Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

‘दलित आत्मसम्मानको खोजी’शीर्षकमा फोटो प्रदर्शनी

\"_d6a1909\"ललितपुर २० असोज । नेपालपिक्चर लाइब्रेरीको आयोजनामा पाटन संग्रहालयमा ‘दलितःआत्मसम्मानको खोजी’शीर्षकमाफोटो प्रदर्शनी चलिरहेको छ । दलितका विभिन्न सामाजिक , साँस्कृृतिक दिन दैनिकी तथा रहनसहनका विविध पक्ष र सन्दर्भमा जोडिएका तस्वीर प्रदर्शनीका आकर्षण रहेका छन् । \"4\" दलितले सामना गर्दै आउनु परेका सामाजिक , अर्थिक तथा बौद्धिक प्रतिकुलताको इतिहासलाई तस्वीरले साक्षीका रुपमा काम गरेका छन् । प्रदर्शनीमा राखिएका तस्वीरले दलितले आफ्नो सांस्कृतिक इतिहासलाई स्रोत मानेर कसरी सम्मान जनक रुपमा आफ्नो पहिचान निर्माण गर्न सकेकाछन् भन्ने विषय समेत समेटिएका छन् । प्रदर्शनीकै एक तस्वीरमा चित्रित अभियन्ता उमादेवी वादी भन्छिन् ‘यो देशमा दलितहरूले आत्मसम्मानका साथ बाँच्न नपाउन्जेल समाजमा विद्यमान असमानता निर्मूल पार्ने हाम्रो सपना असम्भव नै रहनेछ ।’ \"_mg_5638\" प्रदर्शनीमा राखिएका तस्वीर अवलोकनपछि काठमाडौं विश्वविद्यालय सेन्टर फर आर्ट एण्ड डिजाइनका प्रोग्रामक ोअडिनेटर सुजन चित्रकारले नेपालमादलितकाविषयमा केन्द्रीत रहेर गरिएको यो प्रदर्शनीले सीमान्तकृत समुदायको आवाजलाई प्रभावकारी रुपमा प्रस्तुतगर्न सकेको बताए । उनले भने, ‘दलितकाविषय तस्वीरमा रहेपनि यसले समग्रमा नेपालमा यसको वस्तुस्थिति कस्तो रहेको छ र उनीहरुका आवाजलाई प्रभावकारी रुपमा उठाउनमा समेत मद्दत पुग्दछ । सीमान्तकृत समुदायको सशक्त आवाज यी तस्वीरले बोल्छन् ।’ \"_d6a1830\" ‘काठमाडौँ २०१६ फोटो महोत्सव’को सन्दर्भ पारेर यो प्रदर्शनी ११ असोज देखि ११ मंसिरसम्म चल्नेछ । ८० वटाभन्दा बढी ऐतिहासिक तथा समसामयिक तस्वीरमार्फत यस प्रदर्शनीले नेपालमा दलित अनुभवको अभिलेखीकरण गरेको प्रदर्शनीका क्यूरेटर दिवस राजा केसीले बताए । यस प्रदर्शनीमा झन्डै २० विभिन्न व्यक्तिगत तथा संस्थागत अभिलेखालय बाट संकलित फोटोहरू राखिएको केसीले जनाए ।प्रदर्शनीपछि नेपालको दलितइतिहास र अनुभवलाई समेटेर एक फोटो पुस्तक प्रकाशन गर्ने उद्देश्य समेत नेपाल पिक्चर लाइब्रेरीका ेरहेको केसीले जनाए । \"5\" सामाजिक मुद्दाहरुसँग अन्तत्र्रिmयागर्नका लागि दृश्य माध्यम ठोस र पहुँचयुक्त हुने भएकाले प्रदर्शनीको महत्व बढेको आयोजकको भनाइ रहेको छ ।प्रदर्शनी ११ असोज देखि सुरु भएको हो । ११ मंसिरसम्म रहने यस प्रदर्शनीमा ८० वटाभन्दा बढी ऐतिहासिक तथा समसामयिकतस्वीरहरू राखिएको छ ।प्रदर्शनीले नेपालको दलितको सामाजिक जीवन र उनीहरुका सीपगत विषयका बहुआयामलाई बुझ्न निकै सघाउँ पुग्ने प्रगतिवादी सांस्कृतिककर्मी आहुतिले बताए । \"_mg_5589-1\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies