Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

शरद पौडेल लिखित तपन सार्वजनिक

\"tapan-bimochan-750\"काठमाडौं, ६ मंसिर । शरद पौडेलद्वारा लिखित उपन्यास ‘तपन’ र काव्य–कृति ‘तपसी मन’ सार्वजनिक भएको छ । काठमाडौं स्थित प्रज्ञा प्रतिष्ठानमा शनिबार आयोजित एक कार्यक्रममा पुराना वामपन्थी नेता सोनाम साथीले दुवै पुस्तक सार्वजनिक गरेका हुन् । पुस्तक विमोचनमा बोल्दै नेता स्वनामले भने, ‘नेपालका र विश्वभरिका श्रमजीवीहरुले शासन, शोषण र उत्पीडनबाट मुक्त हुने कुनै बाटो छ ? यो उपन्यासका लिखे वा लिखतहरुको मुक्तिको बाटो छ कि छैनरु प्रबुद्ध जनले अब यी प्रश्नबारे सोच्नुपर्ने बेला छ।’ काव्य–कृति तपसी मनबारे बोल्दै लेखक तथा चिकित्सक सरोज धितालले पुस्तक दार्शनिक चेत युक्त रहेको बताए । उनले अन्य विधाका पुस्तकजस्तै एक बसाइमा हतारिएर पढ्नुभन्दा प्रत्येक श्लोकलाई गहन रुपमा पढ्न पाठकहरुलाई सुझाब दिए । उपन्यास तपनबारे लेखिका सरिता तिवारी र लेखक खगेन्द्र संग्रौलाले बोलेका थिए । [caption id=\"attachment_102994\" align=\"alignleft\" width=\"194\"]\"tapan-750\" .[/caption] ‘पुस्तकमा दलितसँग जोडिएका थुप्रै प्रसङ्गहरु गहिरोसँग आएका छन्’, पुस्तकबारे बोल्दै तिवारीले भनिन् –‘यो पुस्तकको उल्लेखनीय पक्ष हो ।’ ‘तपन लेखक शरद पौडेलको वैचारिक पक्षधरता हो । यसले वामपन्थी आन्दोलनलाई खोतल्ने प्रयास गरेको छ ।’ तिवारीले भने । लेखक संग्रौलाले पौडेलकै उपन्यास ुलिखे’लाई स्मरण गर्दै भने ,–‘लिखे उपन्यासको पात्र लिखे नै तपन उपन्यासको विकसित, विस्तारित र परिमार्जित रुप हो ।’ संग्रौलाले शरद पौडेलको लेखनबाट प्रभावित भएका पाठकहरुबाट आफूले पनि प्रशंसा पाउने गरेको अनुभव सुनाए। संग्रौलाले भने, ‘मलाई चिन्ने वा पढ्ने भनेका पाठकहरु भेटिएर भन्छन्– म तपाईंको फ्यानै हुँ। उनीहरु मेरो छेउमा उभिएर सेल्फी पनि हान्छन् । र, अन्तमा भन्छन्– मलाई तपाईंको ‘लिखे’ उपन्यास खुब मन पर्‍यो। तर लिखे लेख्ने उपन्यासकार म नभएर शरदजी हुनुहुन्थ्यो।’ स्वनाम साथीले देशको राजनीतिक, सामाजिक सरोकार र कम्युनिष्ट आन्दोलनका बारेमा आफ्नो मन्तव्य राखेका थिए । उनले देशमा ठूलो संघर्ष, आन्दोलन भएता पनि लिखेजस्ता पात्रले के पाए त ? भन्ने प्रश्न गरे । आफ्नै पुस्तकबारे बोल्दै पौडेलले पुस्तकमा वैचारिक पक्ष हावी भएको स्वीकार गरे । ‘मसँग सवालहरु छन्’, पौडेलले भने, –‘म सवाल गर्न मन पराउने मान्छे हुँ ।’ लिखे उपन्यासमा रेल चढेर नेपाल आएको लिखेले के ग¥यो त रु भन्ने प्रश्नहरुले तपन उपन्यास जन्मिएको उनले बताए –‘फेरि पनि, लिखे र नम्रताले के गरे त भनेर प्रश्न उठे भने अर्को उपन्यास पनि लेखिएला ।’ उपन्यास ‘तपनु संगै सांग्रीला बुक्सले ‘लिखेु उपन्यासलाई पनि पुनस्मुद्रण गरेको छ’  ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies