Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

द्वन्द्वको दश वर्षभन्दा शान्ति प्रक्रियाको दश वर्ष कमजोर

\"girija-prachanda-750\"काठमाडौं, ५ मंसिर । दश वर्षे जनयुद्ध हुँदै शान्ति प्रक्रियामा आएको पनि आज (मंसिर ५)  ठीक दश वर्ष पुगेको छ । आजभन्दा दश वर्षअघि २०६३ मंसिर ५ गते तत्कालिन सरकार प्रमुख गिरिजाप्रसाद कोइराला र तत्कालिन माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो । माओवादी जनयुद्धले दश वर्षमा ल्याएको उथलपुथलपछि तत्कालिन सात राजनीतिक दलहरु विद्रोही माओवादीसँग १२ बुँदे सम्झौता गर्दै अघि बढेका थिए । १२ बुँदे सम्झौतापछि भएको १९ दिने जनआन्दोलनको बलमा २ सय ४० वर्षदेखि जरा गाडेर बसेको राजतन्त्रकै समुल नष्ट गर्यो । तत्पश्चात सरकारका तर्फबाट तत्कालिन कांग्रेस सभापति कोइराला र विद्रोहीकोतर्फबाट प्रचण्डले शान्ति सम्झौतामा हस्ताक्षर गरे । शान्ति सम्झौतापछि माओवादी सेनालाई संयुक्त राष्ट्रसंघ (यूएन)को निगरानीमा क्यान्टोन्मेन्टमा राखिएको थियो । क्यान्टोन्मेन्टमा राखिएका सेनाको सामयोजन हुन मात्रै पनि ६ वर्ष लाग्यो । यूएनको प्रमाणिकरणमा १९ हजार ६ सय २ लडाकु थिए । तर अनमिन फर्किएपछि गरिएको दोस्रो प्रमाणिकरणका क्रममा २ हजार ४५६ लडाकू अनुपस्थित भेटिएका थिए । ठूलो रस्साकस्सीपछि प्रमाणिकरणमा परेका १९ हजार ६ सय २ लडाकुमध्ये १५हजार छ सय ३० जनाले स्वेच्छिक अवकाश रोजेर घर फर्किए भने एक हजार ४ सय २१ जना मात्रले समायोजन रोजे । सेना समायोजकप्रक्रियाका लागि मात्रै राज्य कोषबाट १९ अर्ब ७१ करोड ५२ लाख ६८ हजार ३९३ रुपैयाँ खर्च गरियो । दोस्रो प्रमाणिकरणका क्रममा नभेटिएका लडाकुको रकमबारे अहिले पनि बेलबेलामा प्रश्न उठ्ने गरेको छ । शान्ति सम्झौतामा नै द्वन्द्वका घाउहरुलाई मेटाउन तत्काल सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्ने भनिए पनि आठ वर्षपछि २०७१ मघ २८ गते मात्रै आयोग गठन गरियो । आठ वर्षमा थुप्रै मुद्दाहरु अदालत पुगिसकेका थिए । आठ वर्षपछि गठन गरिएको बेपत्ता पारिएका व्यक्ति खोजबिन र सत्य निरूपण तथा मेलमिलाप आयोगले उजुरी लिने काम त गर्यो तर के निश्कर्ष निकाल्ने अन्यौल छ । द्वन्द्वमा वेपत्ता भएका परिवार अझै पनि आफ्नो सन्तानको पर्खाइमा छन् । राज्यलाई कि ‘सास’ देउ कि ‘लास’ देउ भनिरहेका छन् । अन्तरिक द्वन्द्व ब्यवस्थापन गर्दै सामाजिक पुनस्र्थापना गर्ने बारे नेताहरुमै अकर्मन्यता छ । जनयुद्ध थालेको दश वर्षमै निर्णायक विन्दुमा पुगे पनि शान्ति प्रक्रियाको धिमा गतिले गर्दा अहिलेसम्मका प्राप्त उपलब्धिसमेत गुम्ने खतरा प्रवल बन्दै गएको छ । शान्ति प्रक्रियाको दश वर्षमा नौ वटा सरकार परिवर्तन भए । पहिलो संविधानसभा उलब्धिहिन भइ विघटन भयो । दोस्रो संविधानसभामा जनयुद्धकै एउटा हिस्साले भाग लिएन । जनयुद्धकै एक हिस्सा बाहिर रहेर गरिएको दोस्रो संविधानसभाले जर्बजस्त संविधान जारी गर्यो । त्यसले जनयुद्धमा प्रत्यक्ष सहभागी एउटा हिस्सालाई मात्रै सन्तुष्ट पार्न सकेन, सिङ्गो मधेस त्यसका विरुद्धमा उभियो । परिणाम स्वरुप नेपालीले पाँच महिनासम्म भारतीय नाकाबन्दीको सामना गर्नुपर्यो । संविधानप्रति असन्तुष्ट पक्षलाई सम्बोधन गर्न भन्दै नयाँ संविधान जारी गरिएको चार महिनामै पहिलो संशोधन गरियो । तर त्यसले पनि असन्तुष्ट पक्षलाई समेट्न सकेन । फेरि दोस्रो संशोधनको तयारी गरिएको छ । त्यसले पनि निकासभन्दा द्वन्द्व बढाउने संकेत गरिरहेको छ । संविधानअनुसार २०७४ माघ ७ भित्रै प्रादेशिक संरचनाअनुसार स्थानीय तह, प्रदेश र संघको निर्वाचन गरिसक्नुपर्ने बाध्यता छ । यसबीचमा नेताहरुले आलोपालो गरेर सरकारमा जाने सहमति गरेका छन् तर सीमित उपलब्धिको कार्यान्वयनका लािग एक भएर अघि बढ्ने छाँट देखाएका छैनन् । शान्ति सम्झौतादेखि सेना समायोजन २०६३ मंसिर ५ गते : सरकार–माओवादीद्वारा विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर, लडाकू र हतियार २८ क्यान्टोन्मेन्टमा राख्ने सहमति । २०६३ मंसिर २२ गतेः सेना तथा हतियार व्यवस्थापन–अनुगमन सम्झौतामा हस्ताक्षर । २०६४ पुस १२ गतेः राष्ट्रसंघीय मिसन (अनमिन) द्वारा लडाकू र हतियारको वर्गीकरण सम्पन्न । २०६६ पुस १ गतेः सरकार–माओवादीबीच अयोग्य लडाकूलाई क्यान्टोन्मेन्टबाट बाहिर निकाल्ने सहमति । २०६६ माघ २५ गतेः अयोग्य लडाकूको क्यान्टोन्मेन्टबाट बहिर्गमन । २०६७ माघ १ गतेः नेपालस्थित राष्ट्रसंघीय मिसन (अनमिन) को बिदाई । २०६७ माघ ८ गते माओवादी लडाकूहरूको शिविर (क्यान्टोन्मेन्ट) औपचारिक रूपमै विशेष समिति मातहत आएको घोषणा । २०६८ चैत २२ गतेः सेना समायोजन प्रक्रिया टुंग्याउने विशेष समितिको निर्णय । २०६८ चैत २८ गते : प्रमुख दलहरूबीच लडाकू शिविर र हतियार सरकार मातहतमा ल्याउने सहमति । २०६९ असोज ७ गते : नेपाली सेनाद्वारा अन्य दर्जाका लागि १ हजार ३८८ र अधिकृत तहको परीक्षामा ७५ जना पूर्व लडाकू उत्तीर्ण भएको जानकारी । २०६९ कात्तिक १६ गते : प्रमुख दलहरूबीच लडाकूको सेनामा समायोजन तथा पुनस्र्थापना सम्बन्धी ७ बुँदे सहमति गरी समायोजनका लागि छानिएका लडाकू सेनाको जिम्मा । २०६९ चैत ३० गते : विशेष समिति भंग भएपछि औपचारिक रूपमै शान्ति प्रक्रिया सम्पन्न ।

aplly description here...

निर्वाचन आयोगको निर्णय राप्रपामाथि कटाक्ष कि उत्प्रेरणा !

काठमाडौं, ५ चैत । सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीको विधान नै निर्वाचन आयोगले संशोधन गरिदिएको विषय अहिले निकै ठूलो बहसको विषय भएको छ । रा...

माधव नेपालको भेटी र विद्या भण्डारीको शितल निवास

एकाएक गणतन्त्रवादी भएको नेकपा एमाले पछिल्लो समय आफू मात्रै राष्ट्रवादी भनेर कोकोहोलो मच्चाइरहेको छ । कुनै बेला महाकाली बेचेको आरोप पनि एमालेलाई नै...

सहमतिका नाममा यस्तो गर्नेछन् संसदवादी दलहरु

सरकारले संविधान संशोधन विधेयक ब्यवस्थापिका संसदमा दर्ता गराएपछि प्रमुख राजनीतिक दलहरुबीच द्वन्द्व बढेको छ । संशोधन विधेयकबारे प्रमुख प्रतिपक्ष दल नेकप...

बुटवलसँगको ‘पहाडी कनेक्सन’

काठमाडौं, १९ मंसिर । सरकारले ५ नम्बर प्रदेश टुक्र्याउने गरी संविधान संशोधन विधेयक ब्यवस्थापिका संसदमा दर्ता गरेपछि आन्दोलन चर्किएको भनेकै बुटवलमा ...

प्रजातन्त्रका योद्धाहरु, जसलाई कांग्रेसले नै बिर्सियो

काठमाडौं, १८ मंसिर । प्रजातन्त्रका लागि लड्ने योद्धाहरु अहिले पनि जीवित छन् । जसले सुधारिएको पञ्चायतदेखि प्रजातन्त्र मात्र होइन, गणतन्त्रसमेत भोगे...

सीमांकन विवादः सशांकका कारण जोडिएन नवलपरासी

काठमाडौं, ११ मंसिर । संविधान जारी भएको १४ महिनामा आइतबार संविधानको दोस्रो संशोधन प्रस्ताव पेश गरिँदैछ । संविधानप्रति असन्तुष्ट मधेसवादी दलको विरोध...

द्वन्द्वको दश वर्षभन्दा शान्ति प्रक्रियाको दश वर्ष कमजोर

काठमाडौं, ५ मंसिर । दश वर्षे जनयुद्ध हुँदै शान्ति प्रक्रियामा आएको पनि आज (मंसिर ५)  ठीक दश वर्ष पुगेको छ । आजभन्दा दश वर्षअघि २०६३ मंसिर ५ गते तत्काल...

इजरायलले सिकाएको पाठ

काठमाडौं, ४ मंसिर । बाँके कोहलपुरका २० वर्षीय युवा शिव लम्साल विहान सात बजे नै आफ्नो फार्ममा पुग्छन् । कोहलपुर नगरपालिकाको मैतहवास्थित उक्त फार्मम...

महाभियोगको नेतृत्व गरेर ‘जनार्दन शर्माले जे गरे ठीक गरे’

केही दिनयता नेपाली राजनीति लोकमानमय भएको छ । सर्वोच्च निकायका दुई कार्कीबीचको प्रतिशोधका कारण बल्झिएको राजनीतिले नेपाली राजनीतिकलाई नै तरंगित बनाएको छ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies