Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

मलेसीयामा विप्लव माओवादी निकट युवाहरुले नेपाली राजदुतावासलाई ज्ञापनपत्र बुझाए

[caption id=\"attachment_97547\" align=\"aligncenter\" width=\"886\"]\"ज्ञापनपत्र ज्ञापनपत्र बुजाउदै माेचार्का नेताहरू[/caption] मलेसीया, ४ कार्तिक ।  बिप्लब माओबादी निकट रहेको नेपाली जनप्रगतिसिल मोर्चा मलेसियामा संलग्न युवाहरुले विदेसमा रहेका युवाको समस्या र समाधानको विकल्प सहित माग राख्दै मलेसीयामा रहेको नेपाली राजदुताबासलाई ज्ञापनपत्र बुझाएको छ । मोर्चाको हाललै केयलमा सम्पन्न केन्द्रिय समितिको पूर्ण बैठकले मलेसीयामा रहेका युवाको समस्याबारे राजदुतावासमा ज्ञापनपत्र बुझाउने निर्णण गरेको थियो । उक्त बैठकमा मलेसीयामा रहेका पुर्ब जनमुक्ती सेनाहरु समेतको बिषेस सहभागिता रहेको जनाउदैं मोर्चाका प्रबक्ता टिकाराम ओलीले खबरडबलीसँग भने–‘हामी युवा जनशक्तिलाई राज्यले स्वदेसमै रोजगारीको वातावरण प्रदान गरोस भन्ने चाहन्छौ । तर राज्य भने देश विकासमा युवालाई लगाउको साटो विदेसी भूमिमा लखेट्ने योजना बनाउदैं छ । यो सकारले नीति गलत छ । हामीले विदेसमा गएर दुख पाइरहेका युवाहरुको समस्या राज्यलाई जानकारी गराउने उद्देश्यले नेपाली राजदुतावास मार्फत ज्ञापन पज्ञ बुझाएका छौ ।’ उनले मलेसीयामा धेरै युवाले वैदेसीक रोजगारीको क्रममा दुख पाएको खबर पाएको सकेजति उनिहरुको समाधानका लागि कोसीष गरेको बताउदैं भने –‘राज्य किन युवालाई विदेसमा पठाएर जिम्मेवार विहीन जस्तो बन्दै छ ? किन उनीहरुको श्रम अधिकारको पालना गराउन राज्यका निकायहरु मौन छन ? हामीलाई गम्भिर आसंका उत्पन्न भएको छ।’ नेपाली जनप्रगतिसिल मोर्चाको मलेसियाका केन्द्रिय अध्यक्ष सुमन श्रेष्ठको अध्यक्षता तथा मोर्चा समयोजक युबराज कोइरालाको प्रमुख अथित्यतामा सम्पन्न उक्त बैठकले विदेसीएका युवाको समस्याका बारेमा आवाज उठाउने निस्कर्ष निकालेको थियो । मोर्चाका अध्यक्ष सुमनले पेश गरेको राजनीतिक प्रस्ताब लाई बैठकले पारित गर्दै युवा केन्द्रित कार्यक्रम गर्ने निर्णय अघि बढाएको हो । बैठकमा महासचिव महेश ओली सागठानिक प्रस्ताव र उपाध्यक्ष आयुश खडका आथिक प्रस्ताबलाई समेत राखेको बताइएको छ । असल राजनीतिक संस्कार विकासको निम्ति सबै देसभक्त युवाहरू एकता बद्ध रहनुपर्ने ,राजनीतिक दलहरुले गरेको गलत कामको विरोध गर्नु पर्ने कुरामा जोड दिनुपर्ने, राष्ट्रिय एकताको निम्ति आन्तरिक समस्याहरुको सहि तरिकाले समाधान र सम्बोधन गर्नुपर्ने, जातीय, क्षेत्रीय,धार्मिक विद्धेष फैलन नदिन हरेक नागरिक सचेत हुनुपर्ने कुरामा बैठमा बोल्ने वक्ताहरुले जोड दिएका थिए । खराब राजनीतिक अवस्था र देशको विकासले गति लिन नसकेकै कारणले युवाहरु रोजगारीको लागि परदेशिनु परेको अवस्थामा वैकल्पिक क्रान्तिकारी शक्ति बिप्लब माओवादी मात्र देश विकासको मुद्धालाई प्रधान बनाई नयाँ राजनीतिक अध्यायको सुरुवात गर्नु राम्रो भएको र यसले लिने आर्थिक एजेन्डा, जनजीविकाको सवालले मात्र देशको बिकास हुनेमा प्रष्ट पार्दै अध्यक्ष श्रेष्ठको भनाइ रहेको थियो । बैठकमा आन्तरिक संगठनको विषय, नेपालको समकालीन अवस्था र मलेसिया नेपालीहरुको अवस्था र प्रवासमा रहेरपनि आफ्नो देशलाई दिन सकिने योगदानको विषयमा सयोजक युबराज कोइरालाले महत्त्वपूर्ण बिचार राखेका थिए । मलेसिया बाट आफ्नो कार्यकाल सकिएपछि नेपाल तयारीमा रहेका संयोजक युबराज,सल्लाहकार प्रेम र खगेन्द्रलाइ माेर्चाको तर्फबाट सम्मान पत्र प्रर्दान गरिएको थियो । उनीहरुलाई मलेसीयामा रहेर नेपाली युवाको समस्यामा सहयोग गरेको भन्दै उक्त सम्मान गरिएको बताइएको छ । लामो समय मोर्चाको महत्वपूर्ण जिम्मेवारीमा रहेर काम गर्दै आएका उनीहरुलाई बिदाई गर्दै मोर्चाले महासचिव महेश ओलीलाई संयोजकको जिम्मेवारी दिने निर्णय समेत गरेको मोर्चाले जनाएको छ ।  

मोर्चाले कार्तिक तीन गते अन्र्तरक्रिया गर्ने

मलेसीयामा आउँदो ३ महिना भित्रमा बृहत अन्तरक्रिया तथा आन्तरिक प्रशिक्षण गर्ने मोर्चाको हालै सम्पन्न बैठकले निर्णय गरेको छ । हरेक महिनामा केन्द्रिय सचिवालयको बैठक गर्ने र हरेक क्षेत्रलाई सुविधा हुने गरि बैठक स्थल बिकेन्द्रिकृत गर्ने निर्णय समेत उक्त बैठकले गरेको मलेसीयाबाट मोर्चाका प्रवक्ता ओलीले जनाएका छन । नेपालको राजनीतिक अवस्थाले गर्दा समग्र क्षेत्र नाजुक अवस्थामा रहेको र रास्ट्रीय सोधिन्ता रा र्सार्वभौम सत्ताको लागि सचेत युवाहरुले असल तरिकाले राजनीति गर्नुपर्ने, असल र सक्षम पार्टी तथा नेतृत्वलाइ साथ् दिनुपर्ने अहिलेको अवस्थामा वैकल्पिक क्रन्तीकारी पाटी नेकपा माओबादी रहेको बैठकले निश्कर्ष निकालेको मोर्चाले जनाइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies