Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

नेपालमै अब एड (विज्ञापन) नेटवर्क

\"damaru_logo\"काठमाडौं, ४ असोज । डमरु, नेपालकै पहिलो डिजिटल एड नेटवर्क आधिकारिकरुपमा लन्च भएको छ । अन्तर्राष्ट्रिय विशेषज्ञहरुको टिमद्वारा नेपाली मार्केटलाई मध्यनजर गरी विशेषरुपमा तयार गरिएको उक्त नेटवर्कले नेपालका वेभ प्रकाशक र विज्ञापनदाताहरुलाई अनलाइन विज्ञापन गर्नको लागि लोकल प्ल्याटफर्म प्रदान गर्दछ । तर कसरी ? डमरु एड नेटवर्कले अनलाइन प्रकाशकहरुसँग काम गर्दछ, जसले आफ्नो एड स्पेस प्रदान गरी आम्दानी गर्न चाहन्छन् । उक्त प्राप्त स्पेस डमरु एड नेटवर्कले विज्ञापनदाताहरुलाई बिक्री गर्दछ, जुन प्रकाशकको साइटमा नेटवर्क सर्भर कोडद्वारा वितरित गरिन्छ । यसको माध्यमबाट कति जनाले आफ्नो एड हे¥यो भनेर ट्रयाक समेत राख्न सकिनेछ जसले गर्दा तपाईंले आफ्नो एड र त्यसको प्रभावकारिता थाहा पाउन सक्नुहुनेछ । विदेशी नेटवर्कहरुले यो काम धेरै समयदेखि गर्दै आएका छन्, अब तपाईंहरुले पहिलो पटक नेपालमै काम गर्ने विकल्प पाउनु हुनेछ । अब नेपाली वेब प्रकाशक र विज्ञापनदाताहरुले धेरै लगानी लाग्ने र लगानी पारदर्शित नभएको विदेशी नेटवर्कमा भर नपरी नेपाली मुद्रामा विज्ञापनको बिल तिर्नका साथै विशेष समूहलाई लक्षित गरी नेपाली भाषामा नै विज्ञापन प्रदान गर्न सक्नेछन् । डमरुले प्रकाशकहरुलाई कम मेहेनतमा बढी आम्दानी हासिल गर्ने अवसर प्रदान गर्दछ । यसले समाचार, मनोरञ्जन र सूचनामूलक सामग्रीहरुको माध्यमबाट आम्दानी गर्न मद्दत गर्दछ । डमरुको प्रयोगमा प्रकाशकहरुले ‘एड भ्यूज्’को ट्याक राख्न समेत सक्षम हुनेछन् साथै एउटै ठाउँलाई विभिन्न विज्ञापनदाताहरुमा विभाजन गरी भौगोलिक, लिङ्ग, उमेर र रुचिका आधारमा कन्टेन्ट तयार गरी उक्त कन्टेन्टबाट आम्दानी प्राप्त गर्न सक्नेछन् । विज्ञापनदाताहरुलाई डमरुले अरु एड नेटवर्कहरु भन्दा बढी पहुँच, पारदर्शिता र विश्लेषण गर्न अवसर प्रदान गर्दछ । यही कारणले गर्दा विज्ञापनदाताहरुले लागतको प्रतिफल हेरेर आफ्नो बजेटको प्रयोग गर्न सक्नेछन् । डमरुले विज्ञापनदाताहरुलाई बजेट र आवश्यकता अनुरुप विज्ञापन गर्नको लागि स्वतन्त्रता प्रदान गर्दछ । ब्यानर स्पेशको लागि लामो समयसम्म पैसा तिर्नुपर्ने कुरा अब पुरानो भइसक्यो, अब सानो र छोटो समयका विज्ञापनदाताहरुको लागि डमरु निकै नै उपयोगी साबित हुनेछ । स्थिर ब्यानर विज्ञापनहरुको एकोहोरो पचलनलाई हटाउँदै, यो एड नेटवर्कले उपयुक्त दर्शकहरुलाई लक्षित गरी उनीहरुको स्थान र रुचि अनुसार एड कन्टेन्ट तयार गरी प्रकाशित गर्दछ । छोटकरीमा भन्नु पर्दा साबिक विज्ञापन गर्ने तरिकाबाट पछि हटी पृथक विज्ञापन गर्ने तरिकालाई अंगाल्नको निमित्त डमरुको स्थापना गरिएको हो । यसले ब्यानर अन्धोपनको समस्या हटाउने काम मात्र नगरी समय सान्दर्भिक, आकर्षक र उपयोगी एडहरु तयार गरी पेजको कन्टेन्टलाई सदुपयोग गर्दछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies