Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

कुवेतमा अलपत्र १५ नेपालीको फोकस नेपालद्वारा उद्धार

\"kubet-nepali\" काठमाडौं, ४ कात्तिक । कुवेतमा तलव नपाएर अलपत्र अवस्थामा रहेका १५ जना नेपाली कामदारलाई एक म्यानपावरले उद्धार गरेको छ ।  सिनामंगलस्थित फोकस नेपाल ओभरसिजले कुवेतमा तलव नपाएर अलपत्र अवस्थामा रहेका १५ जना नेपाली कामदारलाई उद्धारगरी नेपाल फिर्ता गराएको हो । फोकस नेपालले कुवेतस्थित रोजगारदाता कम्पनी खलिफा दुअ‍ैज अल डाबोस एण्ड ब्रोदर्शमा सन् २०१५ जनवरी महिनाको दोस्रो हप्ता २२ जना नेपाली कामदार पठाएको थियो । रोजगारदाता कम्पनीले त्यसको चार महिनासम्म करार अनुसारको सेवा सुविधा दिए पनि त्यसपछि समस्या उत्पन्न भएपछि दूतावासको पहलमा फिर्ता गरिएको म्यानपावर कम्पनीका सञ्चालक इन्द्र थापाले बताए । \"focus-nepal\"आफूले पठाएका कामदारहरुलाई समस्या परेपछि थापा आफै कुवेत पुगेर उद्धार गरेका हुन् । नेपाली दूतावासको सक्रियता र सहकार्यमा कामदारहरुको बाँकी तलव र सुविधा भुक्तान गर्न लगाई कामदार फिर्ता गरिएको उनले बताए । कुवेतको उक्त कम्पनीमा बिभिन्न मुलुकका एक हजारभन्दा बढि कामदार भए पनि नेपाली भने २२ जना मात्र थिए । उक्त कम्पनीमा ३ सय भारतीय कामदार छन् । उनीहरु गएको चार महिनापछि २२ जना मध्ये ६ जनालाई मात्र वर्कपरमिट दिई बाँकी १६ जनाको प्रक्रियामा रहेको छ भन्दै कम्पनीले आलटाल गर्दै आएको थियो । नेपाल फर्किने नेपाली कामदारहरमा अनिल चौधरी, दिलबहादुर कुमाल, गणेशदास तत्मा, गंगाबहादुर रोका मगर, जवाहर यादव, कृष्णलाल खवास, मनोज महतो, पोमालप्रसाद राजबंशी, प्रकाश धमला, सन्तकुमार दनुवार, सार्जन चौधरी, शंकरकुमार दनुवार, सविनकुमार खवास, उमेस पासवान र मनबहादुर तामाङ रहेका छन् । उनीहरुलाई पुनः वैदेशिक रोजगारमा पठाउन आफैले पहल गर्ने पनि थापाले आश्वासन दिएका छन् । फिर्ता आएका कामदार अन्य खाडी मुलुकमा जान चाहेमा निःशुल्क रोजगारीको लागि आफ्नो मेनपावर मार्फत पठाउने उनले बताए । कुवेतको कम्पनीले बस्ने आवास दिए पनि खान र काम नदिनुका साथै आवासीय भिषा पनि नलगाइदिएको अवस्थामा नेपालबाट म्यानपावर कम्पनीका सञ्चालक नै गई आफूहरुको समस्या समाधान गरेको भन्दै उद्धार गरिएका नेपालीहरुले खुशी ब्यक्त गरेका छन् । दूतावासका तर्फबाट कार्यवाहक राजदूत यज्ञबहादुर हमाल तथा द्वितीय सचिव भोगेन्द्र लिङ्देनले उद्धारका लागि सहयोग गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies