Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

मुक्तिनाथमा धार्मिक पर्यटकको भीड

\"%e0%a4%ae%e0%a5%81%e0%a4%95%e0%a5%8d%e0%a4%a4%e0%a4%bf%e0%a4%a8%e0%a4%be%e0%a4%a5-400x300-750\" मुस्ताङ, २९ असोज । मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा धार्मिक पर्यटकको भीड लागेको छ । मुक्तिनाथ मन्दिरको दर्शन र १०८ धारामा स्नान गर्न देशका विभिन्न भागबाट भक्तजन मुक्तिनाथ पुगेका हुन् । दसैँंको बिदा मनाउन मुस्ताङ घुम्न आउने अधिकांश आन्तरिक पर्यटक मुक्तिनाथ पुग्ने गरेका छन् । दशमीको भोलिपल्टबाट मुक्तिनाथमा दैनिक चार हजार भन्दा बढी धार्मिक पर्यटक आउने गरेको मन्दिरका मूख्य पुजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिएका छन । मुक्तिनाथमा हिन्दू र बौद्ध दुबै धर्मालम्बीका भक्तजन दर्शनका लागि आउने गरेको मुख्य पुजारी सुवेदीको भनाइ छ । “सोह्रश्राद्धको समय भन्दा अहिले भीड छ, बिहानैदेखि यहाँ पुजापाठ र स्नान गर्नेको भीड हुन्छ”, उहाँले भन्नुभयो, “बाटोकै कारण अझै मान्छेहरु आउनसकेका छैनन् ।” सरकारले कागबेनी– मुक्तिनाथको १२ किलोमिटर सडकलाई कालोपत्रे बनाउने काम सुरु गरेपनि त्यसले पूर्णता पाउन सकेको छैन । “यहाँसम्म सडकको सहज पहुँचभयो भने धार्मिक पर्यटकको सङ्ख्या बढ्नेमा कुनै शंङ्का छैन”, उनले भने । खासगरी दसैँदेखि तिहारसम्म मुक्तिनाथमा धार्मिक पर्यटक ओइरिन थालेको हो । मुक्तिनाथमा दर्शन, पूजापाठ र स्नान गरेमा भित्री मनोकांक्षा पूरा हुने जनविश्वास छ । मुक्तिनाथ आउने धार्मिक पर्यटकका कारण कागबेनी, मुक्तिनाथ र जोमसोमका होटल भरिभराउ भएको मुक्तिनाथका होटल व्यवसायी सुरज गुरुङले बताए । “हामीले सोचेको भन्दा बढी धार्मिक पर्यटक आएका छन्, होटलमा बास नपाएर मान्छे धर्मशालातिर बस्न बाध्य छन्”, उनले भने , “दैनिक चार हजार धार्मिक पर्यटक आउने गरेको अनुमान छ ।” अनुकूल मौसमका कारण पनि वातावरण पर्यटकका लागि सहज भएको उहाँको भनाइ छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies