Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

संस्था छ कमर्चारी छैनन्

\"jajar-kot-750\"जाजरकोट, ३ मङ्सिर । दुर्गमका स्वास्थ्य संस्था खाली बनाएर स्वास्थ्यकर्मीको सरुवा गरिएको छ ।  विगतमा झाडापखाला र स्वाइनफ्लुको महामारी फैलिएका पैक, नायकवाडा र रग्दा गाविसका स्वास्थ्य संस्था नै खाली हुने गरी स्वास्थ्यकर्मी सरुवा गरिएको हो । यसरी स्वास्थ्य संस्था नै खाली गराएर सरुवा गरिँदा यहाँका स्थानीयवासी स्वास्थ्य सेवा पाउनबाट वञ्चित हुने भएका छन् । रग्दा गाविसको स्वास्थ्य चौकीबाट दुईजना अहेबको दरबन्दी खाली हुने गरी सुरुवा गरिएको छ । त्यस्तै नायकवाडा गाविसको स्वास्थ्य चौकीमा दुईजना अहेबलाई एकैपटक सरुवा गरी स्वास्थ्य संस्था नै खाली गराइएको छ । स्वाइन फ्लु फैलिएको पैक गाविसको स्वास्थ्य संस्थामा कार्यरत दुईजना अहेबको पनि सरुवा गरिएको छ । अहिले यी सबै ठाउँमा एकजना अनमीको भरमा स्वास्थ्य संस्था सञ्चालन भएका छन् । कार्यालय खोल्ने र बन्द गर्ने अनि गर्भवती जाँचमात्र गर्ने अधिकार अनमीमा हुने गरेको छ । यसरी २० भन्दा बढी स्वास्थ्यकर्मीको स्वास्थ्य संस्था नै खाली हुने गरी सरुवा गरिएपछि जाजरकोटका दुर्गम भेगका वासिन्दा आधारभूत स्वास्थ्य सेवाबाट बञ्चित भएका छन् । सरुवा गरिएलगत्तै यहाँको बहिरङ्ग सेवासमेत बन्द हुन पुगेको छ । सरुवा गरिएको ठाउँमा लोक सेवा आयोगको परीक्षाफल प्रकाशित भएपछि मात्र पदपूर्ति हुने जनाइएको छ । स्वास्थ्य सेवा विभागले गत कात्तिक ३० गतेको निर्णयबाट यी सरुवाहरु भएका हुन् । स्वास्थ्यमन्त्री गगन थापाले यो बुभूmन कि यसरी स्वास्थ्य संस्था नै खाली हुने गरी गरिएको सरुवाले यदि गम्भिर प्रकारका विरामी भएमा जाजरकोटबासी मर्न बाहेक अरु विकल्प छैन् । अब उनै गगनले बझ्ने कुरा हो जाजरकोटबासीलाई मार्ने कि समयमै उपचार गराउने ?
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies