अब पनि नयाँ ढङ्गले चल्न नसक्ने र नयाँ काम गर्न रहर मात्रै गर्ने हो भने रहरेहरुको अस्तित्व रहने छैन ।नयाँ बन्नुको अर्थ नाकले खाने, आँखाले सुँघ्ने, मुखले सुन्ने, कानले हेर्ने होइन होला ! अनि नयाँको अर्को अर्थ उही पुरानै भाव–भङ्गीमा दुनियाँलाई रमिता देखाउन भए–नभएका पार्टीका नेता–कार्यकर्ता लाईन लगाएर पार्टी प्रवेश गराउने, श्रम, उत्पादनमा रमाइरहेकाहरुलाई समेत अनुत्पादक पार्टीमा ल्याएर चाटुकार नेता–कार्यकर्ता बनाई टोपल्ने, सेमिनार, गोष्ठी, भेला, प्रशिक्षण, धर्ना–जुलुस, हडताल, भाषण गर्ने सुत्र समृद्धिका बाधक हुन । यत्ति बुझ्न पनि धेरै अबेला हुन लागिसक्यो । अब ढिला गर्नु हुँदैन । सिद्धान्तहिन, शैली र बाटोको गोलचक्करमा फसिरहनुभन्दा बरु सिद्धान्ततः नै अघि बढेर अनुत्पादक काम छोड्नु पर्दछ । किनकी, वीपीले त्यसै हल्लेर, केही नगरी भाषण मात्रै गरेर समाजवाद आउछ कहीं भनेका छैनन् । श्रममा नै जोडिनु पर्दछ । उत्पादन नै प्रमूख हो भनेको पाइन्छ । साम्यवादका प्रवर्तक कार्लमाक्सले त झन क्रान्तिलाई इकोसिस्टमसँग तुलना गर्नु भएको छ । इकोसिस्टमलाई प्राकृतिक उत्पादन, श्रमसँग जोड्नु भएको छ । कम्युनिष्ट मेनुफेस्टो, दास क्यापिटल पूँजी भोल्युम एक, दुई, तीन लगायत अन्य सबै माक्र्सका रचनाहरु श्रम र उत्पादनसँग जोडिएका छन ।
साम्यवादका प्रवर्तक कार्लमार्क्सले त झन क्रान्तिलाई इकोसिस्टमसँग तुलना गर्नु भएको छ । इकोसिस्टमलाई प्राकृतिक उत्पादन, श्रमसँग जोड्नु भएको छ । कम्युनिष्ट मेनुफेस्टो, दास क्यापिटल पूँजी भोल्युम एक, दुई, तीन लगायत अन्य सबै मार्क्सका रचनाहरु श्रम र उत्पादनसँग जोडिएका छन ।उनले क्रान्ति निरन्तर चलिरहने गति हो भनेका छन, जस्तैः असारमा धान रोप्ने, खनजोत, गोडमेल गर्दै मङ्सिरमा फल्छ, पाक्छ, त्यसलाई काट्ने, सुकाउने, भण्डारण गर्ने, अर्को असारको लागि बिउ, बिजण राख्ने, उपभोग गर्ने, नगदमा रुपान्तरण गर्ने, अरु आवश्यकताहरु नगदबाट पूर्ति गर्ने फेरि असार आउँछ, धान रोप्ने, मङ्सिर आउँछ धान काटेर भण्डारण गर्ने यस्तो क्रम निरन्तर चलिरहन्छ । यही हो क्रान्ति भनेकाछन । उनले आज सुन्तलाको बोट रोपेर भोली नै त्यहीं बोटमा त्यस्सै लटरम्म स्याउ फल्छ भनेका सुन्नेहरुको भींड विस्तारै तित्तर–वित्तर हुने छ, भइरहेको पाइन्छ । उत्पादन गर्नेहरु थोरै र उपभोग गर्नेहरु धेरै भए बजार भाउ आकासिन्छ । महङ्गी बढ्छ । जनजीवन कष्टकर हुन्छ । यसमा वितरण प्रणाली पनि वैज्ञानिक नभए उस्तै दुर्दसा हुन्छ भनेर पनि उल्लेख गरेका छन । हामीले भोगेको वर्तमान समस्याहरु विशेष आर्थिक समस्या सिद्धान्ततः कार्लमाक्र्स, वीपीको बर्खिलाप गएर भएको हो जस्तो देखिन्छ । उनीहरुले न्याय, स्वतन्त्रता र अधिकारप्राप्तिको आन्दोलनलाई ध्यान देउ तर, श्रम, उत्पादनलाई विशेष जोड देउ भनेकैछन । तर, ती सिद्धान्तलाई जीवनदर्शन मान्ने राजनैतिक दलका नेताहरु न श्रम, न त उत्पादन सधै अनुत्पादक काम र भाषणमा व्यस्त छन । यस्तो लाजमर्दो चरित्र अझै पनि कति, किन प्रदर्शन हुन्छ ? सोँचनीय छ । कार्लमार्क्सले सरप्लस भ्यालूको सिद्धान्त, म्याटेरियलिस्ट कन्सेप्सन आफ हिस्टोरी, एलाइटेसन एण्ड एक्सप्लोइटेसन आफ दी ओर्कर, लेबर थ्याउरी अफ भ्यालू जस्ता थुप्रै सिद्धान्तहरु बीचमा एउटा सिद्धान्त क्लास स्ट्रगल पनि प्रतिपादन गरे । यो नेपाली कम्युनिष्ट क्रान्तिकारी भनाउँदाहरुको मागीखाने भाँडो भयो–क्लास स्ट्रगल मिन्स वर्ग सङ्घर्ष । वर्ग सङ्घर्षमा पनि माक्र्सले श्रम, उत्पादन र न्ययोचित वित्तरण प्रणालीलाई जोड दिनु भएको छ । विभेदविरुद्ध सामन्ती राज्य–व्यवस्था अन्त्य गर्नसम्म मात्र लड्न नभएर आर्थिक समृद्धिको लागि पनि विशेषतः सबै वादहरु बाधक छैनन । छन् त बाधक तिनै भाषण गरेर नथाक्ने नेताहरु । सडकका रेलिङ भाँच्ने, ढुङ्गा–मुढा, नेपालबन्द, हत्या–हिंसामा संलग्न नेताका चाटुकार कार्यकर्ता नै बाधक छन । किन यस्तो भएको होला ! जनता आक्रान्त भएर पनि बडो धैर्य गरिरहेका छन । जिँ ज्याक रुसोले भनेझै धैर्य निकै तीतो हुन्छ तर, यसको फल निकै मीठो हुन्छ । त्यसैले होला कि धैर्यताको बाँध जनताहरु अझै सम्हालिरहेका छन !
विभेदविरुद्ध सामन्ती राज्य–व्यवस्था अन्त्य गर्नसम्म मात्र लड्न नभएर आर्थिक समृद्धिको लागि पनि विशेषतः सबै वादहरु बाधक छैनन । छन त बाधक तिनै भाषण गरेर नथाक्ने नेताहरु छन ।यदि, नेपाल समृद्ध मूलुक बनाउने हो भने कुनै अमुक अनुत्पादक दलको नेता–कार्यकर्ता बनेर होइन, एक असल सचेत नागरिक भएर श्रमशील र उद्यमशील भएर सबैको माझ उदाहरणीय रुपमा प्रस्तुत हुन सक्नु पर्दछ । सुनारको सय चोट लोहारको एकैचोट भनेझै लोकतान्त्रिक गणतन्त्र राज्य–व्यवस्थामा हजारौं पटक भाषण, धर्ना उफ्री–पाफ्री गर्नेहरुभन्दा देसको नेतृत्व चुन्नेबेला, शासन प्रणाली फेर्नेबेला अथवा मूलुकको हरेक एतिहासिक निर्णयमा मत व्यक्त गर्नेबेला एकपटक स्वास्तिक छाप लगाउने नागरिक लाखौं गुणा धेरै बलियो हुन्छ । आर्थिक समृद्धिको लागि श्रम र उत्पादनबाहेक अरु विकल्प छैन । शासन प्रणाली गतिलो भएर मात्रै देश बन्ने होइन, श्रम र उत्पादनमा इमान्दारीताका साथ लाग्नु पहिलो शर्त हुन आउछ । कतिपय शासन प्रणाली त परैको कुरा भयो । संविधान नै नभएका देसहरु पनि समृद्ध बनेकाछन । आमनागरिकले इमान्दारीताका साथ सचेतता पूर्वक आफ्नो कर्तव्य पुरा गर्ने हो भने हाम्रो देसको शासन व्यवस्था कस्तो हुने ? हाम्रो देस कस्तो बन्ने ? नेता कस्तो छान्ने ? एक स्वस्तिक छाप, एक सेकेण्ड लाग्नेछ । यसरी युगौं आँशु र रगतको आहालमा डुब्नु पर्नेछैन । के ठीक र के बेठीक ? प्रशस्त स्वतन्त्र सुचना, सञ्जाल र सञ्चारको साथमा छौँ । त्यसो त आफै पनि सचेत र सक्षम छौँ । तसर्थ, आजैदेखि समृद्ध नेपाल निर्माणको लागि सबैजना एक भएर श्रम र उत्पादनमा जुटौँ ।
प्रतिकृया लेख्नुहोस्: