Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

संचारमन्त्रीको चुनौति –प्रधानमन्त्रीले राष्ट्रको अहित हुने कुनै काम गरेको देखाउ

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ नेतृत्वको सरकार गठन भएको एक सय दिन पूरा गरेको छ । सयदिनको अवधिमा जनताले महसुस गर्नेगरी के–के काम भए ? प्रचण्ड नेतृत्वको सरकारको काम गराई किन सुस्त भएको छ ? सरकारमाथि नकारात्मक टिका टिप्पणी भइरहँदा सरकारकै प्रवक्ता किन मौन ? के मन्त्रीले बोलेका कुरा कर्मचारीले नटेरेका हुन् ? मन्त्रालय मन्त्रीले चलाएका छन कि, कर्मचारीले ? यसै विषयमा  सागर न्यौपानेलेसूचना तथा सञ्चार मन्त्री र सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीसँग गरेको विशेष कुराकानी : \"ram_karki\" ‘सरकारको हनिमुन पिरियड’को कसरी मूल्याङ्कन गर्नुभएको छ ? यसअघिका सरकारको तुलनामा यो सरकार आफ्ना प्राथमिकतामा गम्भीर ढंगले अघि बढेको छ । सरकारका कामहरु सुस्त छैनन् । हामी गम्भीर ढंगले केही महत्वपूर्ण काम सम्पन्न गर्नतर्फ लागेका छौं । पूननिर्माण र संविधान कार्यान्वयनको विषयमा प्रचण्ड नेतृत्वको सरकार गम्भीर ढंगले अघि बढेको छ । संविधानमा असन्तुष्ट पक्षहरु संविधानकै दायराभित्र आउन, यो सबैले स्वीकार्ने होस् र देशलाई समृद्धिको दिशातिर अगाडि बढाउन सकियोस् भन्ने हाम्रो ध्येय हो । हामीले तुलनात्मक प्रगति गरेका छौं । हिजो मधेस केन्द्रित दलहरु आन्दोलनमा थिए आज उनीहरु संवादमा छन् वार्ताको वातावरण बनेको छ । भूकम्प पूननिर्माणका निम्ति पैसा थप गरिएको छ । प्रधानमन्त्रीले नै त्यसमा तदरुकता देखाउनुभएको छ । संघीयतामा जानका लागि अदालतहरु बनिसकेका छन् । एउटा स्ट्रक्चर बनिरहेको छ । यस्तै अन्य थुप्रै कामहरु भएका छन् । मन्त्री ज्यू, त्यो तपाईंहरुको दावी हो, तर एउटा महसुस गर्नेगरी जनताले सयदिनमा सरकारबाट के पाए ? जनसरोकारका विषयमा सरकारले सकारात्मक सुरुआत गरेको छ । सरकारले दैनिक आवश्यक सामग्रीहरु खरिदमा हुने ढिलासुस्तीको अन्त्य गराएको छ । ‘क्वीक रेस्पोन्स गर्ने मेकानिज्म डेभलप’ गरेको छ । कुनैपनि दुर्घटना वा घटनाको ‘क्वीक रेस्क्यु’ गर्नेगरी । अर्काे कुरा सरकारी कामको अनुगमन हुन थालेको छ । जनताको सेवा गर्ने कर्मचारीलाई तत्काल सेवा पाउने वातावरण यही सरकारले बनाएको हो । सबै मन्त्रालयले हाम्रो पर्फमेन्स नविग्रियोस भनेर लागि परेका छौं । धेरै कुरा पाइपलाइनमा राखेका छौ । संविधान कार्यान्वयन र पूननिर्माणको लागि । मैले सम्हालेको मन्त्रालय अन्तर्गतको नेपाल टेलिकम संक्रमण अवस्थामा थियो त्यहाँ राम्रो नेतृत्व लगेका छौ र त्यसले गति लिएको छ । धेरै हाम्रा संस्थाहरु अण्डर पर्फमेन्समा थिए अहिले ट्रयाकमा ल्याइएको छ । सरकार गठन भएकै दिन प्रधानमन्त्रीले ४५ दिनभित्र भूकम्पपीडितलाई घोषणा गर्नुभएको राहत रकमसयदिन पुगिसक्दा पनि पीडितले पाएका छैनन कहाँ छ मन्त्रीज्यू जनताका लागि सरकार ? कतिपय ठाउँमा पाइसकेका छन्, कतिपय ठाउँमा वाँकी होला त्यसको अनुगमन गर्नका लागि टोलीहरु खटिएका छन्, प्रधानमन्त्रीले आफै हस्तक्षेप गरिराख्नुभएको छ । उहाँले (प्रधानमन्त्री)ले हेलिकप्टरबाट गएर भने पनि भूकम्पपीडितलाई राहत रकम बाँड्न निर्देशन दिनुभएको छ । हामीसँग तल स्थानीय संरचना रमेकानिज्महरु नहुँदा भनेजस्तो समयमा काम हुन नसकेको देखिन्छ । भएका निकायमा सुस्तता भएको पक्कै हो । तर, अहिले हामीले पूननिर्माणका निम्ति लामो टेण्डर गर्ने ४५ दिनको अवधिलाई छोट्याएर संकटकालीन(फाष्टट्रयाक)बाट गर्ने कुरा भएको छ । राजनीतिक तहमा एकातिर मात्रै कोल्टिएको विदेश नीतिलाई यो सरकारले व्यालेन्स गरेको छ । भरखरै भारतीय राष्ट्रपतिले नेपाल भ्रमण गर्नुभयो, संसारभरी एउटा सन्देश के गयो भने् नेपालमा शान्ति सुव्यबस्था कायम छ, हामी जुनसुकै मूलुकका राष्ट्रप्रमुखहरुलाई नेपाल भ्रमण गराउन सक्षम छौं भनेर विश्वभर मेसेज गएको छ त्यो काम यही प्रचण्ड नेतृत्वका सरकारले गरेको हो । भनेपछि सय दिनका कामले पुरै सन्तुष्ट हुनुहुन्छ ? पुरै सन्तुष्ट त छैन, सन्तुष्ट भए सुधार पनि गर्न सकिन्न । हाम्रा केही कमजोरी रहे होलान तर, यो सरकार गठन हुँदैताका सरकारका विरुद्ध जसरी नकारात्मक टिप्पणी गर्नहरु थिए तिनीहरुले आफ्नो गीत गाइरहेका छन् । यो सरकारका विरुद्ध जसरी हल्ला फैलाउने प्रयास भएका थिए ती हल्ला र प्रचारहरु झुठो सावित भएका छन् । हामीले तुलनात्मकरुपमा राम्रो काम गरेका छौं । दीर्घकालिन महत्वको काम गरेका छौं । जसरी व्यख्या गरेपनि यो सरकारले सय दिनमा देखिने गरी काम गर्न नसकेको सुस्त भएको भन्ने आरोप त छ नि ? देशभित्रको जनसमूह नेपाली राष्ट्रवाद (महेन्द्रकालीन समयमा अल्पसंख्यक, उत्पीडित, सीमान्तकृत, मधेसी, थारु, मगरलगायत)को परिभाषामा नअटाएकाहरुलाई राष्ट्रिय राजनीतिमा मात्रै होइन राज्यकै मूल प्रवाहमा ल्याउन खेलेको भूमिकालाई हल्ला गरेर प्रचार नगर्नु सुस्त हुन सक्ला । मधेससँग थारु महिला मुस्लिमहरुका विषयबस्तुलाई पाखा लगाएर नेपालमा कल्चरल्ली हावी भएको छ, सास्कृतिक, राजनीतिक सामाजिकरुपमा हावी भएको तिनीहरुकै राष्ट्रवादलाई हल्ला गर्दा कतिदिन सम्म टिक्छ ? हिजो काठमाडौंको सत्तासँग मुख फर्खाएर असून्तुष्टि जाहेर गरेका शक्तिहरु आज काठमाडौंमा वार्ताको टेबुलमा बस्नु, भारतीय राष्ट्रपतिसदभाव भ्रमणका निम्तिनेपाल भ्रमणमा आउनु र सम्बन्धलाई नयाँ उचाईँमा लानु, संविधानमा असन्तुष्टि जनाएका वर्ग वार्तामा आउनु र शान्ति र अमन चयनका निम्ति र स्थायी शान्तिका निम्ति हामीले काम गरेका छौं । यसरी काम गर्ने प्रधानमन्त्रीको बारेमा गरिएका टिका टिप्पणी देख्दा यस्तो लाग्छ, साथीहरुले अन्तराष्ट्रिय प्रोटोकल बुझ्न सक्नुभएन । प्रधानमन्त्रीले राष्ट्रको अहित हुने कुनै काम गरेको मलाई देखाइदिनुपर्यो । त्यो त सरकारको प्रचार संयन्त्रले काम नगरेको जस्तो लाग्दैन ? हाम्रो देशमा नकारात्मक कुराको बढी चर्चा हुने र सकारात्मक कुरामा उदासीनता देखाउने प्रवृत्ति बढेर गएको छ । तर पत्रकारितामा क्रियाशील, स्थापित पत्रकारले गरेका टिका टिप्पणी हेरौं । माओवादी विरोधी मिसनमा लागेका अरु पेशामा असफल भएर आएका मानिसले के लेखे त्यतातिर नजाऊ यो सरकारको परफमेन्सलाई आधार मानेर हेर्दा नकारात्मक भइहाल्नुपर्ने कारण छैन । किनकी म दावाका साथ भन्छु प्रचण्ड नेतृत्वको सरकारले अन्तराष्ट्रिय सम्बन्ध स्थापित गराउन र संविधान संसोधन मार्फद जारी गराउन खेलेको भूमिका इतिहासमा कुनैदिन मूल्याङ्कन हुनेछ । यो कुरामा केही राम्रा स्थापित पत्रकारहरु क्लियर पाएको छु । सामाजिक सञ्जालमा पहुँच भएकाहरुले हल्ला गरेका हुन् । सरकारको विरोध गर्नेहरु तिनै हुन् जो सँग आफूले केही गर्न नसकेको कुण्ठा छ त्यसैलाई पोखिरहेका मात्र हुन् । कलम चलाउनेहरुले रियालाइज एक दिन गर्नेछन, संक्रमणकाल भनेको दुरुह, बोझिलो, कष्टप्रद हुन्छ । यहाँ सरकारको प्रवक्ता पनि हुनुहुन्छ, प्रचार मोर्चालाई जसरी कमाण्ड गर्नुपर्थ्यो त्यो नभएको पो हो कि मन्त्री ज्यू ? तपाईंको शालिन व्यक्तित्वले त बाधा पुर्याएन कतै ? हुनसक्छ । रारा तालमा टेलिकमको टावर कुन व्यक्तिले क्षति पुर्याइदिएछन् । मैले स्थलगत भ्रमण गरेर विग्रेको टावर तत्काल निर्माण गर्न सम्बन्धित निकायका सबैलाई निर्देशन दिए तर त्यसलाई केहीले मन्त्रीले घुमघाम गर्यो भनेर लेखिदिए । त्यो रारातालबाट चार घण्टासम्म हिड्नु भनेको रहर होइन । हामीले पहिलेका सरकारले गरेका राम्रो कामलाई निरन्तरता दिएको छु । हरेक कुरामा परिमार्जन गरेर राम्रो बनाउन लागिपरो छौं । अहिले मेरो मन्त्रालयमार्फत गर्न थालेको काम भनेको गोरखापत्रको भवन भूकम्पले ध्वस्त भएको छ, उता सरकारी रेडियो नेपालको ३०० रोपनी जग्गा छ हामी उक्त जग्गा नेपाल प्राधिकरणलाई बेच्दैछौं । रेडियो नेपालले बेच्ने नेपाल प्राधिकरणले किन्ने भएपछि त्यहाँबाट आएको पैसाले सञ्चारग्राम बनाउने र सबै सरकारी मिडिया (एनटिभी, गोरखापत्र, रासस, रेडियो नेपाल राइजिङ नेपाल)लाई एकै ठाउँमा कार्यालय बनाउने योजना अघि बढाइएको छ । गोरखापत्रलाई जनतासँग जोड्नका लागि यसमा जनशक्ति थप गर्ने तयारी गरेका छौं । हिजो मौनताको विरुद्ध हामी लड्यौं । आज प्रेस स्वतन्त्रता भयो तर, स्वतन्त्र प्रेस छैन, राजनीतिक पार्टीका बारेमा समाचार आउँछन तर यो चै स्वतन्त्र प्रेस हो है भन्ने कुनै देखिएन । प्रेसलाई कसरी मर्यादित बनाउने भनेर तयारी गरेका छौं । मैले दीर्घकालीन रुपमा मिडियालाई परिपक्क बनाउने प्रयत्न गरेको छु । तीन महिना मन्त्रालय चलाउँदा कर्मचारीतन्त्रबाट कस्तो सहयोग पाउनुभयो ? नेपालका कर्मचारीतन्त्रमा माओवादीका मन्त्रीहरुलाई अलि फरक ढंगले हेर्दा रहेछन् । उनीहरुले एमाले कांग्रेस स्थायी सरकार ठान्दा रहेछन्, माओवादीलाई शक्ति नै नदेख्ने परिपाटी रहेछ । कर्मचारीतन्त्रले सिष्टम नै नबुझ्ने रहेछन् । अर्काे खतरनाक कुरा भनेको कसैले पनि जिम्मेवारीबोध नगर्ने रहेछन् । जिम्मेवारी नै नलिने एउटाले अर्काेलाई पन्छाउने अर्काेले फेरि अर्काेलाई पठाउने । कांग्रेसले एमालेलाई, एमालेले माओवादीलाई पन्छाउने यो खालको प्रवृत्ति देखियो । अहिलेपनि कामहरु पन्छाउने प्रवृत्ति पाइयो अलिकति ढिलो भएको हो । मैले मन्त्रालय सम्हालेदेखि सूचना भण्डार बनाउऔ भनेको बल्ल बल्ल पेपर बनेछ तीन महिनामा । नत्र त सूचना मन्त्रालयसँग सरकारको सूचना नै नहुँने । त्यसैले सूचना भण्डारणका निम्ति एक करोड रुपैयाँ बजेट छुट्याइएको छ । सबै सरकारी निकायको सूचना भण्डारण गर्ने छौं । उसो भए मन्त्रीले आफ्ना योजनाहरु लागू गराउन नसक्नुको कारण सम्बन्धित मन्त्रालयमा हस्तक्षेप नपुगेको वा कर्मचारीकै चङ्गुलमा परेर हो ? त्यो त एकले अर्कालाई कन्भिन्स गर्ने कोसिस त गर्दा रहेछन्, तर माओवादी मन्त्रीसँग काम गर्न कर्मचारीहरु हच्किएको पाए मैले । अलिकति हामीलाई आउटसाइडर ठान्ने रहेछन् । कुनै पार्टीहरुलाई स्थायी सरकार देख्ने र यो चै हाम्रो सरकार हो जस्तो गर्ने अनि माओवादीलाई आउटसाइडरको रुपमा हेर्ने अझै बाँकी छ । प्रधानमन्त्री प्रचण्डको गुनासो त मन्त्रीहरुसँग देखिएको भन्ने बाहिर आयो त ? स्वभाविक रुपमा हामी कोही पनि सन्तुष्ट छैनौ । त्यही कुरा प्रधानमन्त्रीसँग हामीले सेयर गर्यौं । हामीले चाहेजस्तो परिणाम दिन सकेका छैनौं । दोस्रो कुरा हामीले जे जति काम गर्यौं, हाम्रो चामल विकिरहेको छैन । अहिलेपनि पिठो नै बिक्दैछ । त्यसैले एउटा कुरा हाम्रो काममा अझै तीव्रता दिने । कामको गति बढाउने । अर्काे कुरा के के काम गर्न सकिन्छ पहिचान गर्नुपर्यो । त्यो काममा एकाग्र भएर लाग्नुपर्यो र हामीले जे काम गरिरहेका छौं, त्यो कामको बारेमा जनताले थाहा पाउनुपर्यो भन्ने बारेमा प्रधानमन्त्रीले बताउनुभएको हो । तर, सरकारी मिडियाबाट सरकारी कामको प्रचार हुन नसकेको त हो नी मन्त्रीज्यू, हो । त्यसमा एउटा ढर्रा छ । उसको स्पेश जे हो त्यही गर्छ । उसले अन्य मिडियाले जस्तो नकारात्मक कुरा लेखेर प्रचार गर्न सक्तैन । राम्रो नेतालाई भण्डाफोर गरेर लेख्न सक्तैन । नेपालमा राम्रो नराम्रो सबै समाचार प्रचण्डको वरिपरि घुमेको छ । उहाँ सात दिन नेपाल बाहिर रहनुभयो भने यहाँका मिडियाले राजनीतिक समाचार नै पाउँदैनन कि जस्तो अवस्था देखिन्छ । किनभने उहाँको विरोधमै भएपनि मिडियाले खुराक पाउँछन् । सरकारी मिडियालाई एकदमै माओवादीमय बनाउने कोसिस हामीले गरेका छैनौं, त्यो स्वतन्त्र प्रेसका रुपमा रहोस भन्ने हाम्रो चाहना हो । त्यसका समाचार आधिकारिक र विश्वसनीय बनोस भन्ने हाम्रो चेष्टा हो । तर, त्यसले नीजि मिडियाले गर्न नसक्ने काम गर्नुपर्ने जुन स्पेश छ त्यहाँ गएको छैन । कतै तपाईको भद्र भलाद्मी स्वभावको कारण कर्मचारीले नटेरेका त होइनन् मन्त्री ज्यू ? हुनसक्छ । एउटा कारण त्यसो पनि हुनसक्छ मेरो काम गर्ने स्टाइल कसैलाई मनपरिरहेको होला कसैलाई मन नपरेको पनि हुनसक्छ । मेरो वरिपरि घुमुन मेरा कुरा लेखुन भनेर म भन्दिन । जनतालाई मनग्गे खुराक दिनुस भनेको छु । हाम्रोमा पत्रपत्रिका हेर्नुभयो भने जनताको सरोकारको विषय कम हुन्छ । क्रिमको प्रचारमा पाना भरिन्छ तर त्यो क्रिम बनाउने मजदुरको बारेमा चार अक्षर पनि लेखिदैन । त्यसैले गोरखापत्र राइजिङ नेपाल लगायतका पत्रिकाले जनताको आवाज उठाउन केन्द्रीत भएका छैनन् । सरकारी कामको प्रचारमा तिनीहरुले खासै महत्व नदिएको त साँचो हो । आफै सरकारको प्रवक्ता, आफैले समालेको मन्त्रालयबाटै सरकारले गरेका कामको प्रचार गराउन नसक्नु त मन्त्रीकै कार्यशैलीमाथिको प्रश्न हो नी होइन र ? त्यहाँ काम गर्ने साथीहरु अपडेट नहुने र बाहिर अन्य मिडियाबाट आउने सूचनाबाट दिग्भ्रमित भएको जस्तो देखिन्छ । सरकारको कामको प्रचार गर्नको लागि खासै जुटेको जस्तो नदेखिएको पक्कै हो, यहाँनेर मैले प्रचार संयन्त्रलाई परिचालन गर्ने सवालमा केही कमजोरी भए । मैले पत्रकार साथीहरुलाई अलि बढी विश्वास गरे । जसकारण जसरी सरकारको कामको प्रचार हुनुपर्थ्यो त्यो हुन सकेन । सरकार तुरुन्तै फेरिन्छ भन्ने मनोविज्ञानले पनि अटेरी गरेको जस्तो देखियो । भारतीय राष्ट्रपतिको नेपाल भ्रमण गराउँदा काठमाडौंमा अघोषित कफ्र्यु नै लगाएर जनतालाई किन त्रासमा राख्नुपरेको होला ? कयौपटक उद्देश्यविहिन बन्दको सामना जनताले गर्नुपर्छ । यस्तो संक्रमणकालको बेलामा नेपालले संसारका कुनैपनि महत्वपूर्ण व्यक्तिलाई सुरक्षित भ्रमण गराउन सक्छ भनेर विश्वभर सन्देश दिएको कुरालाई हामीले किन छोपिरहेका छौं ? यो सन्देश ठूलो कुरा हो । नेपाललाई अशान्त अराजक छ भन्ने बेलामा कहिँ पनि बाधा विरोध नभइकन विश्वका महत्वपूर्ण मानिसलाई राम्रोसँग भ्रमण गराउन सफल मात्रै भएका छैनौ, नेपाल सुरक्षित छ। नेपाल सरकार समृद्ध छ नेपाल सरकारको व्यबस्थापन राम्रो छ नेपाल भ्रमण गर्दा हुन्छ भनेर एकसाथ सन्देश दिएका छौं ।प क्कै हो राम्रो कामको सुरुवात गर्दा अलिकति अप्ठेरो हुनसक्छ । तपाईँ अन्तराष्ट्रिय सम्बन्धको बारेमा जानकार व्यक्ति पनि हुनुहुन्छ । सबै कुरा हेर्दा, चिनियाँ राष्ट्रपतिले नेपालमा कहिले भ्रमण गर्छन ? छिट्टै हुन्छ । विगतमा एउटा समस्या के थियो भने दुईवटै छिमेकी मूलुकमा हाम्रा राजदूत थिएनन् । अहिले हामीले दुइटै देशमा राजदूत पठाएका छौं । ती राजदूतहरुनियुक्त भइसकेका छन् । हाम्रो देशको बीचमा भएको कुटनाीतिक रिक्तता पूरा भइसकेको छ । अब सबै पहल हुन्छ । चीनसँग हामी गहन संवादमा छौं र चिनियाँ राष्ट्रपतिले पनि आउने भन्नुभएको छ । अब हाम्रो परराष्ट्र मन्त्रालय र चिनियाँ परराष्ट्र मन्त्रालयले तिथि तय गर्छन । हामी एकदमै ढुक्क छौं– चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गर्नुहुन्छ । चीनसँग हाम्रो सम्बन्ध एकदमै सौहार्दपूर्ण छ । माओवादी नेतृत्वमा सरकार छ, तर पार्टीकै नेताहरु सरकार विरुद्ध अभिव्यक्ति दिइरहेका छन् कतै पार्टीभित्रको यही सांगठनिक अराजकताले त होइन समस्या भएको ? स्वभाविक रुपमा पार्टीभित्र एउटै स्वर एउटै आवाज नहुँदा ठूलो समस्या आउने त रहेछ । हामीसँग हजारौ पत्रकार छन, तर, हाम्रै पत्रिका छैन ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies