Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

बढ्यो दशैको चहलपहल, गाउँ भरिँदै सहर रित्तिँदै

\"dashain-ticket-booking-750\"पोखरा, १९ असोज । नेपालीको महान् चाड बडादसैँको आगमनले पोखरा र आसपासमा केही दिनयता चहलपहल बढ्दै छ । दसैँलाई लक्षित गरी आवतजावत गर्नेको चाप सहर क्षेत्रमा बढिरहेको छ भने दसैँका लागि गाउँ फर्कने क्रमले विगतमा सुनसान बनेका बस्तीमा खुसीयाली बढाएको छ । रोजगारीको खोजीमा युवाको गाउँ छोड्नुपर्ने बाध्यता भए पनि दसैँ तिहार जस्ता चाडपर्वले वर्षमा एक दुई पटक परिवारका सदस्यबीच जमघट गराउने गरेको कास्की भरतपोखरीका टेकप्रसाद अधिकारी बताउँछन् । “पछिल्ला वर्षमा अधिकांश गाउँका युवा रोजगारीको खोजीमा विदेश गएका छन् भने नेपालभित्रै पनि रोजगारी र अन्य अवसरका लागि युवा सहर बस्ने गरेकाले धेरै गाउँमा बूढाबूढीबाहेक कोही छैनन्,” उनले भने, “कहिले दसैँ आउँला र आफ्ना छोराछोरीसँग बसौँला भन्ने आशमा वर्ष बिताएका बूढाबूढीमा आफ्ना छोराछोरी तथा परिवारका सदस्य फर्केपछि खुसीयाली छाएको छ ।” रोजगारीका सिलसिलामा भारतको नयाँदिल्लीमा पुगेका नेपाली केही दिनयता ठूलो सङ्ख्यामा फर्किरहेको दिल्ली–पोखरा–दिल्ली बस सेवा सञ्चालन गर्दै आएको मोर्डन इरा टुर एन्ड ट्राभल्स दिल्ली शाखाका संयोजक दिलप पौडेलले जानकारी दिए । दसैँ आउन एक महिना अघिदेखि नै पोखरा तथा बागलुङको बस टिकट लिन धेरै नेपाली सम्पर्कमा आएको उनले बताए । “मोर्डन इराले दिल्लीको बरफखानाबाट बागलुङ हप्तामा तीन दिन र दिल्लीकै जहांगिरपुरीबाट पोखरा दैनिक एक वटा बस निरन्तर सञ्चालन गर्दै आएको थियो,” उहाँले भन्नुभयो, दसैँ तिहारमा स्वदेश फर्कने नेपालीको चापलाई दृष्टिगत गरी दिल्लीबाट बागलुङ दैनिक एक बस सञ्चालनमा ल्याएका छौँ भने जहांगिरपुरीबाट अरु दुई वटा बस थपेर दैनिक तीनवटा वस सञ्चालनमा आएका छन् ।” मोर्डन इरा र उत्तर प्रदेश परिबहन निगमको सहकार्यमा नयाँदिल्लीकै आनन्द विहारबाट पोखरा र पोखराबाट आन्नद विहारका लागि दैनिक नेपाल भारतमैत्री बस सेवा पनि सञ्चालन हुँदै आएको छ । दसैँको समयमा आफ्ना घर फर्कन चाहने प्रत्येक सर्वसाधारणलाई असहज नहोस् भनी पृथ्वी राजमार्ग बस सञ्चालक समितिले प्रत्येक रुटमा थप बस सञ्चालन गरिररहेको पृथ्वी राजमार्ग बस सञ्चालक समितिका अध्यक्ष एनकुमार शाहीले जानकारी दिए । “दसैँमा घर फर्कने जो कोहीले यातायातका कारण असुविधा नपाउन् भन्ने सोचका साथ गाडीको सङ्ख्या बढाएका छौँ,” उनले भने, “पृथ्वी राजमार्ग बस सञ्चालक समितिअन्तर्गत पोखराबाट दैनिक ६÷७ सय सङ्ख्यामा बस गुडिरहेकामा दसैँलाई लक्षित गरी लगभग एक हजार ३०० भन्दा बढी सङ्ख्याका बसले यतिखेर सेवा दिइरहेका छन् ।” घटस्थापना सुरु भएयता रोजगारीका क्रममा पोखरा बस्दै आएका अधिकांश सर्वसाधारण दैनिक रुपमा आफ्नो स्थायी बसोबास भएका बागलुङ, म्याग्दी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, तनहुँ, गोरखा, लमजुङलगायतका विभिन्न जिल्लामा फर्कने क्रम निकै बढिरहेको छ । दसैँका लागि पोखराको टुँडिखेललगायतका स्थानमा हिमाली जिल्लाबाट भेडा च्याङ्ग्रा बिक्रीका लागि ल्याउने क्रम पनि बढिरहेको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies