Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

‘प्रचण्डपथ’मा काेलम्बियाकाे फार्क विद्रोही

\"farc-agriment-sign\" काठमाडौं, १५ असोज । तत्कालिन नेकपा (माओवादी)ले नेपालमा दश वर्ष सशस्त्र युद्ध गरी हतियार बिसायो । सशस्त्र जनयुद्धको कमाण्डर रहेका थिए, पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तिनै प्रचण्ड अहिले नेपालको प्रधानमन्त्री छन् । उनी प्रधानमन्त्री भएको पहिलो पटक होइन, दोस्र्रो पटक प्रधानमन्त्री बन्न पुगेका हुन् । छोटो समयमा युद्ध गरेर शान्ति प्रक्रियामार्फत सत्तामा पुग्ने विद्रोही कमाण्डरको नाम लिनुपर्दा सायद प्रचण्डकै नाम आउँछ । संसदीय सात राजनीतिक दलहरुसँग १२ बुँदे समझदारी गर्दै एक ठाउँमा उभिएर नेपालमा लामो समयदेखि जरा गाडेर बसेको राजतन्त्र उखेलिदियो । दश वर्षे सशस्त्र जनयुद्ध, १२ बुँदे समझदारी, १९ दिने जनआन्दोलन हुँदै माओवादी शान्ति प्रक्रियामा आयो । सरकारको तर्फबाट तत्कालिन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँग मंसिर ७ मा बालुवाटारमा शान्ति सम्झौतामा हस्ताक्षर गर्न आइपुग्दा जनयुद्धका कमाण्डर प्रचण्ड र अर्का नेता डा.बाबुराम भट्टराई एउटै पहिरनमा देखापरेका थिए । आफूलाई पृथक देखाउन ती नेताहरु मात्र होइन, कार्यकर्तासम्मले एउटै ड्रेस लगाए । माओवादी शान्ति प्रक्रियामा आएको पनि दश वर्ष पुगेको छ । दश वर्षको अवधिमा मुलुकमै दुईपटक संविधानसभाको निर्वाचन गरियो । संविधानसभाको निर्वाचनसँगै ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ घोषणा मात्र गरिएन, गत वर्ष असोज ३ गते दोस्रो संविधानसभाबाट संविधान जारी गरियो । दश वर्षमा माओवादी नेतृत्वमा तीन पटक सरकार गठन भइसकेको छ भने अन्य दलको नेतृत्वमा धेरै पटक माओवादी सरकारमा गइसकेको छ । दश वर्षे जनयुद्ध हुँदै शान्ति प्रक्रिया हुँदै विद्रोही नेताहरु सत्तामा रमाइरहँदा कोलम्बियाको बामपन्थी विद्रोही रिभोलुसनरी आम्र्ड फोर्स अफ कोलम्बिया (फार्क) समूह ५२ वर्ष लामो युद्ध छाडेर नेपालकै माओवादीको बाटोमा अघि बढेको छ । जसरी शान्ति सम्झौतामा हस्ताक्षर गर्दा खैरो पहिरनमा माओवादी नेताहरु बालुवाटारमा झुल्किएका थिए, त्यसैगरी फार्क विद्रोहीका कमाण्डर पनि कोलम्बियाको राजधानीमा शान्ति सम्झौता गर्न आइपुग्दा सेतो पहिरनमा देखापरे । त्यहाँ विद्रोही कमाण्डर मात्र होइन, कोलम्बिया सरकार प्रमुख तथा अन्य दलका नेतादेखि राष्ट्रसंघका महासचिव बान की मुन र उपस्थित सबैले सेतो पहिरन लगाएका थिए । ‘हतियार भन्दा कलम बलियो’ भन्ने प्रतिकात्मक रुपमा गोलीको खोकाबाट बनाइएको कलमले दुर्व तर्फबाट शान्ति सम्झौतामा हस्ताक्षर गरिएको थियो । \"get_img\" नेपालमा दश वर्षे जनयुद्ध गरेर गल्तिै नगरिएको भनेर नेताहरुले भनि सकेका त छैनन् तर केही गल्तिहरु पनि भए होलान् भनेर स्वीकारोक्ति भने तत्कालिन जनयुद्धका कमाण्डर प्रचण्ड आफैले गर्न थालेका छन् । फार्क विद्रोही नेता तिमोलिओन जिमेनेज उर्फ तिमोसेन्कोले भने पहिलो पटक टेलिभिजनमा गरेको सम्बोधनमै लामो समयको युद्ध गरेर गल्ती गरेको स्वीकार गरे । आफ्नो पार्टीको कारण मानिसले भोग्नुपरेको पीडा र क्षतिप्रति माफी मागे । कोलम्बियामा फार्क विद्रोही समूहले युद्ध थालेपछि २ लाख २० हजार भन्दा बढी मारिए भने लाखौं विस्थापित भएका थिए । चार वर्ष लामो वार्तापछि गत मंगलबार शान्ति सम्झौतामा हस्ताक्षर भएसँगै कोलम्बियामा ५२ वर्ष लामो संघर्षको अन्त्य भएको छ भने राजनीतिक पार्टीको मान्यता सम्झौताअनुसार फार्कले राजनीतिक पार्टीका रूपमा पुनः गतिविधि सञ्चालन गर्नेछ । शान्ति सम्झाैताका केही झलकः \"farc-counterpart-ivan-marquez-signed-the-agreement\" \"farc-agriment\" \"farc-agriment-peace-talk\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies