Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

बर्दिया भुरिगाउँका स्थानीयबासीको गुनासो–‘नगरपालिका भयो,बबई नगरपालिका हुनसकेन’

[caption id=\"attachment_101821\" align=\"aligncenter\" width=\"752\"]\"आन्दोलनमा आन्दोलनमा रहेका स्थानीयहरू नारा जुलुस गर्दै[/caption] काठमाडौं,२९ कार्तिक । बर्दियाको बबई नगरपालिकालाई गाउँपालिकामा झार्ने चर्चाले विहीबारदेखि आन्दोलीत भुरिगाउँका स्थानीय बासिन्दाहरु त्यो क्षेत्रलाई नगरपालीकामा सिफारिस गर्ने निर्णय सँगै खुशि भएका छन । तर पहिले प्रस्ताव गरिएकेा बबर्इ नगरपालिका कायम नभएकेा प्रति उनीहरूले दुखेसेा पेाखेका छन । स्थानीय तह पुनसंरचना प्राविधिक समिति बर्दियाले हिजो  ९ वाडामा विभाजन गरी ठाकुरबाबा नगरपालिकामा भुरिगाउँलाइ  समेत थपेर आयोगमा सिफारिस गरि पठाउने प्रतिबद्धता गरेको थियो । प्राविधिक समितिले उक्त निर्णय गर्ने भएपछि स्थानीय जनताहरु खुशि भएका हुन । तर उनीहले भने जस्तेा बबर्इ नगरपालिका भने नामाकरण  नहुने देखिएकेा छ । स्थानीयबासि शंकर चैाधरीले भने– ठाकुरबाबा नगरपालिकामा जोडिने भयेा , तर पहिले प्रस्तावित बबई नगरपालिका सदर हुन सकेको छैन । त्यसमा अझै स्थानिय बासिहरु सन्तोष हुन सकिरहेका छैनैा । प्रमुख जिल्ला अधिकारी तथा स्थानिय तह पुनसंचना प्राविधिका समिति बर्दियाका संयोजनक तेजनारायण शर्माले खबरडकलीसँग भने–‘अब आन्दोलन गर्दै आएका स्थानीय वासिको समस्याको सम्बोधन हुने भयेा, ठाकुरबाबा नगरपालिकालाई ९ वटा वडामा विभाजन गर्ने कुरा भएको छ । हामीले सर्वदलिय निर्णयकै आधारमा सिफारिस गरि पठाउछौ ।’ उनलाई स्थानीय बासिले बबई नगरपालि नामनै राख्नुपर्ने माग बारे सोध्दा भने–‘नामको कुरो भन्दा पनि स्थानीय जनताको त्यो क्षेत्रलाई नगरपालिका मा परिन्न की भन्ने चिन्ता थियो । हामीले उहाँहरुको मागलाई सम्बोधन गछौ । नाम र केन्द्रको कुरा पहिल्यै पाश भएको हुनाले त्यो फेर बदल गर्न सकिने देखिन्न ।’ प्राविधिका समितिका संयोजक समेत रहेका शर्माले हिजो विज्ञप्ति मार्फत प्रस्तावित ठाकुरबाबा नगपालीकाको मापदण्ड बमोजिम वडा विभाजन स्थानिय स्तरमा राजनीतिक दल,पूर्व जनप्रतिनिधि,सरोकारवाला र स्थानीय जनताको सहभागितामा जनताबाटै होस भन्ने लाई प्राविधिक समितिको मान्यता रहेको जनाएका छन । उनले अगाडि भनेका छन्–‘यदि स्थानीय स्तरबाट सर्वसम्मत प्रस्ताव आएमा ठाकुरबाबा नगुपालिका समेत थपगरि नगरपालिका बनाउन आयोगमा सिफारिस गठाउने प्रतिबद्धता जनाउन चाहन्छु ।’ यसअघि बर्दियामा स्थानीय तह पुनसंरचनाको शिलशिलामा बबई नगरपालिका,शिवपुर र ठाकुरद्धारा गाविसलाई समेत समाहित गरेर ८ वडामा विभाजन गरि ठाकुरबाबा नगरपालिका हुने गरि जिल्ला प्राविधिक समितिले स्थानिय तह पुनसंरचना आयोगमा सिफारिस पठाइएको थियो । भुरिगाउँ आसपासको क्षेत्रलाई नगरपालीकामा समाहित गरेपनि मापदण्ड बमोजिम ९ वटा संख्या सिफारिस नभएको भनि स्थानीयबासिहरुले सडकमा आन्दोलन गर्दै आएका थिए ।

तत्कालका लागि स्थगित आन्दानेलन माग पुरा नभए पुर्न हुने संकेत

  बबई नगर उद्योग वाणिज्य संघको कार्यालय भुगिाउँका अनुसार नेउलापुर,शिवपुर,ठाकुरद्धारा,बगनाह गाविसका राजनीतिक दलबिचको सर्वदलिय सहमति अनुसार ठाकुरबाबा नगरपालिका लाई ९ वटा वडा बनाउने निर्णय भएपछि तत्कालका लागि आन्दोलनको कार्यक्रम रोकीएको छ । बबई नगर उद्योग बाणिज्य संघ भुरिगाउँका अध्यक्ष युवराज अधिकारीले भने–‘सर्वदलीय सहमति अनुसार बबई नगरपालीकालाई ९ वडामा विभाजन गरि आयोगमा सिफारिस गरि पठाउने बारे जिल्ला प्राविधिक समितिका संयोजकले बताएका छन, उहाँले बताए अनुसार काम भएमा हाम्रो आन्दोलन फिर्ता हुन्छ । अहिलेको लागि बजार बन्दको कार्यक्रम रोकिएको मात्र हो । हामीले छलफल र बहश गरिरहेका छौ, अहिले पनि आन्दोलन मै छौ ।’ त्यसैगरि स्थानीय व्यापारी तथा समामाजिक अगुवा चन्द्रमणी पौडेँलले खबरडबलीसँग कुरा गर्दै भने–‘बबई नगरपालिका हामीले पाएनौ, तर ठाकुरबाबा नगरपालीकामै ९ वडा बनाएर आयोगमा सिफारिस गरि पठाउने कुरो भएको छ । हामीले तत्कालका लागि आन्दोल रोकेको भन्दा पनि मागको सम्बोधन नहुदा सम्मको लागि आन्दोलनको स्वरुप फेरेका छौ । हाम्रो माग पुरा नगरे पुर्न आन्दोलनमा आउनको कुनै विकल्प छैन ।’ उक्त आन्दोलनको क्रममा बिहीबार एक घण्टा पूर्वपश्चिम राजमार्ग ठप्प पारेका भुरिगाउँका बासिन्दाले शुक्रबार झण्डै दुई घण्टा राजमार्ग अवरुद्ध गरेपछि दिनभर भुरिगाउँ बजारसमेत बन्द गरीएको थियो ।

विहिवार देखिको आन्दोलनमा प्रहरी र आन्दोलनकारी बिच पटक पटक तनाव

[caption id=\"attachment_101819\" align=\"aligncenter\" width=\"751\"]\"आन्दोलनमा आन्दोलनमा रहेका स्थानीयहरूलाइ लखेट्दै प्रहरी[/caption] नगरपालिका कायम गर्नुपर्ने भन्दै नगरपालिकाका बासिन्दा आन्दोलनमा उत्रेपछि शुक्रबार दिनभर भुरिगाउँ बजार तनावग्रस्त बनेको क्रान्तिकारी माओवादीकी सेक्रेटरी दुर्गा अधिकारीले बताइन । उनीहरुले विद्यमान बबई नगरपालिका कायम गर, गाउँपालिका चाहिँदैन भन्दै नाराबाजी गरेर बजार परिक्रमा समेत गरेका थिए । राजमार्ग अवरुद्ध गर्ने क्रममा आन्दोलनकारी र प्रहरीबिच केही बेर तनाव भएको थियो । । शान्तिपूर्ण विरोधमा उत्रेकाहरुमाथि प्रहरीले अनावश्यक बल प्रयोग गरेको भन्दै प्रहरीविरुद्ध नाराबाजी समेत गरीएको थियो । आन्दोलनका क्रममा प्रहरीले स्थानीय लक्ष्मण गौली, थुम प्रसाद काफ्ले र दिप्त खनाललाई लछारपछार गरेको बताइएको छ । यसैगरी प्रहरीले काफ्लेलाई झण्डै एक घण्टा नियन्त्रणमा लिएको र आन्दोलनकारीको दवावपछि छाडिदिएको थियो । शान्तिपूर्ण विरोधमा उत्रेका महिलामाथि पनि प्रहरीले ज्यादती गरेका भन्दै स्थानीय महिलाहरुले प्रहरीविरुद्ध नाराबाजी समेत गरेका थिए । आफूहरुको माग पूरा नभए आन्दोलन थप चर्काउने भुरिगाउँका बासिन्दाको भनाई छ । पुनर्संरचना सम्बन्धी विवाद राजनीतिक दलले टुंगाउन नसकेपछि स्थानीय निकाय पुनर्संरचना प्रविधिक समितिले कात्तिक २२ गते बर्दियामा ४ नगरपालिका र एक गाउँपालका टुंगो लगाएर प्रतिवेदन पठाएको थियो । भुरिगाउँ, ठाकुरद्धारा क्षेत्र, सानोश्री ताराताल क्षेत्र र मैनापोखर क्षेत्र विवादित रहको भन्दै बैकल्पिक नगरपालिका वा गाउँपालिका रहने गरि निर्णय गर्न केन्द्रलाई सिफारिस पठाएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies