Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

१२ फोटोमा हेर्नुहोस् : प्रधानमन्त्री प्रचण्डको मेलम्ची यात्रा

काठमाडौं,७ असोज । राष्ट्रिय गौरवका आयोजना आफै निरीक्षण गर्ने प्रधानमन्त्रीको योजना बमोजिम शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिन्धुपाल्चोकको मेलम्चीमा रहेको मेलम्ची खानेपानी आयोजनाको स्थलगत अनुगमन तथा निरीक्षण गरेका छन् । काठमाडौं, ७ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार एकाविहानै साइरन बजाउँदै सिन्धुपाल्चोकतिर हान्निए । मेलम्ची खानेपानी आयोजना निर्माण कार्य ढिला भएको भन्दै त्यसको अनुगमन गर्न भनी उनी शुक्रबार एकाविहान मेलम्चीको ड्याममा पुगेका हुन् । आयोजना तीब्र गतिमा हुन नसकेको भन्दै निर्माण गति र त्यसका समस्या बुझ्न उनी आयोजनास्थलमै पुगेका हुन् । मेलम्ची खानेपानीको ड्याममा पुगेका उनी त्यसै फर्किन चाहनेनन् । सुरुङ निर्माण कार्यको प्रगति हेर्न भन्दै टाउकोमा इन्जिनियर तथा कामदारले लगाउने सेता हेलमेट लगाएर सुरुङ भित्र छिरे । मेलम्ची पुगेका प्रधानमन्त्री प्रचण्डलाई मेलम्ची आयोजनाका निर्देशक घनश्याम भट्टराईले ब्रिफिङ गर्दै आगामी एक वर्षभित्र काठमाडौंवासीले मेलम्चीको पानी खान पाउने विश्वास दिलाउन खोजे । प्रति महिनामा एक किलोमिटर सुरुङ खन्ने काम भएको भन्दै निर्देशक भट्टराईले एक वर्षभित्र सम्पन्न हुने विश्वास ब्यक्त गरे । प्रचण्डले भने आफ्नो कार्यकालमै मेलम्ची आयोजना सम्पन्न भएको जस आफू लिन चाहेका छन् । त्यसैले उनी जतिसक्दो चाँडो निर्माण सम्पन्न गर्न आयोजना निर्देशकलाई दिर्नेशन दिए । मेलम्ची उपत्यकाबाट काठमाडौं उपत्यका पानी पथान्तरण गरिएवापत प्रभावित स्थानीयहरुलाई दिइने सहयोग वा क्षतिपूर्ति सम्बन्धि निर्णय हुनुपर्ने स्थानीयको माग छ । आयोजना कार्यान्वयनको हालको अवस्था विभिन्न खण्डहरुमा क्षतिग्रस्त भएका पहुँच मार्गहरुको मर्मत गरिएको निर्देशक भट्टराईले जानकारी दिए । सबै अडिट प्रवेश मार्गहरु नियमित मर्मत तथा सुधार पश्चान सञ्चालनमा रहेको उनले बताए । भट्टराईका अनुसार मुख्य प्रवेश मार्ग लामिडाँडा–टिम्बु–हेडवक्र्स खण्ड पुनः निर्माण गर्नुपर्ने छ । दोस्रो चरणको लक्ष्य तथा कार्य प्रगति आयोजना निर्देशक भट्टराईले आयोजनाको प्रगति निर्माणबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गर्दै आयोजनाको दोस्रो चरणको निर्माणका लागि प्रारम्भिक कार्यहरु शुरु भएको जानकारी पनि दिए । उनका अनुसार स्थानीय उपभोक्ता समितिसँगको समन्वयमा दोस्रो चरणको आयोजनाका लागि पहुँचमार्गको १० किमी ट्रयाक खोलने कार्य सम्पन्न भएको छ । आयोजनाको दोस्रो चरण (याङ्ग्री तथा लार्के स्रोतबाट थप ३४ करोड लिटर पानी काठमाडौं उपत्यका ल्याउने कार्य) का लागि विस्तृत डिजायन प्रतिवेदन तयार गर्न परामर्शदाता छनोट भइरहेको छ । पानी प्रशोधन केन्द्र भाग २ को परामर्शदाता तथा निर्माण ब्यवसायी छनौट कार्य सम्पन्न हुने क्रममा रहेको पनि निर्देशक भट्टराईले जानकारी दिए । हेर्नुहोस् १२ फोटोमा प्रचण्डको मेलम्ची भ्रमण–

१.

\"prachand-m\"

२.

\"prachand-2\"

३.

\"prachand-3\"

https://www.khabardabali.com/2016/09/93972/

४.

\"prachand-4\"

५.

\"prachand-7\"

६.

\"prachand-8\"

७.\"prachand-9\"

https://www.khabardabali.com/2016/09/93932/

८.

\"prachand-10\"

९.

\"prachand-11\"

१०.

\"prachand-12\"

११.

\"prachand-m\"

१२.

\"prachand-6\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies