/  Mon, November 20, 2017

लाप्राकमा बन्ने भो भूकम्पपीडितका लागि नमूना बस्ती प्रचण्डले गरे शिलान्यास

laprak-gorkha-pmगोरखा, २१ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल सरकार र गैरआवासीय नेपाली संघ (एनआरएन) को लगानीमा निर्माण हुने लाप्राकको एकीकृत नमूना बस्तीको शिलान्यास गरेका छन् ।

शुक्रबार नेपाली सेनाको हेलिकोप्टरबाट लाप्राक पुगेका प्रधानमन्त्रीले नमूना बस्ती शिलान्यास गरेका हुन् । नमुना बस्तीको शिलान्यास गर्दै प्रचण्डले एकीकृत बस्ती मात्रै नमुना नमूना बस्ती भएको बताए ।

एकीकृत बस्तीमा निर्माण हुने संग्रहालयमा पानी घट्ट, जाँतो, ढिकी, लाइभ प्रोग्राम देखाउन मिल्ने हल, परम्परागत बस्तु र संस्कारबारे सामग्री, मन्दिर, देवल पनि हुनेछन् । एकीकृत बस्तीमा सोलार इनर्जी, अपांगमैत्री संरचना हुने

लाप्राकको नमुना बस्तीले देशलाई नै नयाँ सन्देश दिन सक्ने र यसले सम्पूर्ण नेपालीमा आशा जगाउन सक्ने बताए । उनले एनआरएन अध्यक्ष शेष घले लगायत देशप्रतिको ममता सम्मानयोग्य रहेको बताए । एनआरएनले बनाउने ६ सय घर मध्ये ४४४ घर लाप्राकमा निर्माण हुनेछ । बाँकी १५० घरका लागि सरकारले नयाँ ठाउँ खोज्ने प्रधानमन्त्री प्रचण्डले बताए ।

प्रधानमन्त्री प्रचण्डले एनआरएन अध्यक्ष घलेको पनि निकै प्रशंशा गरे । ‘एनआरएनले खतरा मोलेको छ, जोखिम मोलेको छ । शेष घलेजीको परिचय त्यसै बनेको होइन । उहाँले आँटेपछि काम पुरा गर्नुहुन्छ भन्ने मलाई विश्वास छ’, प्रचण्डले भने, ‘एनआरएनका साथीहरुभित्र देखिएको राष्ट्रिय भावना हामी सबैका लागि प्रेरणादायी छ ।’

कार्यक्रममा नेपाल सरकारका मूख्य सचिव डा. सोमलाल सुवेदीले एकीकृत बस्ती निर्माणको गुरुयोजना स्वागतयोग्य रहेको बताउँदै आउने समस्यामा सरकार साझेदारी गर्न तयार रहेको बताए ।

कार्यक्रममा एनआरएनका अध्यक्ष शेष घलेले प्रधानमन्त्रीको सम्बोधनले आफूहरुलाई ढुक्क बनाएको भन्दै १२ महिनाभित्र लाप्राकबासीलाई नयाँ घरमा सार्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा इन्जिनियर स्वरुप कोनेले नमूना बस्तीको सर्भे र तयारीको काम सम्पन्न भएको जानकारी दिए । नेपाल सरकारबाट जग्गा उपलब्ध गराउने निर्णय भएपछि एनआरएनले निर्माण कार्य प्रारम्भ गरेको हो ।

लाप्राकको एकीकृत बस्ती प्राकृतिक र भौगोलिक संरचना, वातावरण नबिग्रने गरी स्थानीय सामाग्रीको प्रयोगद्धारा निर्माण गरिने एनआएनका अध्यक्ष शेष घलेले जानकारी दिए ।

एकीकृत बस्तीमा विद्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, स्थानीय जाति, जनजातिको भेषभुषा, संस्कृति र रहनसहन झल्कने एवं प्राकृतिक स्वरुप कायम हुने खालका घरहरुमा बनाइनेछ ।

एकीकृत बस्तीमा निर्माण हुने संग्रहालयमा पानी घट्ट, जाँतो, ढिकी, लाइभ प्रोग्राम देखाउन मिल्ने हल, परम्परागत बस्तु र संस्कारबारे सामग्री, मन्दिर, देवल पनि हुनेछन् । एकीकृत बस्तीमा सोलार इनर्जी, अपांगमैत्री संरचना हुने इन्जिनियर कोनेले जानकारी दिए ।

बस्तीमा होमस्टे, सामुदायिक गेष्ट हाउस समेत निर्माण गरी व्यक्तिगत र संस्थागत आम्दानीको स्रोत जुटाइने संघका अध्यक्ष घलेले बताए । घर निर्माणका लागि प्रतिघर ९ देखि १० लाख लागत लाग्ने, १८ हेक्टर जमिन निर्माण स्वीकृति लिइएको र ३० देखि ३५ लाखको लागत लाग्ने अनुमान गरिएको छ ।

अशोज २१ गते, २०७३ - १४:११ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माओवादी केन्द्रद्वारा ३ पोलिटव्युरो सदस्यसहित १० जना केन्द्रीय सदस्य निष्कासन

माओवादी केन्द्रद्वारा ३ पोलिटव्युरो सदस्यसहित १० जना केन्द्रीय सदस्य निष्कासन

काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्ना ३ जना पोलिटव्युरो सदस्यसहित १० जनालाई पार्टी सदस्यसमेत नरहने...   
अग्नि सापकोटा अर्थात् इमान्दार, कर्तव्यनिष्ठ र जनताप्रति समर्पित नेता

अग्नि सापकोटा अर्थात् इमान्दार, कर्तव्यनिष्ठ र जनताप्रति समर्पित नेता

तत्कालीन पूर्ब १ नं क्षेत्रको सदरमुकाम चौतारा बजारको उत्तरपूर्वी कुनाको भिरालो पाखामा जन्मिएका हुन्...   
खुलासा : सद्दाम हुसेनलाई फाँसी दिदाँ भक्कालिनएका थिए अमेरिकी सेना

खुलासा : सद्दाम हुसेनलाई फाँसी दिदाँ भक्कालिनएका थिए अमेरिकी सेना

सद्दाम हुसेनको सुरक्षामा राखिएका १२ अमेरिकी सैनिक उनको पूरा जीवनका उत्कृष्ट मित्र नभएपनि उनका अन्तिम...   
सरकार छोड्ने तयारी गरेको माओवादी सरकारमै रहने घोषणा

सरकार छोड्ने तयारी गरेको माओवादी सरकारमै रहने घोषणा

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकार छोड्नका लागी तयार गरेको विज्ञप्ती रोकेर तत्काल सरकार नछाड्ने...   
माओवादी र एमालेबिच भएको ७ बुँदे सहमति यस्तो छ

माओवादी र एमालेबिच भएको ७ बुँदे सहमति यस्तो छ

काठमाडौं । दुई ठुला बाम घटक नेकपा माओवादी केन्द्र र नेकपा एमालेबिच हुने भनिएको चुनावी तालमेल र पार्टी...   
एमाले र माओवादीबिच पार्टी एकता हुने, सुर्य चुनाव चिन्ह

एमाले र माओवादीबिच पार्टी एकता हुने, सुर्य चुनाव चिन्ह

काठमाडौं । नेकपा माओवादी र नेकपा एमालेबिच पार्टी एकताको ७ बुँदे सहमति भएको छ । आज पेरसडाँडामा भएको...   
चुनावका लागी वाइसीयलको यस्तो तयारी

चुनावका लागी वाइसीयलको यस्तो तयारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको सहायक संगठन वाइसीयल नेपालले आउँदो मंसिर १० र २१ को प्रदेश तथा संघको...   
आउँदो चुनावमा माओवादीसँग तालमेल गर्ने एमाले निर्णय

आउँदो चुनावमा माओवादीसँग तालमेल गर्ने एमाले निर्णय

काठमाडौं । संसदको दोस्रो ठूलो दल एवं प्रमुख प्रतिपक्षी नेकपा एमालेले आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा...   
अमेरिकी सेनाले उत्तर कोरियाली जनतामाथि गरेका अत्यचारका ९ तस्वीर

अमेरिकी सेनाले उत्तर कोरियाली जनतामाथि गरेका अत्यचारका ९ तस्वीर

एजेन्सी। अहिले अमेरिका र उत्तरकोरियाबिच तनावको अवस्थामा छ । कहिलेकाही यी दुवै देशका अभिव्यक्तिहरु...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य सामाचारहरु :
Top