Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

डेङ्गुबाट एक बालिकाको मृत्यु, ६५३ मा सङ्क्रमण

\"dengu-750\"चितवन, ३ मङ्सिर । डेङ्गु, मलेरियालगायत कीटजन्य रोगको अनुसन्धानका लागि चितवन आएको विज्ञको अध्ययन टोली नमुना सङ्कलन गरेर तीन दिनपछि फर्किएको छ । अनुसन्धान तथा तालिम केन्द्रका इन्टोमोलोजिस्ट शिशिर पन्तको नेतृत्वमा इन्सेक्ट कलेक्टरसहितको टोली चितवन आएर तीन दिनसम्म अनुसन्धान गरेको थियो । चितवनको पटिहानीमा टोलीले भेक्टर सर्भे गरेर लामखुट्टे तथा भुसुनाको नमुना सङ्कलन गरी फर्किएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कीटजन्य रोग सार्ने लामखुट्टे, भुसुना छ कि छैन भनेर अध्ययन गर्न टोली आएको कार्यालयका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले बताए । चितवनको पटिहानीमा अघिल्लो आर्थिक वर्षमा डेङ्गु रोगका कारण एकजनाको ज्यान गएको क्षेत्रमा गएर टोलीले सर्भे गरेको हो । मुख्यगरी डेङ्गु, मलेरिया, जापानिज इन्सेफ्लाइटिस, कालाजारलगायत रोग सार्ने लामखुट्टे तथा भुसुनाको अध्ययनका लागि टोली आएको थियो । प्रयोगशालामा परीक्षण पछि अवस्था थाहा हुने टोलीले जनाएको छ ।

डेङ्गुबाट एक बालिकाको मृत्यु, ६५३ मा सङ्क्रमण

चितवनमा डेङ्गु रोगबाट एक बालिकाको ज्यान गएको छ । नेपालमै सबैभन्दा बढी डेङ्गु रोगको सङ्क्रमण देखिएको चितवनमा यो आर्थिक वर्ष लागेपछि डेंगुबाट मृत्यु भएको यो पहिलो हो । पूर्वी चितवनको खैरहनी नगरपालिकाकी ११ वर्षीया बालिकाको डेङ्गुका कारण मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले जानकारी दिए । चितवन मेडिकल कलेजमा उपचारका क्रममा गएको कात्तिक ३० गते मृत्यु भएपनि जनस्वास्थ्य कार्यालय चितवनले मङ्सिर २ गते बिहीबार मात्रै पुष्टि गरेको हो । केसीले दिएको जानकारीअनुसार चितवनको रत्ननगर र खैरहनी क्षेत्रमा यो वर्ष डेङ्गु सङ्क्रमण प्रकोपका रुपमा बढ्दो छ । चितवनमा यो वर्ष गएको भदौ पहिलो सातादेखि डेङ्गु रोगको प्रकोप फैलिएको थियो । जनस्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी नरहरि शर्माले अहिलेसम्म डेङ्गुबाट चितवनमा ६ सय ५३ जना बिरामी फेला परेको जानकारी दिए । केही बिरामी बाहिरी जिल्लाका भए पनि अधिकांश चितवनका छन् । चितवनको पनि रत्ननगरका स्थानीयवासी बढी प्रभावित छन् । एडिस एजेप्टाई नामको सङ्क्रमित पोथी लामखुट्टेले टोकेमा डेङ्गु रोग सर्छ । यो लामखुट्टे कुनै पनि भाँडोमा जमेको सफा पानीमा फुल पार्ने भएकाले यसरी पानी जम्न दिन नहुने चिकित्सक डा भोजराज अधिकारी बताउँछन । कडा ज्वरो आउने ज्यान दुख्ने, ठाउँठाउँमा बिमिरा देखिने तथा टाउको दुख्ने यसका लक्षण हुन् । डेङ्गुको खास उपचार छैन । लक्षण हेरेर चिकित्सकको निगरानीमा उपचार गराउँदा निको हुन्छ । झोलिलो पदार्थ खाने, आराम गरेर चिकित्सकको निगरानीमा औषधि लिँदा एक साताभित्रमा रोग निको हुने भएपनि लापरबाही गरेर मेडिकलबाट जथाभावी औषधि लिँदा जटिल भएर मानिसको ज्यान जान सक्ने चिकित्सकले बताएका छन् । जिल्लामा डेङ्गु फैलिएपछि अहिले सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ भने भदौयता दुईपटक रोग सार्ने लामखुट्टेका लार्भा खोजेर नष्ट गर्ने अभियान चलाइसकिएको छ । जाडो सुरु भएसँगै सङ्क्रमण दरमा केही न्यूनीकरण आएको तर जोखिम नघटेको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । यो रोग लागेपछि मानिसको शरीरमा प्लेटलेटको मात्रा घट्दै जान्छ । रत्ननगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्ण पौडेलले अहिले डेङ्गु रोग केही मात्रामा घटेको बताए । चितवनमा २०६७ सालमा डेङ्गुको महामारी हुँदा सातसय ३९ जनामा सङ्क्रमण भएको थियो भने पाँचजनाको मृत्यु भएको थियो । विसं २०६९ सालमा पनि एकजनाको मृत्यु भएको थियो । अहिले पनि सङ्क्रमणदर झन्डै सातसय पुग्न थालिसकेको छ । जिल्लामा अहिले स्क्रब टाइफस रोगसमेत नेपालमै सबैभन्दा बढी छ । उक्त रोगका कारण छजनाले ज्यान गुमाएका छन् भने चारसय ९४ जना बिरामी परेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies