Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

खोइ प्रतिपक्षी एमालेको रचनात्मक भूमिका

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक महिनाअघि गरेको चारदिने राजकीय भारत भ्रमण र हालै दक्षिण भारतको गोवामा आयोजना भएको ब्रिक्स बिमस्टेक आउटरिच सम्मेलनबारे बुधबार व्यवस्थापिका संसद्मा जानकारी गराए । [caption id=\"attachment_97761\" align=\"alignleft\" width=\"259\"]\"विवेक विवेक लोप्चन[/caption] सम्मेलनमा भाग लिई सोमबार स्वदेश फर्किदैँ गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री प्रचण्डले पत्रकारसामु चीनका राष्ट्रपति सि जिनपिङ र भारतीय समकक्षी नरेन्द्र मोदीलाई एकसाथ भेट्दा गर्वले छाती फुलेको प्रतिक्रिया दिए । तर उनले पत्रकारसामु दुखेसो पोखे र भने, ‘सकारात्मकलाई सकारात्मक र नकारात्मकलाई नकारात्मक भन्न नसक्ने हामी नेपाली कता जाँदैछ भन्ने कुराको मलाइ चिन्ता लागेको छ, गोवामा भएको संयुक्त भेटका विषयमा भएको अनावश्यक टिकाटिप्पणीले मलाई दुखी बनाएको छ ।’ बुधबार व्यवस्थापिका संसद् बैठकलाई सम्बोधन गर्दा पनि प्रधानमन्त्री प्रचण्डले त्यही कुरा दोहोर्याए । र आम जनताले सुन्ने गरी व्यवस्थापिका संसद्को रोष्टमबाट प्रधानमन्त्रीले भने, ‘अनावश्यक टिकाटिप्पणीबाट म दुःखी छु, त्यसले राष्ट्रिय हित प्रबद्र्धनमा टेवा पुग्दैन ।’
१९ साउनमा मुलुकको ३९ औँ प्रधानमन्त्रीमा निर्वाचित बनेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले अघि बढाएका जनमुखी कामकारबाहीका बारेमा त्यति प्रचारबाजी भएका छैनन्, जति उनको विरोध र कार्यशैलीको गलत प्रचारप्रसार गर्ने दुष्प्रयास भएको छ ।
सायदै एक महिनाअघि भएको भारत भ्रमण र हालैको ब्रिक्स बिमस्टेक आउटरिच सम्मेलनबारे प्रमुख प्रतिपक्षी नेकपा एमाले लगायतले फैलाइएको अनावश्यक हल्लाको प्रतिवाद र वास्तविकताबारे जनतालाई सुसुचित गराउन विशेष सम्बोधनका लागि व्यवस्थापिका संसद्को रोष्टममा पुगेका थिए, प्रधानमन्त्री प्रचण्ड । यद्यपी त्यसका मुल कारण त्यतिमा सीमित थिएन । १९ साउनमा मुलुकको ३९ औँ प्रधानमन्त्रीमा निर्वाचित बनेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले अघि बढाएका जनमुखी कामकारबाहीका बारेमा त्यति प्रचारबाजी भएका छैनन्, जति उनको विरोध र कार्यशैलीको गलत प्रचारप्रसार गर्ने दुष्प्रयास भएको छ । जे होस्, चाहे त्यो भारत भ्रमणलाई फर्केर हेर्दा होस् या त ब्रिक्स बिमस्टेक आउटरिच सम्मेलन नै । नेपालले एक हिसाबले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । सायद त्यो प्रचण्ड र उनी नेतृत्वको पार्टी माओवादी केन्द्रका लागि मात्रै नभएर सारा नेपालीको लागि फलदायी र उपलब्धिमुलक नै छ भन्दा अनुपयुक्त नहोला । ३० भदौमा प्रधानमन्त्रीको हैसियतमा प्रधानमन्त्री प्रचण्ड मुलुकको नेतृत्व गर्दै भारत भ्रमणमा निस्किँदै गर्दा एक पक्ष अनेक आशंका र अड्कलबाजीमा थिए भने अर्का पक्ष मुलुकले विकासको गति लिनुका साथै भारतसँगको सम्बन्ध थप समुधुर हुनेमा विश्वस्त थिए । तत्कालीन सत्तासहयात्री नेकपा एमालेले गरेको हजारौँ गल्ती र आफू सत्तामा हुँदाहुँदै आफैँलाई सिध्याउन एमालेले खेलेको भूमिकाबाट सचेत हुँदै सरकारबाट बाहिरिएका प्रचण्डलाई प्रधानमन्त्रीमा निर्वाचित भएदेखि नै असफल बनाउनेहरुको समूह बनिसकेको थियो । त्यही समुह हो, जसले प्रधानमन्त्री भारत भ्रमणमा जाँदा होस् या ब्रिक्स बिमस्टेक सम्मेलनमा जाँदा, गलत प्रचार र विरोधी शैली अपनाइयो । प्रधानमन्त्री भारत भ्रमणमा निस्किँदा प्रचण्डलाई देशको माया नै छैन भनेर एक समूहले प्रचार गर्यो । जुन नियोजित हल्ला र प्रचार थियो । भारतीय उच्च अधिकारीसँग प्रधानमन्त्रीको हैसियतले प्रचण्ड भेटघाटमा व्यस्त रहँदा नेपालमा अरुण नदी बेचेकोदेखि दर्जनौँ राष्ट्रघाती सम्झौता भयो भनेर हल्ला फैलाइएकै हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री प्रचण्डबीचको एक्लाएक्लै वार्ता र संयुक्त वार्तापछि जारी भएको २५ बुँदे संयुक्त वक्तव्यमाथि केही समय यहाँका विरोधीहरुले खासै विरोध जनाएनन् । तर बुँदा नम्बर १२ मा उल्लेख भएका नेपाल र भारत अन्तर्राष्ट्रिय मञ्चहरुमा एकै सहमति अनुरुप अघि बढ्ने भन्ने विषयलाई परराष्ट्रनीति र राष्ट्रघाती भएको भन्दै यहाँका एउटा पक्ष विरोधमा उत्रिए । त्यसलाई विषय बनाउँदै सामाजिक सञ्जालका भित्ता रंगाए, सार्वजनिक मञ्चमा भाषण दिन थाले । तर त्यो सम्झौता प्रचण्डले नभई तत्कालीन परराष्ट्रमन्त्री तथा एमाले नेता महेन्द्रबहादुर पाण्डेले २०१४ मा भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग गरेको सरकारले पुष्टि गर्यो । प्रधानमन्त्री प्रचण्डले आफ्नो भ्रमणमा राष्ट्रिय हित र नेपाली जनताका पक्षमा अधिकांश सम्झौता र सहमति गरेको पाइएपछि प्रचण्डविरुद्ध गलत प्रचार गर्नकै लागि जन्मेका एक समूहले उनका धर्मपत्नी सीता दाहालप्रति प्रहार गरे । जुन बहस विषयमा केन्द्रित नै थिएन अर्थात जुन कुरा बहसको विषय नै थिएन । सीता दाहाल प्रधानमन्त्री प्रचण्डको ठीक विपरीत अर्थात मोदीको लाइनमा बसेको फोटोलाई लिएर प्रधानमन्त्रीले आफ्नो पत्नी मोदीलाई बेचेकोसम्मको आरोप लगाउन भ्याए यहाँका एक समुहले । प्रधानमन्त्रीमाथिको रिस उनकी धर्मपत्नी सीता दाहालमाथि पोख्दै गर्दा तिनीहरुलाई सीता दाहाल नेपालकी आमा हुन् भन्नेसम्म सोच्न भ्याएनन् । उनीहरु मजाकमा व्यस्त थिए, सायद उनीहरुलाई लागेको थियो, ‘प्रचण्डको बदला सीतालाई प्रहार गरेरै भए पनि हामीले जित्यौ ।’ तर उनीहरुले कहिल्यै एउटा कुरा बोध गरेनन् कि मुलुकको प्रतिनिधित्व गर्दै कुनै पनि राजनीतिक दलका नेता अन्य मुलुकमा जाँदा उनले नेपालको प्रतिनिधित्व गरेको छ । त्यसका विरुद्ध फैलाइएका अफवाहको भागीदार आफू पनि हो । झण्डै एक महिना प्रधानमन्त्रीको भारत भ्रमणको अनावश्यक प्रचारबाजी गर्नमै दिन बिताएका विरोधीहरुको अचेल दिनचर्या फेरिएको छ । उनीहरु अहिले दक्षिण भारतको गोवामा भएको ब्रिक्स बिमस्टेक आउटरिच सम्मेलनतिर लागेका छन् । जसको जति नकारात्मक हल्ला पिटे पनि त्यसका परिणामले उक्त भ्रमण नेपाल र नेपाली जनताको पक्षमा अधिकतम काम गर्न सफल भएको मान्न सकिन्छ । \"prachanda_modi_xi\" ब्रिक्स बिमस्टेक आउटरिच सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री त्यसतर्फ जाँदै गर्दा उही समूह कराउँदै थिए, ‘त्यो सम्मेलनमा जानुको कुनै अर्थ छैन ।’ सम्मेलनस्थलमा पुगेर जब प्रधानमन्त्रीले महत्वपूर्ण भेटघाट गर्न थाले, त्यसपछि फेरि विरोधीहरुले विरोधका विषय हेर्न थाले । तर सम्मेलन सकिनै लाग्दासमेत उनीहरुले विरोधका कुनै विषय भेटेनन् । हामी सबै गर्वका साथ भन्न सक्छौँ, कि गोवामा भएको त्रिपक्षीय भेट सामान्य कुरा होइन, त्यसले नेपाली र नेपालको शीरलाई ठाडो बनाएकै छ। तर नेपालका एक समूहले त्यसलाई अनावश्यक हल्ला र प्रचारबाजी गर्दै बहसको विषय बनायो । प्रमुख प्रतिपक्षीले प्रतिक्षालयमा भएको भेटलाई बढी हल्ला गर्दै व्यक्तिगत फाइदा लिन प्रधानमन्त्री तल्लिन भएको आरोप समेत लगाउन भ्याए । निश्चय पनि प्रतिक्षालयको भेटले महत्व त नराख्लान् नै तर उक्त भेटमा भएको दीर्घकालीन महत्वका विषयहरुलाई हामीले अस्वीकार गर्न मिल्दैन । त्यही भेट, जुन भेट प्रधानमन्त्री प्रचण्डले गोवामा गरे । अनि त्यस्तै प्रस्तुती जसरी प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपतिलाई उत्तर र भारतीय प्रधानमन्त्रीलाई दक्षिणतिर राखेर आफ्ना कुरा राखे । अनि उत्तिकै दृढताका साथ नेपाली जनता र राष्ट्रका पक्षमा एमाले अध्यक्ष ओलीले आफ्ना कुरा राखेको भए यहाँका मिडियाका हेडलाइन र बहसका विषय अरु नै हुन्थ्यो । तर प्रचण्डले गरेका प्रगति र उपलब्धिलाई किन सकारात्मक रुपमा लिन सकेनन्, भन्ने प्रश्न उठेको छ । सार्वजनिक रुपमा आएका अभिव्यक्ति र सामाजिक सञ्जालमा पोखिएका असन्तुष्टिलाई हेर्ने हो भने सरकारले गरेका जनमुखी र राष्ट्रिय हितका विषयमा अनावश्यक प्रचारबाजी गर्ने काम प्रमुख प्रतिपक्षी एमालेले नै गरेको हो । ती सबै गतिविधिलाई नियाल्दा एमालेलाई लाग्दो हो, प्रतिपक्षीको काम भनेको विरोध र अनावश्यक हल्ला अनि प्रचारबाजी गर्ने हो । तर एमालेजनले राम्रोसँग बुझे हुन्छ, प्रतिपक्षीको भूमिका माओवादी र कांग्रेसले पनि खेलेको छ । विरोध मात्रै गर्ने प्रतिपक्षीको कर्तव्य ठान्छौँ भने एमालेजनले विगतमा माओवादी र कांग्रेसले खेलेको रचनात्मक प्रतिपक्षीको भूमिकाबाट पाठ सिके हुन्छ । प्रचण्डले मुलुकको बागडोर सम्हालेदेखि अहिलेसम्म हेर्दा लाग्छ, विरोध गर्नेहरु उनको विरोध गरेरै थाकिसके । जे होस्, यो पटक प्रचण्ड नेतृत्वमा जनमुखी काम भएका छन् । भारत भ्रमणका सवाल होस्, अर्थात ब्रिक्स बिमस्टेक आउटरिच सम्मेलन त अरु नै केही विषयमा प्रचण्डको विरोध गर्न केही बाँकी पो छन् कि ? विरोध गर्ने तपाईको कर्तव्य हो भने एकपटक सोच्नुहोस्, तपाई विषयमा केन्द्रित भएर विरोध गर्दै हुनुहुन्छ कि लहैलहैमा लागेर । प्रतिक्रियाका लागि  blama7360@gmail.com
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies