Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

लोकमानको संरक्षणमा कांग्रेसका कुन कुन नेता ?

\"nepali-congress-leader-with-lokman-copy\" काठमाडौं, ६ कात्तिक । अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई बचाउन आधा दर्जन बढी कांग्रेस नेताहरुले आन्तरिकरुपमा लबिङ गरिरहेका छन् । कांग्रेसबाट माओवादी नेतृत्वको सरकारमा सहभागी भएका उपप्रधान तथा गृहमन्त्रीदेखि कांग्रेसमा अन्य केही केन्द्रीय स्तरका नेताहरु नै कार्कीको संरक्षणमा लागि परेपछि सत्ता समिकरण नै विग्रिने संकेत देखिएको हो । सरकारको नेतृत्व गरिरहेको दल माओवादी केन्द्र र प्रमुख प्रतिपक्ष दल एमालेका संसदहरुको समर्थनमा कार्कीबिरुद्ध महाभियोग प्रस्ताव दर्ता भएपछि सत्तारुढ दलहरुबीचमा कार्कीलाई जोगाउने र कारवाही गर्ने मत विभाजन देखिएको छ । युवा विद्यार्थीदेखि आमजनताहरु लोकमानको विरोधमा एकोहोरिरहेकोबेला कांग्रेसका केही नेताहरू कुनै हालतमा उनीमाथि कारवाही गर्न नहुने लबिङमा देखिनुले नेपाली राजनीतिकर्मीकोे फरक पाटो जनतामाझ प्रष्टिदै गएको राजनीतिक विश्लेषक दीपेन्द्र झा बताउँछन् । स्रोतकाअनुसार निलम्बित प्रमुख आयुक्त कार्कीका पक्षमा सबैभन्दा खुलेर गृहमन्त्री विमलेन्द्र निधि नै लागेका छन् । गृहमन्त्री निधिले एमालेले सरकार ढाल्ने अस्त्रका रुपमा प्रचण्डलाई फसाएको भन्दै माओवादी लोकमान प्रकरणमा सत्तामै भएर पनि एमालेको धारमा अघि बढेको भन्दै कांग्रेसका नेताहरुलाई सशंकित बनाउने खालको धारणा विहीबार बसेको केन्द्रीय समितिको बैठकमा राखेको नेताहरुले बताएका छन् । कार्की प्रकरणमा कांग्रेसबाट निधिलाई साथ दिन कांग्रेस महामन्त्री डा सशांक कोइराला, नेता डा. रामशरण महत, डा. नारायण खड्का, डा.मीनेन्द्र रिजाल, अर्जुननरसिंह केसी, गुरुराज घिमिरे, एनपी साउद, रमेश लेखक लगायतका नेताहरु अग्रपंक्तिमा देखिएको श्रोतको दाबी छ । लोकमान प्रकरणका कांग्रेसका कुन नेता कसरी प्रस्तुत हुँदैछन् ? उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि नेपाली कांग्रेसका नेता तथा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि कम्युनिस्टहरुले कांग्रेसलाई जालमा पारे भन्दै उत्तेजित बनाउने र कार्कीलाई जोगाउने अभियानमा सक्रिय छन् । उनले कांग्रेसको विहीवारको बैठकमा कार्कीलाई जोगाउन पर्ने खालको आशयमा बोलेको बताइएको छ । कांग्रेस महामन्त्री डा सशांक कोइराला संविधानले सबै कुरा टुंगो लगाइसकेपछि हिन्दु धर्मको मुद्दा उचाल्दै आएका कांग्रेस महामन्त्री सशांक कोइराला पनि लोकमानको पक्षमा उभिएका छन् । सार्वजनिकस्थलमा लोकमान पक्षमा अभिब्यक्ति नदिए पनि पार्टी बैठकमा उनले खुलेरै लोकमानको पक्षमा धारणा राखेका छन् । कार्कीलाई महाभियोग लगाउने प्रस्तावमा सहयोग गर्न नहुने पक्षमा उनी छन् । स्रोतकाअनुसार उनीसहित कोइराला परिवारका सुजाता र शेखरसमेत लोकमानका पक्षमा दृढ छन् । नेता डा. नारायण खड्का कार्कीको पक्षमा दृढतापूर्वक लागेका अर्का कांग्रेस नेता हुन् डा नारायण खड्का । उनी भूकम्पपीडितहरुका लागि आएको त्रिपाल काण्डमा पनि मुछिएका व्यक्ति हुन । लोकमानकै कारण उक्त त्रिपाल काण्डमा उनले आहत नभइ राहत पाए । यतिबेला खड्काले कार्कीको त्यही गुन तिर्नका लागि उनलाई बचाउन लबिङ गरिरहेको श्रोतबाट खुल्न आएको छ । भूकम्पका बेलाका त्रिपाल घोटालामा मन्त्री खड्का र सचिव अर्जुन कार्कीलाई सफाइ दिएर लोकमानले तल्लोतहका कर्मचारीमाथि मुद्दा चलाए भन्ने समाचारहरु आएका थिए । डा मीनेन्द्र रिजाल लोकमानका पक्षमा लबिङ गरिरहेका अर्का नेता हुन डा. मीनेन्द्र रिजाल । उनको तर्क पनि निधिकै जस्तो छ– ‘प्रस्ताव पारित भयो भने एमाले र माओवादी मिलेर सरकार बनाउँछन्, हामीलाई बाहिर फाल्छन् ।’ उनले सत्तासँग जोडिएको माओवादी एमालेको लाइनमा गएको भन्दै काग्रेसभित्र फरक ढंगले लोकमानका पक्षमा लबिङ गरिरहेको बताइएको छ । कांग्रेसका अन्य आधा दर्जन बढि नेताहरु आन्तरिक रुपमा कार्कीलाई बचाउने अभियानमा लागेको खुल्न आएको छ । ‘कांग्रेसका सभापति शेरबहादुर देउवाले भने यस विषयमा फरक अभिव्यक्ति दिएका छैनन । तर पार्टीभित्र लोकमानलाई जोगाउन पर्छ भन्ने धारणा बनाउनका लागि केही नेताहरुले नेतृत्वलाई दवाव सिर्जना गरेको देखिन्छ’, एक जना कांग्रेस युवा नेताले खबरडबलीसँग बताए । लोकमानलाई बचाउने लाइनमा आन्तरिक रुपले अर्जुननरसिंह केसी, गुरुराज घिमिरे, एनपी साउद, रमेश लेखक लगायतका नेताहरु पनि लागिपरेको स्रोतले बताएको छ । यता माओवादी नेतृत्व भने, चैतमा प्रधानमन्त्री हुने गरी माओवादीसँगको भएको सम्झौताबीचमै तुहिन्छ कि भनेर सशंकित देखिएका देउवा त्यसमा आश्वस्त हुनासाथ कार्कीलाई हटाउन तयार हुने बुझाइमा छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies