/  Tue, June 26, 2018

जासुसीको आरोपमा भारतले निष्कासन गरेका चिनियाँ पत्रकारसँग ग्रेटर नेपालले छलफल गर्यो ग्रेटर नेपाल निर्माणको आधारभूमि दार्जीलिङ हुन सक्ने

mmexport14758326455541-750

काठमाडौं, २१ असोज । जासुसीको आरोप लागउदैँ गत जुलाईमा नयाँ दिल्लीबाट निष्कासन गरिएका चिनियाँ पत्रकारसँग ग्रेटरनेपाल राष्ट्रवादी मोर्चाले भेटघाट गरेको छ ।
भेटघाटको क्रममा ऊ जियाङसँग ग्रेटर नेपाल बारे गंभीर छलफल भएको नेपालले बताएको राष्ट्रवादी मोर्चाले बताएको छ ।
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले आफ्नो चिन भ्रमणको अवधिमा उनीसँग भेटेर भारतमा रहेका नेपालीको अवस्था र ग्रेटर नेपालको भुमीबारे उनले संकलन गरेका केहि महत्वपूर्ण सामाग्रीहरु उनीबाट प्राप्त गरेको बताएका छन् ।
ग्रेटर नेपालका अध्यक्ष नेपालले खबरडबलीसँग भने–‘उहाँसँगको भेटबाट केहि महत्वपूर्ण जानकारीहरु प्राप्त भएका छन् । त्यसले गुमेको नेपालको भुमी खोज्ने हाम्रो अभियानमा सघाउँ पु¥याउँछ ।’
पत्रकार ऊले दिल्लीमा रहँदा धेरै पटक कालिम्पोङको भ्रमण गरेका र त्यहाँ ९० प्रतिशत मानिसहरु नेपाली मूलका रहेका हुँदा ग्रेटर नेपाल निर्माणको आधारभूमि दार्जीलिङ हुन सक्ने भनी आफूसँग बताएको नेपालले खबरडबलीसँग बताएका छन् ।
उक्त अवसरमा नेपालले ऊलाई ग्रेटर नेपालको नक्सा पनि उपहार दिएका उनले बताएका छन ।
चीनको प्रतिष्ठित सरकारी समाचार संस्था सिन्ह्वा न्यूज एजेन्सीका दिल्ली ब्यूरो प्रमुख ऊ जियाङसँग ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले बेइजिङमा भेटघाट गरेको बताएका छन ।
प्रतिबन्धित सुविधा उपभोग गरी चीनका लागि जासुसी गरेको भन्दै नयाँ दिल्लीले जुलाई ३१ भित्र भारत छोड्न आदेश दिएपछि ऊ जियाङ सहित मुम्बईमा कार्यरत सिन्ह्वा सम्बद्ध अन्य २ जना चिनियाँ पत्रकारहरु पनि बेइजिङ फर्केका थिए ।
पटक पटक भिसाको अवधि बढाउँदै विगत ६ वर्षदेखि नयाँ दिल्लीमा रहँदै आएका पत्रकार ऊ सिन्ह्वा न्युज एजेन्सी भित्र एक प्रभावशाली व्यक्ति मानिन्छन् ।
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले हालै दुई साता लामो चीन भ्रमणका अवसरमा पत्रकार ऊ जियाङलाई बेइजिङमा भेटेका हुन ।

अशोज २१ गते, २०७३ - १६:२५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुन्डी करोबारका ‘नाइके’ पनि पोदार नै, २५ वर्षदेखि संलग्न !

काठमाडौं । ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या काण्डमा संलग्न रहेको आरोपमा पक्राउ परेका विमल पोदार...   
असारे विकास : दुई महिनाको खर्च तीन दिनमै !

असारे विकास : दुई महिनाको खर्च तीन दिनमै !

काठमाडौं । सरकारले आर्थिक वर्षको सुरुवाती दुई महिनामा खर्च गरेजति बजेट असारको तीन दिनमै सकेको छ। आजको...   
त्यो बेला कहाँ गएको थियो रवि लामिछानेको राष्ट्रप्रेम ?

त्यो बेला कहाँ गएको थियो रवि लामिछानेको राष्ट्रप्रेम ?

मलाई पैसा चाहिएको थियो । मलाई जागिर चाहिएको थियो । मैले सम्पत्ति कमाउनु परेको थियो । मसँग अरु केही उपाय...   

आज अर्जेन्टिना र क्रोएसिया भिड्दै : मेसीको जादु चल्ला की नचल्ला ?

मस्को । २१औं संस्करणको विश्वकपको शुरुवात अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीका लागि शुखत रहेन । पहिलो...   

प्रधानमन्त्री ओली आज चीन जाँदै, यी विषयमा हुँदै छ सम्झौता

काठमाडौ‌ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग नेपालको विकास एवं पूर्वाधार निर्माणमा सहयोग र सहकार्यको...   

मेसी फेरी चुके पेनाल्टीमा, जसकारण बराबरीमा खेल टुंगियो

काठमाडौं । कमजोर मानिएको आइसल्याण्ड टिम । सबैले आजको खेललाई अर्जेन्टिनाका लागि अंकतालिकामा शीर्षता...   
आलोचना शारदाको, निशानामा प्रचण्ड ! निर्माण कम्पनिको भित्रि कथा

आलोचना शारदाको, निशानामा प्रचण्ड ! निर्माण कम्पनिको भित्रि कथा

भक्तपुर–नगरकोट जाने सडक । केही स्थानमा कालोपत्रे सम्पन्न भएको देखिन्छ, कतै ग्रेभलको तयारी । त्यसो...   

महिला र पुरुष एकरातमा कति पटकसम्म सेक्स गर्न सक्छन् ?

सेक्सका मामिलामा जानकार तथा विज्ञहहरुले गरेको अनुमानलाई हेर्ने हो भने एक वयस्क पुरुषले एक रातमा कति...   
रोनाल्डोको ह्याट्रिक, पोर्चुगल र स्पेन बराबरीमा

रोनाल्डोको ह्याट्रिक, पोर्चुगल र स्पेन बराबरीमा

फिफा विश्वकप फुटबलको २१ औँ संस्करणको गएराति भएको उत्कृष्ट खेल निकै रोमाञ्चक रह्यो । रुसको सोचीमा भएको...   

बलात्कार आरोपी छाड्न माग गर्दै प्रदर्शन

दाङ । बलात्कारको आरोपमा पक्राउ परेका एक युवकलाई छुटाउन माग गर्दै दाङको गढवामा स्थानीयले प्रदर्शन...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top