Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

नेपालको शान्ति प्रक्रियाबाट सिक्न चाहन्छन् विश्वका द्वन्द्वग्रस्त मुलुक

\"rastsangh_mahasava\"न्युयोर्क, ७ असोज । नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणको पछिल्लो अवस्थाबारे विदेशी मित्रराष्ट्रका प्रतिनिधिहरुले विशेष चासो राखेका छन् । संयुक्त राष्ट्र सङ्घको ७१औँ महासभामा भाग लिन आएको नेपाली प्रतिनिधिमण्डलसँग विशेषगरी नेपालको मौलिक एवम् अनुकरणीय शान्ति प्रक्रियाका बारेमा द्वन्द्वग्रस्त मुलुकका प्रतिनिधिले विशेष चासो राखेका हुन् । नेपालका राजनीतिक दलको सहमतिमा अगाडि बढेको शान्ति प्रक्रियाले एक हदसम्म पूर्णता पाइसकेको र द्वन्द्वोत्तर समयका केही विषयमा अझै अध्ययन तथा अनुसन्धान, पीडितलाई क्षतिपूर्ति तथा राहतको प्रक्रियासमेत सुरु भएको छ । महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेर न्युयोर्क आइपुग्नुभएका परराष्ट्रमन्त्री डा प्रकाशशरण महतसँग द्विपक्षीय भेटवार्ता गरेका विभिन्न मुलुकका सरकार प्रमुख तथा राष्ट्रप्रमुखले नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणको विषयमा नै विशेष चासो राखेका थिए । संयुक्त राष्ट्र सङ्घको सहयोगमा अघि बढेको नेपालको शान्ति प्रक्रिया र पछिल्लो पटक विगतमा द्वन्द्वरत दुवै पक्ष नेपाली काँग्रेस र नेकपा ९माओवादी केन्द्र०का बीचमा भएको सहमति र सहकार्यले शान्ति प्रक्रियाका बाँकी कामले पूर्णता पाउन लागेको छ । परराष्ट्रमन्त्री डा महतसँग विहिबार भएको भेटमा विशेषगरी कोलम्बियाका परराष्ट्रमन्त्री मारिया एन्जेला होल्गुइन कोयरले नेपालको शान्ति प्रक्रिया कसरी अगाडि बढ्यो र निष्कर्षमा कसरी पुग्यो भन्ने बारेमा विशेष चासो राखेका थिए । परराष्ट्रमन्त्री डा महतले भने, –‘नेपालको शान्ति प्रक्रियाका बारेमा कोलम्बियाका विदेशमन्त्रीले विशेष चासो राखेर सोधखोज गर्नुभयो र नेपाल भ्रमण गरेर थप जानकारी लिने बताउनुभएको छ ।’ विगत ६० वर्षदेखि द्वन्द्वमा रहेको कोलम्बियामा सरकार र विद्रोही फार्क समूहबीच विगत केही महिनादेखि शान्ति प्रक्रिया अगाडि बढेको छ । कोलम्बियालाई सफलरुपमा शान्तिको मार्गमा हिँडाउनका लागि पनि नेपालको अनुभव अनुकरणीय हुन सक्ने विदेशमन्त्रीको भनाइ थियो । नेपालको शान्ति प्रक्रियाका पक्षलाई विशेषगरी विश्वका विभिन्न मुलुकले सिक्न लागिपरेको र भ्रमणको समेत इच्छा व्यक्त गरेका छन् । https://www.khabardabali.com/2016/09/93910/ द्वन्द्वपीडितलाई न्याय र राहत दिन शान्ति प्रक्रियाको दुईवटा पक्षका बीचमा भएको सहमति र संयुक्त सरकार स्थापना नै सहमतिको द्योतक रहेको भन्दै परराष्ट्रमन्त्री डा महतले भने, –‘विश्वले नै अनुकरण गर्न सक्ने एकदमै महत्वपूर्ण काम हामीले सम्पन्न गरेका रहेछौँ भन्ने कुरा विदेशीले चासो राखेपछि थाहा हुँदोरहेछ ।’ विशेषगरी संयुक्त राष्ट्र सङ्घका महासचिव वान कीमुनको विशेष साथ र सहयोगका कारण पनि नेपालको शान्ति प्रक्रिया अगाडि बढेको हो । यस्तै, मङ्गोलिया, सर्बिया लगायतका मुलुकका प्रतिनिधिले पनि नेपालको पछिल्लो राजनीतिक अवस्था एवम् संविधान निर्माण पछिको अवस्थाका बारेमा परराष्ट्रमन्त्रीसँग विशेषरुपमा नै चासो राखेको र उनीहरुले नेपालबाट केही न केही सिकौँ र आफ्नो मुलुकमा त्यसलाई लागू गरौँ भन्ने मानसिकताका साथ चासो राख्ने गरेको परराष्ट्र सचिव शङ्करदास बैरागी बताउँछन् । यस्तै, परराष्ट्रमन्त्री डा महत र पाकिस्तानका प्रधानमन्त्री नवाब सरिफ बीचको भेटवार्तामा समेत नेपालको पछिल्लो अवस्थाका बारेमा चासो राखेका थिए । प्रधानमन्त्री सरिफले नेपाल शान्ति र संविधान तथा लोकतन्त्रको प्रक्रियामा अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभएको भेटमा सहभागी प्रधानमन्त्री पुष्पकमल दाहालका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले जानकारी दिए । प्रधानमन्त्री सरिफले परराष्ट्रमन्त्री डा महतमार्फत नेपालका प्रधानमन्त्री दाहाललाई सफल कार्यकालको शुभकामना दिँदै संविधान कार्यान्वयन र शान्ति प्रक्रियाको पूर्णताको समेत कामना गरेका थिए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies