Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

इन्जिनियर वेपत्ता प्रकरण : परिवारको गुनासो –प्रहरीको अनुसन्धान फितलो भयो

[caption id=\"attachment_94077\" align=\"alignleft\" width=\"609\"]\"bishal5-750\" खोलामा पौडी खेल्दै गर्दाको फोटो, प्रहरीले अनुसन्धानको क्रममा फेला पारेको थियो ।[/caption] काठमाडौ, ८ असाेज । अफिसका २९ जना साथीहरुसँग गत साउन ३० गते एक दिने पिक्निकका लागि धादिङको गल्छीबगर रिसोर्ट गएका इन्जिनियर विशाल घर्तीमगर अझै भेटिएका छैनन् । काठमाडौस्थित टोवा इन्जिनियरिङ कम्पनीमा कार्यरत विशाल नदीमा डुबेर आजसम्म बेपत्ता छन् । परिवारको उजुरीका आधारमा उक्त घटनाबारे प्रहरीले अनुसन्धान गरेपनि आजसम्म वास्तविक तथ्य भने फेला पारेको देखिन्न । विशाल हराएको खबर पाएदेखि प्रहरीले पिक्निकमा सहभागी मध्ये इन्जिनियरिङ कम्पनीका प्रबन्धक राजेन्द्र शाक्यसहित ११ जनालाई बोलाएर घटनाबारे लिखित र मौखिक बयान लिएको बताएको छ । घटनाबारे पछिल्लो जानकारी लिन बुधबार धादिङ जिल्ला प्रहरी कार्यालय पुगेकी बेपत्ता विशालकी दिदी सदिक्षा घर्तीमगरले खबरडबलीसँग कुरा गर्दै भनिन्,–‘प्रहरीले विभिन्न ११ जना मानिसलाई बोलाएर बयान लिएको रहेछ, तर त्यो बयान सुन्दा अनुसन्धानमुलक ढंगले लिएको देखिएन ।’ प्रहरीले लिएको बयान नाम मात्रको भएको बताउँदै उनले भनीन्,–‘प्रहरीले खोजी गर्नुपर्ने क्षेत्र र व्यक्तिसँग अझै अनुसन्धान गरेन ।\' प्रहरी बयानमा के छ ? हालसम्म प्रहरीले विशाल घटनाका ११ जनासँग बयान लिएको छ । प्रहरी ११ जनाको बयानपछि विशाल नदीमा डुबेर बेपत्ता भएको निष्कर्षमा पुगेको र आफुलाई त्यही सुनाएको विशालकी दीदी सदीक्षाले बताइन् । बयान अनुसार नुहाउन जानु अघि उनीहरुमध्ये केहिले वियर र विशालले कोल्ड ड्रिङ्स पिएका थिए । सदीक्षाका अनुसार –मोबाइल्स डिटेल्सको रिपोर्ट के कस्तो आउछ ? त्यसको जानकारी तपाईलाई गराउँछौ भन्दै धादिङ डीएसपी प्रहरी दीपेन्द्र पन्जियारले आफूहरु खोजी कार्यमा निरन्तर लाग्ने बताएका छन् । तर विशालकी दीदी सदिक्षा प्रहरीको बयान फितलो भएको र अनुसन्धान राम्रोसँग नभएको तर्क गर्छिन् । उनी भन्छिन्,– ‘पौडी खेल्न रुचि नराख्ने विशाल कसरी नुहाउन जाने मुडमा आयो ? प्रहरीले यसको सुक्ष्म अनुसन्धान गरेको देखिएन । विशालले पिएको कोल्ड ड्रिङ्समा कसैले हार्ड ड्रिङ्स मिसाएर खुवाउँदै नदिसम्म जाने मुड बनाएको पनि त हुनसक्छ ? बयानमा प्रहरीले त्यो प्रश्न किन सोधेन ?’ यता प्रहरी भने थप अनुसन्धान भइरहेको बताउँछ, –बयानको काम सकिएको र अब फोन डिटेल्स हेरेपछि अर्को पाटोको अनुसन्धान हुन्छ । प्रहरीले सदीक्षालाई भनेको छ, –केस २० बर्ष सम्म पनि बन्द हुदैन, हामी पनि अनुसन्धानमै छौ, तपाईहरुसँग पनि त्यस्तो कुनै सूचना मिल्यो भने जतिबेला पनि हामीलाई खबर गरेर सघाउनुस् । विशालकी दिदी सदीक्षाको प्रहरीमाथि प्रश्नै प्रश्न बुधबार प्रहरीको बयान सुन्दै घटना सम्बन्धि फोटोहरु हेरें, त्यसपछि केहि सोच्नै सकिन । उनीहरुको बयान पनि बोलाई र लेखाइमा फरक देखियो । बयानमा प्रहरीले अनुसन्धानमूलक ढंगले जसरी सोध्नु पर्दथ्यो, त्यसरी क्रस गरेर सोधेको पाइएन । प्रहरीले प्रस्तुत गरेको उक्त बयान अनुसन्धानका लागि प्रयाप्त भएन । घटना हुदाँ सँगै नुहाउन गएको भनिएका रन्जन कर्मचार्य, विकास भट्टराई लगायत विशालका चार जना साथीहरुसँगै स्वीमिङ् गर्ने क्रममा उनी मात्र कसरी हराए ? उनले प्रश्न गर्दै भनिन्, –‘उसको एकजना साथीले दिएको बयान अनुसार आफु पानीमा जाँदै गर्दा एक्कासी विशाल पानीमा डुबेको देखेर कराएको बताएका छन् । तर विशाल पौडि खेल्नै नजान्ने मान्छे कसरी त्यति गहिराइमा नुहाउन गयो ? हामीलाई यसले अझै बढि आशंकित बनाएको छ ।’ विकाशलाई आफूले हुर्काइ बढाई गरेको स्मरण गर्दै सदिक्षा थप्छिन्, –‘विशालले नशाको रुपमा केहि पनि खाँदैनथ्यो । उसको पानीमा पौडी खेल्ने बानी पनि थिएन, त्यसमा कुनै रुचि नै थिएन उसलाई । तर नुहाउँदा हरायो भनिएको छ । फोटोमा पनि नुहाउन गएको देखिन्छ, त्यो दिन उ किन र कसरी नदिसम्म पुग्यो ? प्रहरीले त्यो विषयमा खोजी गरेकै देखिएन । हामीलाई प्रहरीको बयान सुनेपछि अझै धेरै रहस्यहरु प्रहरीले नखुलाएको महशुस भएको छ ।’ सदीक्षाले त्यो दिन सम्झदै भनिन्,–‘मैले उसलाई त्यो दिन फोन नगर्नु नै ठूलो भुल भयो । जहिले पनि बावु बाहिरजादाँ उसलाई धेरै कुरामा सतर्क गराउने गर्दथ्य तर त्यो दिन मैले फोन गर्न बिर्से, सायद अब चाहेर पनि उसलाई फोन गर्न सक्दिन होला ।’ बुधबार धार्दिङ जिल्ला प्रहरीको बयान सुनेर फर्केपछि विशालकी दिदी सदीक्षा घर्तीमगरले खबरडबलीसँग कुरा गर्दै भनिन्, –‘प्रहरीले लिएको बयान अनुसन्धान प्रकृयाको लागि पुर्ण भएको जस्तो लागेन । नाम मात्रैको बयान लिएको देखियो । अझै महत्वपूर्ण कुरा प्रहरीले कम्पनीको चियर पर्सन, ती जो जापनिज हुन, उनीसँग किन बयान लिएन ?’ सदीक्षा भन्छिन्, –‘उक्त जापनीजले विशाललाई नुहाउन जाउ भनेको रहेछ, उ नगए आफू पनि नजाने समेत उसले बताएको रहेछ । यसरी पहिलो पटक त्यो रिसोर्टमा गएको मानिसलाई ति जापनीजले नुहाउन जानका लागि किन त्यति धेरै कर गरे ? त्यो विषयमा प्रहरीले किन अनुसन्धान गरेन ?’ भाषाको समस्याका कारण उक्त जापनीजसँग विशेष बयान लिन गाह्रोे परेको प्रहरीले बताउँछ । त्यो मानिससँग गहिरो अनुसन्धान गर्न प्रहरीसँग माग गरेपछि आइतबार जापनिज भाषा जान्ने (दोभासे) ल्याएर आउनु भनेको समेत उनले सुनाइन् । नदीमा सँगै नुहाउन गएका विकाश भट्टराई भन्छन – त्यो दिन हामीहरु पिक्नीकको लागि गएका थियौँ । यस्तो नराम्रो होला भन्ने कल्पना पनि गरिएको थिएन । उ मेरो मिल्ने साथी थियो । कुनै लागु पदार्थको पनि उसमा लत थिएन । अरु कुनै तनाब भए जस्तो पनि लाग्दैन्, तर त्यो घटना एक्कासी कसरी हुन गयो । नदिमा जानु अगाडि अरु साथीहरुले वियर खाएको भएपनि विशालले भने चिसोमात्र खाएको मैले देखेँ । गर्मी भएको थियो त्यसैमा अरुले नुहाइराखेको देखेपछि नुहाउन मन लाग्यो । विशाल र सबै साथीहरुले नुहाउन जाने भने, त्यसैमा म पनि उनीहरुसँगै लागेर गएको थिएँ । पानीमा सबै पसेर नुहाउँदै थिए, म जाने तयारीमा थिए । विशालले मलाई बोलाएकाले म त्यता बढ्न खोज्दै थिए, एक्कासी उसलाई डुबेको देखेँ । उसलाई पानीमा भएका मानीसले बचाउन पनि खोजे भेटाउन सकेनन् । तेतिबेला जापनीज र अरू मानिसहरू लाई पनि  पानीमा देखेँको थिएँ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies