/  Mon, February 20, 2017

हाइटीमा शक्तिशाली आँधी, २८३ को मृत्यु जेरेमी शहरका ८० प्रतिशत घर ढले

haiti-750काठमाडाैं,२१ असोज । हाइटीमा करिब एक दशक यताकै शक्तिशाली म्याथु आँधीका कारण मृत्यु हुनेको सङ्ख्या २ सय ८३ पुगेको छ ।

हाइटी र क्युबा पछि उक्त आँधी क्रमशः अमेरिकी राज्य दक्षिण फ्लोरिडा, उत्तरी क्यारोलिना, जर्जियातिर अघि बढेको बताइएको छ ।

आँधीका कारण हाइटीको राजधानी पोर्ट ओ प्रिन्सलाई जोड्ने पुल भत्किएपछि त्यहाँको स्थिति भयावह बनेको यहाँको गृह मन्त्रालयद्वारा जारी एक विज्ञप्तिमा जनाइएको छ ।

हाइटीको सबैभन्दा महत्वपूर्ण शहर जेरेमी पूर्ण रुपमा ध्यस्त भएको छ । त्यहाँ ८० प्रतिशत घर ढलेको छ ।

आँधीका कारण हाइटी विभिन्न क्षेत्रमा ठूलो सङ्ख्यामा घर भत्किएका, रुखहरू ढल्दा यातायात आवतजावतमा कठिनाई भएको र कतिपय सहरी तथा ग्रामीण वस्ती जलमग्न भएको मन्त्रालयले जनाएको छ ।

हाइटीमा विनाश मच्चाएपछि यो आँधी अमेरिकाको फ्लोरिडा पुगेको छ । फ्लोरिडामा १२५ किलोमिटर प्रतिघन्टाको गतिमा हावा चलेको थियो ।

आँधी आउने सक्ने भन्दै अमेरिकाको चार राज्यमा संकटकाल घोषणा गरी उद्धार टोली समेत तयारी अवस्थामा राखिएको थियो भने फ्लोरिडा राज्यका २० लाख भन्दा बढी मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको थियो ।

आँधीका कारण अमेरिकी राष्ट्रपति बाराक ओबामाले फ्लोरिडामा आफ्नो पार्टीको तर्फबाट राष्ट्रपतिका उम्मेदवार हिलारी क्लिन्टनको समर्थनमा चुनावी सम्बोधन गर्न तय गरिएको कार्यक्रम तत्कालका लागि रद्द भएको बताइएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

क्रान्तिकारी पत्रकार महासंघ नवलपरासीमा पोखरेल

क्रान्तिकारी पत्रकार महासंघ नवलपरासीमा पोखरेल

नवलपरासी, ८ फागुन । क्रान्तिकारी पत्रकार महासंघ नवलपरासीको अध्यक्षमा घनश्याम पोखरेल ‘राजु’ निर्वाचित...   
नेबिसंघ र वाईसीएल झडप

नेबिसंघ र वाईसीएल झडप

रुकुम, ८ फागुन । रुकुमको आठबिसकोटमा अाइतबार नेपाल विद्यार्थी सङ्घ र योङ्ग कम्युनिष्ट लिग(वाइसिएल)बीच...   
राप्रपा अध्यक्षमा थापा र राणाको उम्मेदवारी दर्ता, लोहनी पछि हटे

राप्रपा अध्यक्षमा थापा र राणाको उम्मेदवारी दर्ता, लोहनी पछि हटे

काठमाडौं, ८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीको काठमाडौंमा जारी महाधिवेशमा पार्टीको आगामी नेतृत्वका...   
बंगलादेशमा मनाङको विजयी शुरुवात, बंगलादेशी क्लव २–० ले पराजित

बंगलादेशमा मनाङको विजयी शुरुवात, बंगलादेशी क्लव २–० ले पराजित

काठमाडौं, ८ फागुन । बंगलादेशमा चलिरहेको शेख कमल अन्तर्राष्ट्रिय क्लव कप फुटवलमा नेपालको ए डिभिजन क्लव...   
बैंकिङ कसुर मुद्दामा कार्की समातिए

बैंकिङ कसुर मुद्दामा कार्की समातिए

काठमाडौं, ८ फागुन । बैकिङ्ग कसूर मुद्दामा बुढानिलकण्ठ नगरपालिका–५ बस्ने मदनबहादुर कार्की पक्राउ परेका...   
मोर्चा आवद्ध सातै दलका नेतालाई आकस्मिक बालुवाटार डाकियो

मोर्चा आवद्ध सातै दलका नेतालाई आकस्मिक बालुवाटार डाकियो

काठमाडौं, ८ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुत लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध...   
अमेरिकाको टेक्सासमा हजारौंको प्रदर्शन

अमेरिकाको टेक्सासमा हजारौंको प्रदर्शन

हाउस्टन, ८ फागुन । संयुक्त राज्य अमेरिकाको दक्षिणी राज्य टेक्सासको डाल्लास महानगरमा करिब एक हजार सात...   
यातायात अभावमा उपचारका लागि हेलिकप्टर चार्टर गरी काठमाडौँ

यातायात अभावमा उपचारका लागि हेलिकप्टर चार्टर गरी काठमाडौँ

सोलुखुम्बु, ८ फागुन । जङ्गलमा काठ काट्ने क्रममा मुढाले किचेर घाइते बनेका गुदेल– २ सोलुखुम्बुका ३३ वर्षीय...   
राष्ट्रवादको बर्कोमा दूतावासमा पैसा माग्ने विद्यार्थी

राष्ट्रवादको बर्कोमा दूतावासमा पैसा माग्ने विद्यार्थी

स्ववियुको सान्दर्भिकताबारे पक्ष र विपक्षमा तर्कहरु पेश हुँदै गर्दा त्रिभुवन विश्वविद्यालयले मिति...   
विमानस्थलमा अर्को सुन काण्ड, डेढ किलो सुनसहित एक भारतीय समातिए

विमानस्थलमा अर्को सुन काण्ड, डेढ किलो सुनसहित एक भारतीय समातिए

काठमाडौं, ८ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकपछि अर्को अबैध सुन बरामद भइरहँदा आइतबार...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु :
Top