Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

साम्यवादको सपना

कसले देख्दैन होला सपना ? कसलाई सताउदैन होला सपनाले ? ज्युदा मान्छेहरुले नै त हो सपना देख्ने । कोही आफ्नो निम्ति सपना देख्छन् , कोहि  परिवारको निम्ति , कोहि समाजको निम्ति देख्छन् , कोहि राष्ट्रको निम्ति । अचेल एउटा अचम्मको सपनाले सताइरहेछ मलाई | पूरा होला वा अपुरै रहला ? मैले देख्न पाउला या नपाउला ? तर जरुर एकदिन मेरो सपना साकार हुनेछ ।
ठूलो सानो बिचको विभेद पनि हटेर जाने छ । साच्चै यस्तो समाज उत्कृष्ट समाज हुनेछ , सुन्दर समाज हुने छ र यो एकदिन सम्भव हुने छ
\"debid_dhakal_vuemanchee\"संघीय गणतन्त्र नेपालको संविधान २०७२ को प्रश्तावनामा \" समाजवाद तर्फ प्रतिबद्ध\" भन्ने शब्द नै अहिले मलाई सताइरहेको सपना हो । संविधान अक्षरस् कार्यान्वयन हुने हो भने त जरुर एकदिन समाजवाद स्थापना हुनेछ , समाजवाद पश्चात् हामी साम्यवाद सम्म पुग्न सक्नेछौं । यसमा कुनै दुविधा छैन, शंका छैन ।  अचेल समाजवादको भुतले मलाई सताइरहेछ । समाजवाद स्थापना होला या नहोला , भविष्यले बताउला । कुरो गरु आफ्नै सपनाको , जान त समाजवाद हुँदै साम्यवाद सम्म पुग्नु पर्ने छ । त्यस क्षेत्रको  उत्पादनका श्रोत , अार्थिक स्थिति,  जनघनत्व इत्यादीलाई मध्यनजर गरि , एक समाज निर्माण गरिने छ । जनताको सारा सम्पत्ति राष्ट्रियकरण गरि , जनताको गाँस बाँस, कपास, शिक्षा इत्यादी को जिम्मा राष्ट्रले नै लिनेछ । बिशेष क्षेत्रमा संयुक्त आवास निर्माण गरि सम्पुर्ण जनतालाई त्यहि बस्नको निम्ति ब्यबस्था गरिनेछ । ब्यक्तिगत सम्पत्ति राष्ट्रियकरण गर्दा धेरै बिरोधको सामना गर्नुपर्ने हुन्छ । आफ्नो सम्पत्ति यत्ति , उत्ति भनेर रवाफ देखाउनेले सजिल्लै सम्पति राष्ट्रको नाममा सुम्पिदिन्छन् भन्ने हुदैन , जुन कठिन कार्य पनि हो । यस्तै बिरोधाभाष देखिएमा निजलाई आफ्नो सम्पत्ति दिई , राज्यको सेवा सुविधाबाट बञ्चित गर्न सकिनेछ । एक्लो भएको केही समयमै उक्त ब्यक्ति समुहमा नै फर्किने पक्का छ । कुनै विशेष क्षेत्रको आधारमा त्यहाँका उत्पादनका स्रोतलाई मध्यनजर गरि , त्यहि क्षेत्रमा काम गर्ने गरि , जनताको सहभागीतामा उद्योग , कलकारखाना निर्माण गर्न सकिनेछ । जनतालाई ८ घण्टा काम, ८ घण्टा मनोरञ्जन तथा ८ घण्टा आरामको ब्यबस्था गरिनेछ । केही समयको अन्तरालमा जनतालाई स्वदेशको विभिन्न क्षेत्र घुम्न लैजान सकिने छ । महिला गर्भवती भएको ५ महिना देखि , बच्चा १ १/२ बर्षको नभएसम्म आमा र बच्चा दुबैलाई राज्यले उचित हेरबिचार गर्नेछ बच्चा १ बर्ष ६ महिना भएपछि बच्चाको जिम्मा राज्यले लिनेछ । उचित बैज्ञानिक शिक्षा बालकलाई प्रदान गर्नेछ । बालक सक्षम भएपश्चात उत्त गाउँमै वा अन्यत्र बालकको र अभिभावक को  इच्छा अनुसार  श्रमको निम्ति पठाउन सकिनेछ । यस्तो समाज निर्माण भएपश्चात चोरि ,लुटपाट , हत्या का घटना हुने नै छैन । समतामूलक समाजको निर्माण हुनेछ । छुवाछूतको समस्या समाधान हुनेछ । समाजमा अहिले ब्याप्त रहेको कुरिती कु संस्कारको अन्त्य हुनेछ । साथै ठूलो सानो बिचको विभेद पनि हटेर जाने छ । साच्चै यस्तो समाज उत्कृष्ट समाज हुनेछ , सुन्दर समाज हुने छ र यो एकदिन सम्भव हुने छ । के साच्चै मेरो सपना मैले देख्न पाउछु ? भोग्न पाउछु होला ? मैले नभोगे पनि पक्का भावि पुस्ताले भोग्न, देख्न पाउनेछन् , आशावादी छु , विश्वस्त छु ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies