Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

थारू समुदायमा लोकप्रिय सखिया नृत्य सुरू

\"26042016123038gaver-5-1000x0-750\" कञ्चनपुर, २७ असोज । नेपालीहरूको महान चाडपर्वमा मादलको तालसँगै कम्मर मर्काउँदै थारु युवतीले नाच्ने सखिया नृत्य यतिबेला पश्चिम नेपालमा सुरू भएको छ । सामूहिक रुपमा सबैका घर घरमा गएर नाचिने भएकाले यस नृत्यले समाजमा सद्भाव फैलाउन मद्दत पु¥याउने र सामाजिक सद्भाव एवं धार्मिक भावना जगाउँने विश्वास गरिन्छ । धार्मिक अनुष्ठान र तान्त्रिक विधिबाट मात्रै नृत्यको आरम्भ र अन्त्य गरिने भएकाले यस नृत्यमा थारु समुदायको अटूट आस्था र धार्मिक विश्वास रहेको पाइन्छ । थारु समुदायले कृष्णजन्माष्टमीको दिनदेखि सखिया नृत्यको सुरुवात गरेर दसैँसम्म यसलाई निरन्तरता दिने गर्छन् । तर आजभोलि गाउँअनुसार अनुकूलता र प्रतिकूलतालाई ध्यानमा राखी सखिया नृत्यको आयोजना गर्ने गरिन्छ । एक महिनासम्म यस नृत्यको आयोजना गरिँदै आइएकामा खर्च बढी लाग्ने र बढी समय खेल्दा नाच्ने युवतीलाई पट्यार लाग्ने भएपछि हाल सखिया नृत्यलाई छोट्याएर १० दिनदेखि १५ दिनमा सीमित गरिएको थारु अगुवाहले बताएका छन । थारु गाउँका भलाद्मी, बडघर, गुरुवा, केसौका आदिको बैठक बसी सखिया नृत्यको आयोजनाका लागि छलफल गरेपछि नृत्यको व्यवस्थापनको चाजोपाँजो मिलाइन्छ । गुरुवा ९झाँक्री०ले तान्त्रिक विधिद्वारा नृत्यमा सहभागिता जनाउने युवा–युवतीलाई दुष्टात्माको भवितव्यबाट बचाउन पूजा र अनुष्ठान गरेपछि यस नाचको प्रारम्भ गर्ने चलन रहेको झलारी पिपलाडी नगरपालिका–३ जोनापुरका थारु अगुवा मनिराम चौधरीले बताए । सखिया नृत्यमा भगवान् कृष्णको जन्मलीलादेखि मृत्युसम्मको वर्णन गरिएको हुन्छ । नृत्यमा चारजना मादल बजाउने मदारीको रहेका हुन्छन । नृृृत्यको बीच बीचमा गीतलाई फरक फरक भाका हालेर गाउने गरिन्छ । थारू संस्माकृति अनुसार दल बजाउने कार्यको अगुवाइ गर्ने व्यक्तिलाई अगुवा मदारी भन्ने गरिन्छ । अगुवा मदारीको तालमै ताल मिलाउँदै मादल बजाउनेलाई पछुवा मदारी भनिन्छ । नृत्यमा गीत गाउने महिलाको अगुवाइ गर्नेलाई ‘मोह्रिन्या’ भन्ने गरिन्छ । मोह्रिन्याको सिको गर्दै नाच्ने युवतीलाई जेठ गोहिया र पछगोहिया भनिन्छ । नृत्यमा मादलको तालसँगै विभिन्न मुद्रामा युवतीले नृत्य पस्कने गर्छन् जसलाई थारु भाषामा खोट पैँया भनिन्छ । थारु राजनीतिकर्मी दानसिंह दहितले भने – “पैँया २२ प्रकारको हुने गरेको भए पनि हाल मदारीहरुले आफैँ सिर्जना गरेर पैँयाको तरिकामा परिवर्तन ल्याएकाले यो बढी पनि हुन सक्छ ।” यस नृत्यमा मादलको ताल र गीतसँगै नृत्य गर्ने युवतीले खुट्टाको पैतालासँगै शरीरलाई मोडेर विभिन्न मुद्रामा पेस गर्नुपर्ने हुन्छ । यस पौराणिक तर मनमोहक नृत्य हेर्नेहरुको समेत थारु गाउँमा निकै भीड लाग्ने गरेको छ । सप्तमीको दिनसम्म रातिको समयमा निश्चित स्थानमा गरिने यो नृत्य अष्टमीको रातभरि आयोजना गरिन्छ । अष्टमीको रातभरि आयोजना गरिने नृत्यलाई भेडुवा जगैना भनिने उल्लेख गर्दै थारु संस्कृतिका जानकार परदेशी चौधरी भन्छन – “यस दिन थारु समुदायले कुभिन्डोको भेडा बनाई बलि दिने परम्परासमेत रहेको छ ।” पञ्चमीको दिन अघि सादा पोसाकमा यस नृत्यलाई पस्किने भए पनि पञ्चमीका दिनदेखि मादल बजाउने मदारीहरुले सेतो धोती र कमिज लगाउने गर्छन् । नृत्य गर्ने युवतीले रङ्गीविरङ्गी ऐना जडान गरेका लेहङ्गा, चोल्या, अंगिया, सेतो फरिया र गोन्या लगाउने गर्छन् । हातमा मैजरी लिएर मादलको तालसँगै महिलाले बजाउनेसमेत गर्छन् । अष्टमीको दिन पछि रातमा नाचिँदै आएको सखिया नृत्य दिउँसो नाच्ने गरिन्छ । दिउँसो पख नाचिने सखिया नृत्यमा थारु युवतीले कृष्णको लीलालाई आफ्नै भाषामा बखान गरी गीतमार्फत व्यक्त गर्ने गर्छन् । गीतमा कृष्णको जन्मदेखि राधिकासँग रासलीला गरेको र कंश बध गरिएको प्रसङ्ग उल्लेख गरी परम्परागत तरिकाले आफ्नै लयमा गाइने गरिन्छ । यस नाचलाई दसैँका दिन धनी, गरिब, गाउँका मान्यजन सबैका घर घरमा गएर देखाउने भएकाले विगतका रिसराग बिर्सी सबैले हेर्ने गर्छन् । बडघरसँग टीका थाप्न जाँदासमेत सखियालगायतका परम्परागत नृत्य लगेर देखाउने चलन यस समुदायमा रहेको छ । दसैँपछि नृत्यमा सहभागी सबैलाई सहभागी गराई भोज खाने चलन समुदायमा विद्यमान रहेको फुलराम चौधरीले बताए । जसलाई थारु भाषामा ‘ख्यारा’ खाने भनिन्छ । यो नृत्य सामूहिक रुपमा प्रस्तुत गरिने भएकाले यसले समाजमा सामूहिक भावनाको विकास गराउने र गाउँका बासिन्दाबीचको मनमुटाव र झगडालाई हटाई मेलमिलाप गराउने पिपलाडीका वडघर नरेन्द्र चौधरीले बताए । धार्मिक मान्यताअनुरुप यो नृत्यको आयोजना गरिए गाउँमा अन्नबाली बढी फल्ने, रोगव्याधी हट्ने र वर्षभरिका लागि अन्न खान पुग्ने विश्वास थारु समुदायमा रहेको छ । यसलाई अर्को शब्दमा थारु समुदायले ‘धर्ती जाग्ना’ भन्ने गर्छन् । सखिया नृत्यको आयोजना गरेमा धर्ती जाग्ने र प्रशस्त अन्न फल्ने विश्वास यस समुदायमा रहेको छ । विदेशी पर्यटकलाई समेत यस नृत्यले गाउँसम्म पुगेर फोटो खिच्न लोभ्याउँछ । सशस्त्र द्वन्द्वका बेला गाउँ जान छाडेका विदेशी पर्यटक अहिले यहाँका गाउँसम्म पुगेर सखिया नृत्यबारे चासो लिन थालेका छन् । युवा पिँढीले छाड्दै गएको यो नृत्यमा हाल आएर धेरैले चासो दिन थालेका छन् । थारु समुदायका पौराणिक धार्मिक मान्यता बोकेका गीत र नृत्य संरक्षणप्रति युवाले जागरुकता देखाउन थालेपछि संरक्षणमा टेवा पुगेको थारु सामाजिक कार्यकर्ता रेवन चौधरी बताउछन । उनले भने – “हराउँदै गएको संस्कृति जोगाउनका लागि युवा पिँढी अघि सर्न थालेपछि थारु समुदायको पहिचान जोगिएको छ ।” रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies