Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

निलम्बनका चार दिन : अख्तियारमै बसेर चलखेल

\"lokman-singh-karki-750\"खाँदबारी, ७ कात्तिक । चार दिनअघि संसद्मा महाअभियोग दर्ता भएपछि स्वतः निलम्बित अख्तियार दुरुपयोग अनुसन्धानका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले महाअभियोगबाट बच्न सुरक्षा संयन्त्र र प्रविधि दुरुपयोग गरिरहेका छन् । आजको नागरिक दैनिकमा खबर छ– निलम्बनपछि कार्यालय नगएपनि कार्की परिसरमै रहेको निवासबाट अख्तियार चलाउन थालेपछि प्रमाण नष्ट हुने डर बढेको छ । प्रमाण नष्ट गर्ने र आफ्नो प्रभाव प्रयोग गरिरहन नपाओस भनेरै संविधानमा महाभियोग प्रक्रिया सुरु हुनासाथ निलम्बन व्यवस्था गरिएको हो । अख्तियार उच्चस्रोतका अनुसार कार्कीले नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको दुरुपयोग पहिलेकै जस्तै गरिरहेका छन् । व्यक्तिका गोप्य सम्पर्कसूत्र केलाउन उनले दूरसञ्चारप्रदायक कम्पनीले उपलब्ध गराउने प्रविधिसमेत प्रयोग गरिरहेका छन् । ‘बचाउका लागि अझै प्रहरीको एउटा संयन्त्रले सघाउँदै आएको छ, गुप्तचर विभागका मुख्य अधिकारी अझै उनकै पक्षमा छन्,’ विश्वस्त स्रोतले भन्यो । स्रोतअनुसार पुरानै शैलीमा प्रस्तुत हुने गरेका कार्कीलार्य आफ्ना लागि तयार गरेको सचिवालयले पूर्ण सहयोग गरिरहेको छ । प्रहरी, गुप्तचर, कानुन व्यवसायी, व्यापारी र विदेशी सहयोगीसँग सम्पर्कमा रहेर कार्कीले काम गरिरहेका छन् । ‘कति हदसम्म सूचना र प्रमाण जुटाइन्छ, मिडियालार्य भन्नुपरेन, सबै उस्तैउस्तै छ।’ स्रोतले थप्यो । उनले स्थापना गरेको सचिवालयमा रहेका प्रहरी, गुप्तरच, विभिन्न मन्त्रालयका अधिकारीसहितको समूहमार्फत उनी चाहेका गोप्य दस्तावेज निवासमै मगाइरहेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies