Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

झापाका पवनले गरे राजवंशी भाषामा गीताको अनुवाद

\"geeta-1\"झापा, १ कार्तिक । ‘काम कर, फलेर आश नाकर १’ – राजवंशी भाषामा ‘श्रीमद्भागवत गीता’को सार हो यो । लोकप्रिय हिन्दू धार्मिक ग्रन्थ ‘गीता’का सम्पूर्ण उपदेशलाई राजवंशी भाषामा अनुवाद गरेका छन्, कनकाई–९ निवासी पवन राजवंशीले । यतिबेला पवनले राजवंशी भाषामा अनुवाद गरेकाे गीता नेपाल, भारत र बङ्गलादेशमा बसोबास गर्ने एक करोड राजवंशी भाषीका लागि अनुपम उपहार भएको छ । स्वर्गीय कुलदीप राजवंशी र आमा जलेश्वरी देवी राजवंशीको कान्छो सन्तानका रुपमा झापाको कनकाईमा जन्मनुभएका ४७ वर्षीय पवन राजवंशी समुदायबाट नेपालका पहिलो प्राज्ञसमेत हुन् । उनलाई नेपाल ललितकला प्रतिष्ठान काठमाडौँले २०६९ सालमा प्राज्ञ मनोनयन गरेको हो । प्रायः यतिबेला झापाका दर्जनौँ विद्यालयमा चित्रकला पढाउँदै आउनुभएका पवन राजवंशी भाषाको पहिलो पत्रिकाका ‘बिचन’को संस्थापक सम्पादकसमेत हुन् ।  तर अर्थाभावका कारण केही वर्ष सो पत्रिका प्रकाशित गरेर बन्द गर्नुपरेको उनको भनाइ छ । उनले भने – “जातीय भाषामा पहिलो पत्रिका त निकालेँ तर त्यसलाई निरन्तरता दिन मसँग पैसा भएन, बन्द गरिदिएँ ।” चित्रकलामा विशेष दखल राख्ने पवन साधा जीवन जिउछन । राजवंशी समुदायको ‘कला शिरोमणि’कै उचाइ नापिएका आम नेपालीका उत्तिकै प्रिय र प्रेरक व्यक्तित्व बनेका छन्। उनले ‘अनुभूति’ नामक रङ्गीन कार्टुन चित्र सङ्ग्रहसमेत प्रकाशित गरिसकेका छन । यतिबेला उनी झापाबाटै प्रकाशित हुने विभिन्न पत्रपत्रिकामा कार्टुन चित्र बनाउँदै आएका छन । कुनै बखत उनी झापाको विर्तामोडबाट प्रसारित कञ्चनजङ्गा रेडियोमा राजवंशी भाषामा समाचार वाचन गर्छन । त्यसैबेला रेडियोका प्रबन्ध निर्देशक चन्द्र भण्डारीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’लाई राजवंशी भाषामा उल्था गर्न हौस्याँएका रहेछन । उनी भन्छन, “आखिर त्यही हौसलाबाट प्रेरित भएर मैले जातीय भाषामा ‘गीता’ नै अनुवाद गरेँ ।” रासस  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies