिकस्थिति त्यति धेरै राम्रो छैन । परिवार पाल्नलाई मात्र पनि आर्थिक जोहो गर्नैपर्छ भने राजनीति आफैंमा दुख र अभावको मेलो हो । पैसाको जोहो कसरी हुन्छ त ? रेणु भन्छिन्– ‘ससुराको पेन्सन आउँछ, श्रीमान पार्टीमै भएपनि खासगरी सचिवालयमा प्रशाशनिक काममा ज्ञान भएकोले उहाँको तलब आउँछ । यस्तैबाट आएको पैसाले गुजारा चलेको छ ।’ कहिले काँहि उनी कार्यरत काठमाडौं जिल्ला पार्टीले उनलाई सहयोग गर्छ । हामीसँग कुरा गर्दा गर्दागर्दै एकोहोरो भइन् र दुख सुनाइन्– ‘कहिलेकाही साह्रै गाह्रो पो हुन्छ । छोराछोरी पढ्दै गरेकाले उनीहरुको फि तिर्नै समस्या । थपिन्– ‘साथीसँगीहरुसँग माग्छु । कसैले पछि फिर्ता लिन्छन्, कसैले भो पर्दैन भन्छन् ।’ १२ बर्षमै राजनीति ०३४ सालमा जन्मिएकी रेणु ०४६ सालदेखि नै राजनीतिमा सक्रिय भइन् । लाउँलाउँ र खाउँखाउँ भन्ने १२ बर्षको उमेरदेखि राजनीतिमा लागेकी रेणुले केही समय अघि माओवादी केन्द्रले बनाएको जम्बो केन्द्रीय कमिटिको केन्द्रिय सदस्य अस्विकार गरेकी थिइन् । काठमाडौं जिल्ला समितिमा कार्यरत रेणु यसअघि काठमाडौं जिल्ला कमिटिको पार्टी सचिव थिइन् । अहिले एकता पश्चात सदस्य मात्रै छिन् । माओवादी महिला संगठनकी महासचिव भने छिन् । माओवादी युद्धका बेला पार्टीका नेता कार्यकर्ता पूर्णकालिन (डब्लुटी) भनिन्थे । पछिल्लो समय पार्टीमा होलटाइमरको गणना हुने गरेको छैन । तर रेणु भने अहिले पनि आफूलाई पार्टीको होल टाइमर कार्यकर्ता नै भएको ठान्छिन्। जनयुद्ध थाल्दा दश कक्षामा नेकपा माओवादीले ०५२ सालमा जनयुद्धको तयारी गर्दै गर्दा रेणु चितवनस्थित मामाघरमा बसेर कक्षा १० मा पढ्थिन् । रेणुसहित तीन छोरी र एक छोरा (प्रकाश दाहाल) को लालन पालनको दायित्व आमा (सीता) दाहालको काँधमा थियो । मामाघर नजिक भएकाले रेणुले सानैदेखि मावलीमै बसेर १० कक्षासम्मको स्कुले शिक्षा पूरा गरिन् । दश कक्षाको टेष्ट परीक्षा दिएपछि रेणु बुबा प्रचण्ड भएको ठाउँ काठमाडौं आइन् । जनयुद्धको तयारी चलिरहेको रहेछ’ रेणुले विगत सम्झिइन् । बुबाले जनयुद्ध सुरु गर्नेबारे खासै केही नबताए पनि रेणु बागबजारको भित्तेकाण्डमा सहभागी भइन् । तर त्यतिबेला, भूमिगत हुने, लडाईँ लड्ने भन्ने उनलाई थाहै थिएन । युद्धको क्रममा उनले कुनै फौजी लडाईँ त लड्नु परेन तैपनि गाउँ गाउँमा गएर पार्टी सदस्यता दिन अहोरात्र खटिइन् । ‘मरिन्छ भन्ने डर लाग्थ्यो तर पनि मर्नदेखि डराएनौं हामी । युद्धमा सहिद हुने त भइहाले तर हामी पनि मरेर बाँचि रहेका छौं ।– उनले भनिन् । जनयुद्धको १० बर्षपछि ०६२ सालमा जनयुद्ध निर्णायक चरणमा पुग्यो । त्यतिबेला रेणु रोल्पा गएर केही समयसहइञ्चार्जको भूमिका निर्वाह गरेकी थिइन् । ०६३ मा माओवादी खुला राजनीतिमा आएपछि उनी काठमाडौं जिल्ला कमिटीको सह–सचिव भइन् । त्यसो त पहिलो संविधानसभामा २०६४ सालमा समानुपातिकबाट सभासद बनाइएकोमा पार्टीभित्रबाटै बाबुको नाम जोडेर उनको आलोचना भयो । निरन्तर राजनीतिमै सक्रिय र तल्लो तहबाट काम गर्दै आएकी रेणुलाई पार्टीले कुनै ठाउँमा मुल्याङ्याकन गर्दा बाबु प्रचण्डसँग जोड्नेहरुसँग उनको गुनासो रहेछ । भन्छिन्–‘म आफै राजनीतिमा सक्रिय छु । मेरै कामका आधारमा मुल्याङ्कन गरिदाँ पनि बुबासँग किन जोड्छन् ? ’ दोस्रो संविधानसभाको चुनावमा भने उनले प्रत्यक्षबाटै लड्ने निधो गरिन्, त्यो पनि काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट । तर कांग्रेसका होनहार हस्ती गणेशमान सिंहका छोरा प्रकाशमान उनका प्रतिपष्र्धी भए । सिंहका अगाडि रेणुको केही चलेन । अधिकांश माओवादी उम्मेदवारको जमानत जफत हुँदा रेणु भने दोस्रो प्रतिष्पर्धीका रुपमा उभिइन् । पहिलो भेटमै बिवाह ०५२ साल फागुन १ जनयुद्ध सुरु भयो । प्रचण्ड भूमिगत भएर सिलिगुढी बस्न थाले भने रेणु भाइबहिनीसहित काठमाडौंमै थिइन् । रेणुकी बहिनी र प्रकाश दाहाल गंगबुमा पढ्थे । तर, प्रहरीबाट प्रचण्डका परिवारको खोजी हुन थालेको खबर पाएपछि प्रचण्डले सिलिगुढी बोलाए । ‘हामीलाई केही दिनका लागि भनेर सिलगुढी बोलाइएको थियो, तर हामी पुग्दा त बिहेको तयारी रहेछ,’ रेणुले भनिन् । जतिबेला रेणु १९ वर्षकी थिइन् । उनले उतिबेला प्रवासमै कार्यरत अर्जुन पाठकसँग बिहे गरिन् । बिहेपछि प्रकाश दाहाल केही समय रेणुसँगै सिलगुढी बसे । बुबा आमा भूमिगत हुनुपरेकाले छोरोछोरीको व्यवस्थापन कसरी गर्ने भन्ने छलफल हुँदा छोरीहरुको विवाह गरिदिने र भाइ प्रकाशलाई जसको घर राम्रो हुन्छ उनै दिदी भिनाजुकै घरमा राखेर पढाउने लक्ष्य पार्टी र परिवारको रहेछ– रेणुले भनिन् । सिलगुढीमा उनलाई विवाहबारे सबै इतिवृतान्त सुनाए । बुबा आमा र छोरा छोरी भिन्न भिन्नै ठाउँमा बस्ने भएकाले रेणु र बहिनीको बिवाह गरेपछि भाइलाई संरक्षण गर्ने कोही थिएन । यिनै सम्झिएसंगै पार्टी नेतृत्व र आफना बुबा आमाको कुरा काट्न नसकेर रेणु र बहिनीले बिवाहको कुरामा सहमति जनाइन्। त्यतिबेला जनयुद्ध शुरु भएको धेरै लामो समय भएको थिएन । पहिलो पटक देखेको अपरिचतिसँग बिवाह गर्न राजि भएकी थिइन् रेणु । बिवाहको टुंगो लगाउँदा मोहन बैद्य ‘किरण’, डा बाबुराम भट्टराई र रामबहादुर थापा ‘बादल’ले अब जनयुद्ध सफल बनाउनुपर्छ तिमिले बिवाह गरेर भाइ बहिनिको संरक्षण गर्नुपर्छ भने । उनले विगत सम्झँदै भनिन्–‘बहिनीको सिलिगुढीकै विद्यार्थी नेतासँग र मेरो त्यसबेला इण्डियामा पार्टीको नेतृत्व गरिरहनु भएका टीबी पाठकका छोरा (अर्जुन पाठक) सँग २०५३ साल माघ २७ गते बिहे भयो ।’ बिवाहपछि रेणु माओवादी राजनीतिमा सक्रिय भइन् । त्यसोत विद्यालयमै हुँदा पनि उनी अखिल क्रान्तिकारीमा संगठित थिइन् । गाडी छैन्, स्कूटर चढ्छिन् उनी प्रचण्डसँग खासै देखिन्नन् । प्रचण्डको निवासमा पनि उनलाई भेट्नेहरु कमै छन् । बरु काठमाडौंको १ नं. निर्बाचन क्षेत्र बानेश्वर आसपासमा स्कुटरमा गुडिरहेकी भेटिन्छ । रेणुको सबारी साधनको नाममा एउटा स्कूटर छ । प्रधानमन्त्रीको छोरी, त्यो पनि सक्रिय राजनीति गरिरहेकी रेणुको गाडी छैन् भन्दा अचम्म लागेपनि सत्य कुरा यही हो। त्यसो त उनले अहिले आइफोन मोबाइल बोकेकी छिन् । प्रधानमन्त्री प्रचण्ड र उनको परिवारलाई विलासितासँग जोडेर कैयंन समाचारहरु आएका थिए । हामीलाई कसैले सुनाएको थियो । ‘रेणु दाहाललाई हेर, अनि आलोचना गर’ । हामी रेणु दाहालको कोठामा पुग्दा साच्चै रेणु एक सामान्य मानिसहरुजस्तै थिइन् । रेणुसँग औपचारिक कुरा गर्न गएकै थिएनौं । अनौपचारिक कुरा सकिएपछि हामी हिड्न खोज्यौं । सायद रेणुलाई लागेको थियो होला हामीले कुनै अन्त्र्वाता गर्छौ । गरेनौं ।

aplly description here...

नेकपाको सात वटै प्रदेश कमिटीमा को–को परे ? (नामसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले प्रदेश सदस्यहरुको नामावली टुंङग्याएको छ । नेकपाले मंसिर १२ गते नै कमिटीलाई पूर्णता दिएको दाबी गरेको छ ।...

मध्यभोटेकोशी फेरि २ बर्ष धकेलिँदै, २ अर्ब लागत बढ्ने (भिडियो)

सिन्धुपाल्चोक । १०२ मेगावाटको निर्माणधिन मध्यभोटेकोशी जलविद्युत आयोजना तोकिएको समयमै नसकिने भएको छ । सिन्धुपाल्चोकको चाकुमा निर्माणधिन भोटेकोशी आयोजना...

८२ बर्षिय वृद्धः जसको एउटा रोग नुहाएर निको भएपछि अर्को रोग निको पार्न तातोपानीमा (भिडियो)

सिन्धुपाल्चोक । नुवाकोटका ८२ बर्षिय यदुकुमार अधिकारी ४० बर्षदेखि कम्मर दुख्ने रोगबाट मुक्त छन् । सानै उमेरदेखि कम्मर दुख्ने रोग भएपछि उनले डाक्टरदेखि ...

के माधव नेपालले अोली सरकार ढाल्दैछन् ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेको केपी शर्मा ओली यतिबेला देश बाहिर छन् । अध्...

पूर्वमाओवादीलाई प्रदेशमा नेकपाको पद-नखाउँ भने बर्ष दिनको सिकार खाउँ भने...

काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को आज बसेको सचिवालय बैठकले सात वटै प्रदेशमा नेतृत्व चयन गरेको छ । जसमा प्रदेश इन्चार्ज, अध्यक्ष र सचिव पद...

नेकपासँग फोरम र नयाँ शक्ति एकताको छलफलमा

काठमाडाैं । डा. बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)सँग एकता...

प्रदेश-२ः नेकपा र फोरमबीच सरकार गठन तयारी, मुख्यमन्त्री राउतको पद धरापमा !

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम केन्द्रीय सरकारमा जाने नेपाल कम्युनिष्ट पार्टीसँग सहमति गरेसँगै प्रदेश नम्बर २ को सरकारमा के हु...

अड्किएको एकता गाँठोः मोदी फर्किएलगत्तै ३१ गते साँझ बालुवाटारमा यसरी फुक्यो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणबाट फर्किएलगत्तै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्...

पनौतीमा ‘बालबाल’ले बाँचेका शरद बने सामाजिक मन्त्री

काठमाडौं । २०३९ साल फागुन ७ गते सिन्धुपाल्चोकको तत्कालिन सानोसिरुवारी गाविस पौवा (हाल चौतारा साँगाचोकगढी नगरपालिका–७)मा जन्मिएका हुन उनी अर्थात ‘शरद’ ...

चार मन्त्रीका तीन थरि ड्रेसअपः कोहिको दौरा सुरुवाल, कोहिको ज्वारीकोटमाथि मफलर !

काठमाडौं । आजै चार जना मन्त्रीको सपथ हुने सूचना बिहान बाहिरिएको थियो । शुरुमा सरकारलाई आजै पूर्णता दिने बिषयमा छलफल भएको थियो । तर उपेन्द्र यादव नेतृत...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies