Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

महाभियोगको नेतृत्व गरेर ‘जनार्दन शर्माले जे गरे ठीक गरे’

केही दिनयता नेपाली राजनीति लोकमानमय भएको छ । सर्वोच्च निकायका दुई कार्कीबीचको प्रतिशोधका कारण बल्झिएको राजनीतिले नेपाली राजनीतिकलाई नै तरंगित बनाएको छ । सर्वोच्च अदालतकी प्रधानन्यायाधीयस सुशीला कार्की र अख्तियार दुरुपयोग अनुसन्धन आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको प्रतिशोध पहिलेदेखिकै थियो । त्यसको प्रतिशोध साँध्ने मौका प्रधानन्यायाधीस कार्कीलाई बल्ल मिल्यो । सर्वोच्च अदालतले लाेकमानकाे फाइल खाल्याे । अख्तियारमा नियुक्ति पाएदेखि नै लोकमान कुनै न कुनै रुपमा विवादित थिए । लोकमानले ठूलो माछा समात्न नसकेको भनी बेलाबेलामा आवाज उठिरहेको थियो । त्यहीबीचमा झिनामसिना कारबाही गरी लोकमान हिरो बन्न खोजेको भन्दै पहिलो पटक नेत्रविक्रम चन्द ‘विप्लव’ सडकमा उत्रिएका थिए । \"janardan-sharma-prabhakar\" लोकमानले ठूलो माछा समात्न नसकेको भनी शुरुदेखि नै आलोचना भइरहेपछि विप्लवले भ्रष्टाचारको नाइके नै लोकमान भएको ठोकुवा गर्दै आन्दोलन तताएपनिबीचमा सेलायो । विप्लव र लोकमानको ठ्याकठुक मिलेको आंकलन धेरैले गरे । खैर अहिले महाभियोगकै तहमा पुग्दासमेत विप्लव भने मौन छन् । त्यसपछि लोकमानले शिक्षा क्षेत्रमा आफ्नो लाभमा मात्र काम गरेनन्, भारतले नाकाबन्दी लगाउँदासमेत इन्धन धन्दामा मुछिएको कुरा सार्वजनिक भयो । त्यसपछि लोकमानको विरोध जनस्तरमा पनि बढ्दै जान थाल्यो । सत्याग्रही डाक्टर गोविन्द केसीले आफ्नो पहिलो मुद्दा नै लोकमानविरुद्ध महाभियोग बनाए । स्वस्फूर्त युवाहरु डाक्टरको पक्षमा पछि लागे । विवेकशील नेपाली समुहले लोकमानविरुद्ध सडक अभियान नै चलाए ।   लोकमानको नियुक्ति प्रकरण अदालत पुगेपछि सर्वोच्चले पनि लोकमानको पिछा गर्न थाल्यो । मन्त्रिपरिषद् कार्यालयले लोकमानको बचाउ गर्दै पहिलो पटक भूकम्पमा नियुक्तिको फाइल हराएको जवाफ दिएपनि सर्वोच्चले पिछा छाडेन । लोकमानले माओवादी लडाकु शिविरको अनियमिताको मुद्दा ब्युँताउने चेतावनी दिँदै माओवादीलाई तर्साउन पनि खोजे । एकअर्काप्रतिको प्रतिशोध उत्कर्षमा पुग्दै थियो । सर्वोच्चलाई छल्न लोकमान विदेश उछिट्टिए । विदेशबाटै रिमोट चलाएर लोकमानले अदालतलाई तामेली गर्नसमेत अवरोध गरेपछि बहस संसद छिर्यो । बहस चर्किँदै जाँदा नेताहरुले लोकमानसँग बार्गेनिङ गरिरहेका थिए । ब्यवस्थापिका संसदमा महाभियोग परामर्श समिति गठन गरिएको भोलिपल्टै बुधबार लोकमानविरुद्ध महाभियोग दर्ता गरियो ।
आफ्ना पार्टीका अध्यक्ष प्रचण्डको कुमको भाव नबुझेरै शर्माले ओलीलाई दिएको साथले प्रचण्डको टुप्पी हल्लिएको छ । प्रचण्डको निद हराम भएको कुरा छरपष्ट भएको छ ।
माओवादी केन्द्रका नेता तथा ऊर्जामन्त्री जनार्दन शर्माले विजुली पोल र तार माग गर्न आफ्ना पार्टीका सांसदले गरेको हस्ताक्षर महाभियोगमा दर्ता गर्दा उपयोग गरिदिए । त्यही उपयोेगका कारण उल्टै शर्मालाई नै कारबाही गर्ने तहसम्म नै अध्यक्ष प्रचण्ड पुगेपछि महाभियोग नै लगाउने तहमा प्रचण्ड नै रहेनछन् भन्ने पनि यतिबेला स्पष्ट भएको छ । समयले थप कुरा बताउँदै जानेछ । रोचक त याे छ कि, आफू नेतृत्वको सरकार ढालेपछि माओवादीप्रति आगोमा भएका एमाले अध्यक्ष केपी शर्मा ओली लोकमानविरुद्ध एक कदम अघि बढेर महाभियोगको अगुवाइ गरे । आफ्ना पार्टीका अध्यक्ष प्रचण्डको कुमको भाव नबुझेरै माअोवादी नेता एवम् मन्त्री शर्माले ओलीलाई दिएको साथले प्रचण्डको टुप्पी हल्लिएको छ । प्रचण्डसँगको छलफलपछि ओलीले शर्मालाई झुक्काएर महाभियोग दर्ता गराएको कुरा बाहिर आएको छ । प्रचण्डको निद हराम भएको कुरा छरपष्ट भएको छ । भुलभुलैयामै भए पनि शर्माले जे गरे ठीक गरे । आखिर हस्ताक्षर गर्नु नै थियो, उनले अाफूसँग भएको हस्ताक्षर बुझाइदिए र त राम्रो गरे । अन्यथा एकै रातमा अग्राख पलाउने रहेछ भन्ने कुरा घाम झैं छर्लङ्ग भएको छ ।
लोकले लाज मान्दा मान्दै पनि ठूला भनिएका तीन दलका नेताले लाज नमानेपछि लोकमानले लोकमानतन्त्र सम्हाल्ने मौका पाएका हुन् भन्नेमा कुनै दुई मत छैन ।
लोकमानलाई महान बनाउने पनि यीनै ठूला तीन दल हुन् । लोकमान तिनै  थिए, जो जनआन्दोलनकासमेत दोषी हुन् । लोकले लाज मान्दा मान्दै पनि ठूला भनिएका तीन दलका नेताले लाज नमानेपछि लोकमानले लोकमानतन्त्र सम्हाल्ने मौका पाएका हुन् भन्नेमा कुनै दुई मत छैन । अब चाहेर नचाहेरै भए पनि लोकमान ठीक कि बेठीक भनेर नेताहरुलाई ओकल्न बाध्य बनाएको छ । अब नेताहरु नाङ्गै हिड्नेछन् कि लाज छोप्ने मजेत्रो ओढ्नेछन् भन्ने कुरा दुई दिनपछि नै थाहा हुनेछ ।

aplly description here...

निर्वाचन आयोगको निर्णय राप्रपामाथि कटाक्ष कि उत्प्रेरणा !

काठमाडौं, ५ चैत । सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीको विधान नै निर्वाचन आयोगले संशोधन गरिदिएको विषय अहिले निकै ठूलो बहसको विषय भएको छ । रा...

माधव नेपालको भेटी र विद्या भण्डारीको शितल निवास

एकाएक गणतन्त्रवादी भएको नेकपा एमाले पछिल्लो समय आफू मात्रै राष्ट्रवादी भनेर कोकोहोलो मच्चाइरहेको छ । कुनै बेला महाकाली बेचेको आरोप पनि एमालेलाई नै...

सहमतिका नाममा यस्तो गर्नेछन् संसदवादी दलहरु

सरकारले संविधान संशोधन विधेयक ब्यवस्थापिका संसदमा दर्ता गराएपछि प्रमुख राजनीतिक दलहरुबीच द्वन्द्व बढेको छ । संशोधन विधेयकबारे प्रमुख प्रतिपक्ष दल नेकप...

बुटवलसँगको ‘पहाडी कनेक्सन’

काठमाडौं, १९ मंसिर । सरकारले ५ नम्बर प्रदेश टुक्र्याउने गरी संविधान संशोधन विधेयक ब्यवस्थापिका संसदमा दर्ता गरेपछि आन्दोलन चर्किएको भनेकै बुटवलमा ...

प्रजातन्त्रका योद्धाहरु, जसलाई कांग्रेसले नै बिर्सियो

काठमाडौं, १८ मंसिर । प्रजातन्त्रका लागि लड्ने योद्धाहरु अहिले पनि जीवित छन् । जसले सुधारिएको पञ्चायतदेखि प्रजातन्त्र मात्र होइन, गणतन्त्रसमेत भोगे...

सीमांकन विवादः सशांकका कारण जोडिएन नवलपरासी

काठमाडौं, ११ मंसिर । संविधान जारी भएको १४ महिनामा आइतबार संविधानको दोस्रो संशोधन प्रस्ताव पेश गरिँदैछ । संविधानप्रति असन्तुष्ट मधेसवादी दलको विरोध...

द्वन्द्वको दश वर्षभन्दा शान्ति प्रक्रियाको दश वर्ष कमजोर

काठमाडौं, ५ मंसिर । दश वर्षे जनयुद्ध हुँदै शान्ति प्रक्रियामा आएको पनि आज (मंसिर ५)  ठीक दश वर्ष पुगेको छ । आजभन्दा दश वर्षअघि २०६३ मंसिर ५ गते तत्काल...

इजरायलले सिकाएको पाठ

काठमाडौं, ४ मंसिर । बाँके कोहलपुरका २० वर्षीय युवा शिव लम्साल विहान सात बजे नै आफ्नो फार्ममा पुग्छन् । कोहलपुर नगरपालिकाको मैतहवास्थित उक्त फार्मम...

महाभियोगको नेतृत्व गरेर ‘जनार्दन शर्माले जे गरे ठीक गरे’

केही दिनयता नेपाली राजनीति लोकमानमय भएको छ । सर्वोच्च निकायका दुई कार्कीबीचको प्रतिशोधका कारण बल्झिएको राजनीतिले नेपाली राजनीतिकलाई नै तरंगित बनाएको छ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies