Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

महाअभियोग प्रस्तावमा मेरो पनि हस्ताक्षर छैन : ओली

\"oli-3-750\"काठमाडौं, ७ कात्तिक । एमाले अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले प्रमुख दलका सबैजसो नेताहरूसँग छलफल गरेपछि मात्रै व्यवस्थापिका संसद्मा अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेको प्रस्ट पारेका छन् । आजको राजधानी दैनिकमा खबर छ– सत्तारूढ नेपाली कांग्रेसले आफूहरूको सहमतिविनै एमालेको नेतृत्वमा सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रले महाअभियोग प्रस्ताव ल्याएको बताएपछि ओलीले प्रमुख दलबीच छलफल गरेरै प्रस्ताव दर्ता गरेको प्रस्ट पारेका हुन् । ‘प्रमुख दलका सबैजसो नेताहरूसँग यस विषयमा छलफल भएको छ, छलफलपछि मात्रै अख्तियार प्रमुखविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको हो,’ कार्कीविरुद्धको प्रस्ताव पास गराउन दबाब दिँदै ज्ञापनपत्र बुझाउन शनिबार आफ्नै निवास बालकोट आइपुगेका संयुक्त विद्यार्थी संगठनका प्रतिनिधिसँग एमाले अध्यक्ष ओलीको भनाइ थियो । उनले व्यवस्थापिका संसद्मा ‘ब्याक गिअर’ नभएकाले कार्कीविरुद्धको महाअभियोग प्रस्ताव पास गर्नुको विकल्प नरहेको पनि प्रस्ट पारेका छन् । ‘महाअभियोग प्रस्ताव धेरै सोचविचार गरेर अघि बढाइएको हो, दर्ताअघि प्रमुख दलका सबैजसो नेतासँग छलफल भएको छ, प्रस्ताव पास गर्नुको विकल्प कसैसँग पनि छैन,’ ओलीले भने, ‘तपाईंहरू ढुक्क हुनुहोस्, महाअभियोग प्रस्ताव पारित हुन्छ, संसद्मा ‘ब्याक गियर’ छैन ।’ उनले प्रस्तावमा कांग्रेस सांसदको हस्ताक्षर नभएको विषयलाई अन्यथा नलिनसमेत आग्रह गरेका छन् । महाअभियोग प्रस्ताव पेस गर्न आवश्यक संख्याअनुसार मात्रै सांसदहरूको हस्ताक्षर रहेको प्रस्ट पार्दै ओलीले प्रस्तावमा आफ्नो पनि हस्ताक्षर नरहेको बताए । ‘एमालेभित्र पनि यो विषयमा संस्थागत निर्णय भएको छैन, त्यसैले मैले पनि हस्ताक्षर गरिनँ, तर, एमाले यो प्रस्तावको पक्षमा पूर्णरूपमा उभिन्छ, अरू दलहरू पनि प्रस्तावको पक्षमा आउनुहुन्छ,’ ओलीले भने । उनले प्रस्तावमा हस्ताक्षर नभएकै कारण चिन्तित नहुन पनि कांग्रेस नेता र सांसदलाई आग्रह गरे । ‘अहिले नेपाली कांग्रेसले महाअभियोग प्रस्तावमा हाम्रो हस्ताक्षर भएन भनेर गुनासो गरेको छ, कांग्रेसलाई म ढुक्क हुन आग्रह गर्छु, त्यहाँ मेरो पनि हस्ताक्षर छैन । हस्ताक्षर नहुँदैमा चिन्ता मान्नुपर्दैन,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले भने । ओलीले एमाले वा नेकपा माओवादी केन्द्रले संसद्मा महाअभियोग प्रस्ताव दर्ता गराएको नभई संसद्ले नै गराएकाले त्यो सबैको साझा प्रस्ताव रहेको पनि प्रस्ट पारे । ‘कांग्रेसलाई एमाले र माओवादीले महाअभियोग प्रस्ताव दर्ता गरेको भन्ने लागेको चिन्ता माने जस्तो छ, त्यो कुनै पनि दलले होइन, संसद्ले नै गरेको हो,’ उनले भने । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त कार्कीविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएपछि ओलीले पहिलोपटक सार्वजनिक रूपमा प्रस्ताव पारित हुने भन्दै कुनै पनि दल कुनै पनि बहानामा यसबाट पछाडि हट्ने वा महाअभियोगको विपक्षमा जानसक्ने अवस्था अहिले नरहेको पनि प्रस्ट पारे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies